नेभिगेशन
सबै कुरा

सडकको अभावमा कष्टकर दैनिकी गुजारिरहेकाे चुरे बस्ती

बरहथवा (सर्लाही) । सर्लाहीको उत्तरी चुरे क्षेत्रका साविक नारायण खोला गाविस (लालबन्दी–१४) र परवानीपुर गाविस (लालबन्दी–१५) सडक सञ्जालमा जोडिन नसक्दा स्थानीयको दैनिकी निकै कष्टकर बनेको छ । दुई वडाका नागरिकले व्यवस्थित सडकको अभावमा अत्यन्त कष्टकर अवस्था महसुस गरिरहेका छन् । यहाँका स्थानीयको लागि वर्षाको खहरे खोला नै हिउँदभरि यातायात चल्ने सडक बनेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वर्षाको बेलामा गाउँमा कोही बिरामी परिहाले उपचार गर्न अस्पतालसम्म लैजानसमेत नपाइने लालबन्दी–१५, सिरकालिन्जोर निवासी राम्रीमाया थिङले बताइन् । ‘वर्षामा कि त पानी घट्ने समय पर्खनुपर्छ’, उनले भनिन्, ‘कि त खोलामा ज्यान बाजी लगाएर हेलिनु प¥यो ।’ जेठदेखि भदौसम्म यस क्षेत्रमा आउने यातायातको साधन पूर्णरुपमा ठप्प हुने गर्दछ । 

Ncell
Extreme Energy

यस अवधिको लागि आवश्यक खाद्यान्नलगायतको सामान पहिला नै जोहो गर्ने चलन छ । अत्यन्त कमजोर भूसतह रहेको चुरेका पहाडमा पछिल्ला केही वर्ष सडक विस्तार नभएका होइन । चुनावमा पहिलो सर्तको रुपमा सडक निर्माणलाई राख्ने र निर्वाचित भए लगतै चुरेमा डोजर कुदाएर नागरिकलाई सुविधाको नाममा विपद्मा पार्ने काम यहाँ पनि निरन्तर भइरहेको छ । यसरी जथाभावि खनिएको ट्रयाकका कारण चुरे पहाड क्षतविक्षत हुने गरी पहिरो गएको स्थानीय बताउँछन् ।

पूर्व पश्चिम लोकमार्गबाट केही किलोमिटरको दुरीमा रहेको उक्त गाउँमा पुग्दा कुनै अनकन्टार ठाउँमा पुगेको स्पष्ट अनुभव हुन्छ । यी गाउँ अझै सूचना प्रविधिको पहुँचबाट निकै टाढा छन् । केही ठाउँमा टेलिफोनको नेटवर्क आएपनि सजिलै कुरा गर्न सकिदैन भने अधिकांस स्थानमा नेटवर्क नै आउँदैन् । मोवाइलको टावर पनि राम्रो घामलागेको बेलामा मात्र आउने स्थानीयको गुनासो छ ।

लालबन्दी नगरपालिका–१४, तीन तलेका ६७ वर्षीय सञ्चरसिंह वाइबा भन्छन्, “यस ठाउँमा बसेको वर्षौं भयो । आफू जन्मेहुर्केको गाउँ ठाउँ चटक छाडेर हिड्न पनि सकिँदैन । विकासका आधारभूत पूर्वाधार नहुँदा जनजीवनमा सुधार आएन । अझै यस क्षेत्रमा विकासको घाम उदाएन ।” उनी २०२८ सालतिर यहाँ बसाई सरेर आएका थिए । सडक नहुँदा वर्षातको समयमा समयमै उपचार नपाएरै केहीले ज्यान गुमाउनुपरेको वाइबा बताउँछन् । 

चुनावमा भोट दिएर जिताएका नेता त्यसपछि फर्किएर नआएको उनको गुनासो छ । यस दुई वडाको भौगोलिक विकटता, फोन, इन्टरनेटलगायतको प्रविधिको सुविधा नभएकाले वडा कार्यालय बजारबाटै सञ्चालन गरिएको छ । लालबन्दी नगरपालिका–१४, का वडाध्यक्ष छेनाम सिंह घिसिङले बताउनुभयो । यस वडाका नागरिक सेवा लिन एक दिन हिडेर आइपुग्नु पर्ने बाध्यता छ ।

