नेभिगेशन
सबै कुरा

‘हवाई दुर्घटनाबारे छानबिन गर्न बनेका समितिले दिएका प्रतिवेदन तथ्य परक छन् /छैनन् समीक्षा गरिने’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हवाई दुर्घटनापछि बनेका छानबिन समितिहरूले दिएका प्रतिवेदन तथ्य परक छन् या छैनन् भन्ने विषयमा समीक्षा गर्ने बेला आएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वायु सेवा सञ्चालक सेवा सङ्घ नेपालद्वारा आयोजित हवाई सुरक्षासम्बन्धी दुईदिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले प्रतिवेदनमा उल्लेख गरिएका विषयको तथ्यगत रुपमा समीक्षा गरिने बताए । उाले नेपालको हवाई दुर्घटनापछि छानबिन गर्न बनेका समिति कतिको सत्य र तथ्यमा आधारित छन् भन्नेबारे समीक्षा गर्नुपर्ने बेला आएको बताउँदै विद्यमान समस्या पहिचान गरी दीर्घकालीन समाधानका उपाय अवलम्बन गरिने जानकारी दिए । 

Ncell
Extreme Energy

“छानबिन समिति बन्ने गरेका छन् । बनेका समिति कतिको सत्यतथ्यमा आधारित छन् त्यसको समीक्षामार्फत समस्या पहिचान गरी दीर्घकालीन समाधानका उपाय निकाल्ने छौँ”, मन्त्री पाण्डेले भने, “यसअघिका प्रतिवेदन तथ्य परक थिए भने त्यसको कार्यान्वयन किन हुन सकिरहेको छैन सोबारे अध्ययन गरी समाधानतर्फ केन्द्रित हुनेछौँ ।”

मन्त्री पाण्डेले आन्तरिक हवाई यात्रुहरूमा समेत उड्डयन क्षेत्रप्रतिको विश्वासमा क्षयीकरण भएको बताए। यसबारेमा सरोकार भएका निकायहरू गम्भीर र सचेत बन्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवा भेलबाढीमा ३९४ जना पर्यटक सम्पर्कविहीन

रसुवा भेलबाढीमा ३९४ जना पर्यटक सम्पर्कविहीन

भोटेकोशी नदीमा आएको भीषण भेलबाढीमा हालसम्म ३९४ जना पर्यटक सम्पर्कविहीन भएका छन् । सरकारी निकायले सिधाकुरालाई दिएको जानकारीअनुसार सम्पर्कविहीन हुनेमा २९१ जना विदेशी नागरिक छन् । ९३ स्वदेशी...
रसुवा विपत्तिबारे चिनियाँ निकायले भन्यो– हिमपहिरो झरेर थुनिएको खोला एक्कासि फुट्दा भेलबाढी

रसुवा विपत्तिबारे चिनियाँ निकायले भन्यो– हिमपहिरो झरेर थुनिएको खोला एक्कासि फुट्दा भेलबाढी

रसुवा बाढीबारे चिनियाँ निकायले राष्ट्रिय विपद न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमताल विस्फोटका कारण नभइ हिमपहिरो झरेर खोला थुनिएको सूचना पठाएको छ ।
डब्लुएचओले एक हजार जनालाई पुग्ने औषधि र स्वास्थ्य उपकरण दिने

डब्लुएचओले एक हजार जनालाई पुग्ने औषधि र स्वास्थ्य उपकरण दिने

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीका पीडितलाई आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउने भएको छ ।
रसुवा बाढी : १२ जलविद्युत् आयोजनामा क्षति, ४३१ मेगावाट बिजुली उत्पादन प्रभावित

रसुवा बाढी : १२ जलविद्युत् आयोजनामा क्षति, ४३१ मेगावाट बिजुली उत्पादन प्रभावित

रसुवामा आएको भीषण बाढीबाट यस क्षेत्रका १२ जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।