नेभिगेशन
सबै कुरा

रास्वपा सांसदको आरोप: सरकार कमिसनमा लिप्त हुँदा चिनीको मुल्य ९० रुपैयाँबाट १२० रुपैयाँमा पुग्यो

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले चिनीको अस्वभाविक मूल्यवृद्धिमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको प्रतिनिधि सभाको बैठकमा सांसद पराजुलीले ९० रुपैयाँ प्रतिकेजीमा केही अघिसम्म पाउने चिनीको मूल्य कसरी १२० रुपैयाँ पुग्यो भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन् । 

उनले भने उत्पादन लागत बढेको वा आयात गर्दा मूल्य बढेको ? समयमै अत्यावश्यक वस्तुको आपूर्ति गर्न बजार हस्तक्षेप र नियमन गर्नुपर्ने सरकारनै कमिसन तन्त्रमा लिप्त हँुुदै कालोबजारीलाई प्रशय दिएको आरोप पराजुलीको थियो । 

चाडबाड नजिकिएको बेला कालोबजारीले जनता आक्रान्त भएका उल्लेख गर्दै पराजुलीले भने, ‘बेरोजगारी र अभावले थिलथिलो भएका जनताले कालोबजारीलाई प्रशय दिने र कमिसनतन्त्रको बार्गेनिङ गर्ने, सरकारको खबरदारी नगरेर के दीपावली गर्नुपर्ने हो ?’

सांसद पराजुलीले बेरोजगारी, कुशासन, व्यथिति र भ्रष्टाचारबाट आक्रान्त जनताले मौलिक हकको उपयोग गर्दै आक्रोश पोख्दा दुई तिहाईको दम्भमा सरकारले युवालाई झुठा आरोप लगाएर दमन गरेकोमा भत्सना गरे । 

रास्वपा अराजकताको पक्षधर नभएको दाबी गर्दै पराजुलीले  खबरदारी गर्ने युवालाई कुन कानुन अन्तर्गत गिरफ्तारी गरिएको हो र सो कानुनको औचित्य के हो भन्दै प्रश्न गरे । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

जीपमा सवार अन्य छ जना घाइते भएका छन् । डिलासैनी–१ का ४५ वर्षीय रामकुमार राना, २१ वर्षीया भागरती खत्री, उनकी दुई वर्षकी छोरी एलिसा, २१ वर्षका हेमन्तप्रसाद भट्ट,...
सिमलताल घटनाको एक वर्ष पुरा, अझै पत्तो छैन ३९ यात्रुको अवस्था

सिमलताल घटनाको एक वर्ष पुरा, अझै पत्तो छैन ३९ यात्रुको अवस्था

गत वर्षको असार २८ गते राति दुई वटा बस एकै ठाउँबाट पहिरोसँगै त्रिशूलीमा खसेका बसका यात्रुमध्ये ३९ जना अझै बेपत्ता भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा दुई बसमा...
रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, १९ जना अझै बेपत्ता

रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, १९ जना अझै बेपत्ता

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार अझै १९ जना बेपत्ता रहेका छन् । उक्त बाढीमा परेर रसुवाबाट हराइरहेका एक जना प्रहरी (असई) लालबहादुर श्रेष्ठको शव पहिचान भएपछि अन्त्येष्टि गरिएको...
धौलीगङ्गाको बाँध खोलियोः महाकाली नदीको तल्लोे तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

धौलीगङ्गाको बाँध खोलियोः महाकाली नदीको तल्लोे तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

त्यसैगरि धौलीगङ्गा पावर स्टेशन एनएचपीसीले पनि एक सूचना जारी गर्दै शुक्रबारदेखि बाँधका ढोका खोल्ने जनाएको छ । पावर स्टेशनको जलाशयमा पानी अत्यधिक भएकाले सल्ट सरसफाइका लागि आकस्मिक रूपमा...