नेभिगेशन
सबै कुरा

धरानमा बाढीले बगाउँदा एक जनाको मृत्यु

धरान । धरानमा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । बिहीबार दिउँसो परेको भारी वर्षाका कारण ड्रेनमा आएको बाढीले बगाउँदा धरान उपमहानगरपालिका–११ पृथ्वीचोकका १४ वर्षीय रोशन लिम्बूको मृत्यु भएको सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विद्यालयबाट घर फर्कँदै गर्दा धरान–११ ऐश्वर्य मार्गको ड्रेनमा आएको भेल बाढीले बगाएर मृत्यु भएको हो । उनी भिक्टोरी विद्यालयमा कक्षा ९ मा अध्ययन गर्दै आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साथीसँगै विद्यालयबाट घर फर्कने क्रममा लिम्बूलाई बाढीले बगाएको थियो । 

Ncell
Extreme Energy

धरान–११ मङ्गलबारे नजिक डे«नबाट बगाएर धरान–१७ ठकुरीखोलास्थित करिब दुई किलोमिटर तल झाडीमा अड्किएको अवस्थामा लिम्बूमृत भेटिएको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा

बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निःशुल्क गरेको छ ।
भोटेकोशी बाढीको जोखिम सुस्तासम्मै

भोटेकोशी बाढीको जोखिम सुस्तासम्मै

रसुवाको भोटेकोशी नदीमा आएको बाढीको जोखिम सुस्तासम्म रहन सक्ने आकलन गरिएको छ।
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक

कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोालएको छ ।