नेभिगेशन
सबै कुरा

मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गर्ने निर्णय

काठमाडौँ । नेपाल सरकारले मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त गर्ने निर्णय गरेको छ ।  

आज बसेको मन्त्रिपरिषद्को बैठकले गृह सचिव रहेका अर्याललाई भदौ १६ गतेदेखि लागू हुने गरी मुख्यसचिवमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । बैठकले चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा इलामका दिनेस डिसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । 

त्यसैगरी दूरसञ्चार सेवा प्रदायक टेलिकम कम्पनी एनसेललाई अनुमति पत्र नवीकरण शुल्क चार किस्तामा बुझाउन दिने निर्णय गरेको छ । “एनसेललाई अनुमति पत्र नवीकरण वापतको शुल्क चार किस्तामा बुझाउन दिने निर्णय भएको छ”, उनले भने, “दोस्रो किस्तादेखि अन्तिम किस्तासम्म बाँकी रहेको रकममा १० प्रतिशत ब्याजदर पनि बुझाउनुपर्नेछ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजको मौसमः यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना

आजको मौसमः यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । महाशाखाका अनुसार देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षारहिमपातको...
आन्दोलन स्थगित भएपछि खुले सुनचाँदी पसल, सुरु भयो कारोबार (तस्बिरहरु)

आन्दोलन स्थगित भएपछि खुले सुनचाँदी पसल, सुरु भयो कारोबार (तस्बिरहरु)

सरकारले सुनचाँदी व्यवसायीहरूसँग ६ बुँदे सहमति गरेपछि आन्दोलन स्थगित भएको छ ।
एक मिनेटमै सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक, अर्को बैठक आइतबार बस्ने

एक मिनेटमै सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक, अर्को बैठक आइतबार बस्ने

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक १ मिनेटमै सकिएको छ । लामो समयपछि शुक्रबार बसेको बैठक करिब १ मिनेट बसेर स्थगित भएको हो ।
काठमाडौँ महानगरको आर्थिक वर्ष २०८२/८३ का लागि करीव २५ अर्व बजेटको सिमा निर्धारण

काठमाडौँ महानगरको आर्थिक वर्ष २०८२/८३ का लागि करीव २५ अर्व बजेटको सिमा निर्धारण

बैठकले आगामी आर्थिक बर्षका लागि करिव २५ करोड बजेटको सीमा निर्धारण गर्दै बजेट सार्वजनिकका लागि तयारी गर्दै छ ।