नेभिगेशन
सबै कुरा

गोरखाको गण्डकी गाउँपालिकाका किसानमा देखिएको क्यान्सरबारे अध्ययन गर्न कार्यदल गठन

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले गोरखाको गण्डकी गाउँपालिकाका केही वडामा किसानको स्वास्थ्यमा देखिएको समस्या अध्ययन गर्न पाँच सदस्य समिति गठन गरेका छन् । केही दिनयता गण्डकी गाउँपालिकाका केही वडामा तरकारीखेतीमा अधिक विषादी प्रयोग गर्दा किसानकै स्वास्थ्यमा गम्भीर समस्या आएको समाचार विभिन्न सञ्चारमाध्यममा सार्वजानिक भएपछि मन्त्री अधिकारीले वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोख्रेलको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 गण्डकी गाउँपालिकाका ६१ तरकारी किसानमा क्यान्सर र १५ जनाको मिर्गौला फेल भएको समाचार सार्वजानिक भएको थियो । मन्त्रिस्तरीय निर्णयबाट प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत पोख्रेलको संयोजकत्वमा कार्यदल  गठन गरिएको हो । 

Ncell
Extreme Energy

कार्यदलमा डा काशीनाथ चिलुवाल, वैज्ञानिक, नेपाल कृषि अनुसन्धान परिषद्, रिजन कार्की, खाद्य अनुसन्धान अधिकृत, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, विवेक सुनार बाली संरक्षण अधिकृत, केन्द्रीय कृषि प्रयोगशाला र माधव भट्ट बाली संरक्षण अधिकृत, प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्र रहेका छन् ।

“गण्डकी गाउँपालिका, गोरखामा देखिएको विषादी दुरुपयोगसम्बन्धी समस्याबारे अध्ययन गरी प्रतिवेदन पेश गर्न माननीय मन्त्रीज्यूको समुउपस्थितिमा मिति २०८१ भदौ ११ गते बसेको आकस्मिक बैठकको निर्णयानुसार तपसिलबमोजिमका पाँच सदस्यीय कार्यदल गठन गरिएको छ”, निर्णयमा भनिएको छ । सो समितिलाई प्रभावित भनिएको स्थानमै पुगेर वास्तविक अवस्थासहितको प्रतिवेदन पेश गर्न भनिएको छ । अधिकृत पोखरेल नेतृत्वको कार्यदल बुधबार नै प्रभावित ठाउँ पुगेर काम सुरु गरिसकेको जनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवा भेलबाढीमा ३९४ जना पर्यटक सम्पर्कविहीन

रसुवा भेलबाढीमा ३९४ जना पर्यटक सम्पर्कविहीन

भोटेकोशी नदीमा आएको भीषण भेलबाढीमा हालसम्म ३९४ जना पर्यटक सम्पर्कविहीन भएका छन् । सरकारी निकायले सिधाकुरालाई दिएको जानकारीअनुसार सम्पर्कविहीन हुनेमा २९१ जना विदेशी नागरिक छन् । ९३ स्वदेशी...
रसुवा विपत्तिबारे चिनियाँ निकायले भन्यो– हिमपहिरो झरेर थुनिएको खोला एक्कासि फुट्दा भेलबाढी

रसुवा विपत्तिबारे चिनियाँ निकायले भन्यो– हिमपहिरो झरेर थुनिएको खोला एक्कासि फुट्दा भेलबाढी

रसुवा बाढीबारे चिनियाँ निकायले राष्ट्रिय विपद न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमताल विस्फोटका कारण नभइ हिमपहिरो झरेर खोला थुनिएको सूचना पठाएको छ ।
डब्लुएचओले एक हजार जनालाई पुग्ने औषधि र स्वास्थ्य उपकरण दिने

डब्लुएचओले एक हजार जनालाई पुग्ने औषधि र स्वास्थ्य उपकरण दिने

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीका पीडितलाई आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउने भएको छ ।
रसुवा बाढी : १२ जलविद्युत् आयोजनामा क्षति, ४३१ मेगावाट बिजुली उत्पादन प्रभावित

रसुवा बाढी : १२ जलविद्युत् आयोजनामा क्षति, ४३१ मेगावाट बिजुली उत्पादन प्रभावित

रसुवामा आएको भीषण बाढीबाट यस क्षेत्रका १२ जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।