व्यवस्थित सडक नभएकै कारण यस क्षेत्रका नागरिकले वर्षौदेखि अन्य सुविधा पनि उपयोग गर्न नपाएको लालबन्दी नगरपालिका–१५ का वडाध्यक्ष गोरख बल बताउँछन् । बिजुली, पानी लगायतको सुविधा पटकपटक पु¥याए पनि सडक नभएक कारण दिगो हुन नसकेको उनको भनाइ छ । “बिग्रिएका संरचना बनाउन जानसमेत सडक छैन्” उनले भने, “स्थानीयले महिनौंसम्म बिजुली, खानेपानीलगायतको सुविधाबाट बन्चित हुनु परिरहेको छ ।” 

स्थानीयवासीले लखन्देही र फुलजोर खोलाको डाडाँ भित्तामा रहेका टार खेतमा समयअनुसार मकै, धान, तोरी बेसारलगायत अन्नबाली उत्पादन गर्ने गरेका छन् । आकाशे पानीको भरमा गरिने खेती मौसम प्रतिकुल हुँदा भने उत्पादन नहुने किसानको गुनासो छ । 

विकटतासँगै वैदेशिक रोजगारीका लागि विदेसिने युवाका कारण पछिल्लो समय गाउँघर समेत रित्तिदै गएका कामीटारका शङ्खर बिश्वकर्माले बताए। “पहिला राम्रो खेती हुने देखेर हाम्रा बाबु बाजे यहाँ आइपुग्नु भएको हो । तर अहिले मानिसलाई पढाइलेखाइको ज्ञान भयो । सडक, बिजुली, पानी घर–घरमा आउनु पर्यो । त्यसैको खोजीमा अन्यत्र जाँदैछन् । अहिले गाउँ रित्तिने क्रममा छ ।”

लालबन्दीको नारायण खोला र परवानीपुर जस्तै हरिवन नगरपालिका–१ र २, बागमती नगरपालिका–१ र ११ का केही गाउँ चुरे पाखामै छन् । यी पाखाहरुसम्म खनिएका ट्रयाक प्रत्येक वर्ष पानी पर्न सुरु भए पनि हिड्नै नमिल्ने गरी बग्ने गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधिसभामा नेपाल-भारत विद्युत व्यापार सम्झौता पेस गर्ने, ११ बुँदे सम्झौतामा के छ ?

ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधिसभामा नेपाल-भारत विद्युत व्यापार सम्झौता पेस गर्ने, ११ बुँदे सम्झौतामा के छ ?

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले संसदमा नेपाल भारत विद्युत व्यापार सम्झौता पेस गर्ने भएका छन् ।
विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति

विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति

यहाँको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट) भएर आगलागी हुँदा दुई घर जलेर पूर्ण रूपमा नष्ट भएको छ ।
विद्यालयले कपाल छोटो बनाउन दबाब दिएको भन्दै हेलो सरकारमा विद्यार्थीको उजुरी, के छ कानुनमा व्यवस्था ?

विद्यालयले कपाल छोटो बनाउन दबाब दिएको भन्दै हेलो सरकारमा विद्यार्थीको उजुरी, के छ कानुनमा व्यवस्था ?

विद्यालयहरूले कपाल काट्न दबाब दिन नहुने भएपछि यस्ता विद्यालयले अभिभावकको साहारा लिन थालेका छन् । विद्यार्थीले कपाल काट्न दबाब दिएको जनाउँदै हेलो सरकार र प्रहरीमा समेत उजुरी दिने...
कोपमा नेपालले कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनको विषय उठाउने

कोपमा नेपालले कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनको विषय उठाउने

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रको ३१औँ सम्मेलन (कोप–३१) आगामी कात्तिक २३ देखि मङ्सिर ४ गतेसम्म हुँदैछ ।

भर्खरै