नेभिगेशन
सबै कुरा

रास्वपा सांसदको आरोप: सरकार कमिसनमा लिप्त हुँदा चिनीको मुल्य ९० रुपैयाँबाट १२० रुपैयाँमा पुग्यो

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले चिनीको अस्वभाविक मूल्यवृद्धिमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजको प्रतिनिधि सभाको बैठकमा सांसद पराजुलीले ९० रुपैयाँ प्रतिकेजीमा केही अघिसम्म पाउने चिनीको मूल्य कसरी १२० रुपैयाँ पुग्यो भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन् । 

Ncell
Extreme Energy

उनले भने उत्पादन लागत बढेको वा आयात गर्दा मूल्य बढेको ? समयमै अत्यावश्यक वस्तुको आपूर्ति गर्न बजार हस्तक्षेप र नियमन गर्नुपर्ने सरकारनै कमिसन तन्त्रमा लिप्त हँुुदै कालोबजारीलाई प्रशय दिएको आरोप पराजुलीको थियो । 

चाडबाड नजिकिएको बेला कालोबजारीले जनता आक्रान्त भएका उल्लेख गर्दै पराजुलीले भने, ‘बेरोजगारी र अभावले थिलथिलो भएका जनताले कालोबजारीलाई प्रशय दिने र कमिसनतन्त्रको बार्गेनिङ गर्ने, सरकारको खबरदारी नगरेर के दीपावली गर्नुपर्ने हो ?’

सांसद पराजुलीले बेरोजगारी, कुशासन, व्यथिति र भ्रष्टाचारबाट आक्रान्त जनताले मौलिक हकको उपयोग गर्दै आक्रोश पोख्दा दुई तिहाईको दम्भमा सरकारले युवालाई झुठा आरोप लगाएर दमन गरेकोमा भत्सना गरे । 

रास्वपा अराजकताको पक्षधर नभएको दाबी गर्दै पराजुलीले  खबरदारी गर्ने युवालाई कुन कानुन अन्तर्गत गिरफ्तारी गरिएको हो र सो कानुनको औचित्य के हो भन्दै प्रश्न गरे । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी–त्रिशूलीमा गएको बाढीबाट १९ वटा पुलमा क्षति

भोटेकोशी–त्रिशूलीमा गएको बाढीबाट १९ वटा पुलमा क्षति

हालसम्म त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति पुगेको छ । त्यस्तै, कम्तीमा ४० किलोमिटर सडकमा क्षति पुग्नुका साथै सडक भत्किएको छ।
रसुवा बाढीपछि बसेको मन्त्रिपरिषदका यी हुन् १० निर्णय

रसुवा बाढीपछि बसेको मन्त्रिपरिषदका यी हुन् १० निर्णय

सरकारले रसुवाको रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ।
चिनियाँ विज्ञले भने–भोटेकोशी बाढीमा तापक्रम वृद्धिको प्रभाव हुनसक्छ

चिनियाँ विज्ञले भने–भोटेकोशी बाढीमा तापक्रम वृद्धिको प्रभाव हुनसक्छ

रसुवाको भोटेकोशी नदीमा आएको भेलबाढीमा उच्च तापक्रमको प्रभाव हुनसक्ने चिनियाँ विज्ञहरूले बताएका छन्।