नेभिगेशन
सबै कुरा

एसइईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी काम थालेका छौँः प्रधानमन्त्री

धुलिखेल । प्रधानमन्त्री केपी शर्मा ओलीले एसइई परीक्षामा कम्तीमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी देशभर अनलाइन कक्षा सञ्चालन गर्न लागिएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले अङ्ग्रेजी, गणित, विज्ञानलगायत मुख्य विषयमा केन्द्र सरकारका तर्फबाट अनलाइनका माध्यमबाट विशेष कक्षा चलाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिए । 

Ncell
Extreme Energy

“पचास प्रतिशतको हाराहारीमा मात्रै एसइईमा उत्तीर्ण हुनुे अवस्था विद्यार्थीमाथिको अन्याय हो । यस्तो अवस्थालाई अन्त्य गर्न मैले शिक्षा मन्त्रालय, नेपाल टेलिकमलगायत निकायलाई आवश्यक प्रबन्धका लागि निर्देशन दिइसकेको छुु”, उनले भने, “धेरैभन्दा धेरै विद्यार्थी उत्तीर्ण गराउने गरी हामीले काम थालिसकेका छौँ ।” 

उनले अहिलेको सरकार किन बनेको रहेछ भन्ने कुरा परिणाममा देखाउने गरी काम गर्ने समेत बताए । उनले सरकार देशको समृद्धि र समग्र शिक्षाको सुदृढीकरणका लागि आगामी दिनमा थप स्पष्ट र दृढताकासाथ अघि बढ्ने पनि स्पष्ट गरे । 

आफूूले झापाबाट गत वर्ष अनलाइन कक्षा दिएका कारण विद्यार्थीको नतिजामा सुधार आएको उल्लेख गर्दै यस अभ्यासलाई देशभर विस्तार गर्ने बताए । प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा विभिन्न सङ्कायमा दीक्षित विद्यार्थीलाई आफूले प्राप्त गरेको ज्ञान–सीपलाई सही सदुपयोग गर्न तथा समाजका लागि सुयोग्य नागरिक बन्न आग्रह गरे । 

उनले भने, “अब तपाईँहरु संसारका जुुनसुकै कुुनामा गएर पनि क्षमता प्रदर्शन गर्न सक्नुुहुन्छ । तपाईँहरुका लागि संसार खुल्ला छ । तपाईंहरुलाई अभिभावकको लगानी र स्नेहको प्रतिफलका रुपमा यो सफलता प्राप्त गर्नुभएको छ, त्यसलाई सही सदुुपयोग गर्नुस्, सेवाभावको सुयोग्य नागरिक बन्नुस् ।”

प्रधानमन्त्री ओलीले स्नातकोत्तर तहमा स्कुल अफ आर्टस्मा चार सिजिपिए ल्याउने मिजला चित्रकारलाई चान्सलर स्वर्णपदक, स्कुल अफ साइन्सबाट स्नातक तहमा चार सिजिपिए ल्याउने मुकेश तिवारीलाई भाइस चान्सलर स्वर्णपदक प्रदान गरे । 

साथै स्नातक तहमा मणिपाल कलेज अफ मेडिकल साइन्स पोखराका स्वीकार दाहाललाई भाइस–चान्सलर स्वर्णपदक, विराट मेडिकल कलेज विराटनगरका रस्मिता पौडेललाई न्हुछेरत्न तुलाधर स्वर्णपदक, स्कुल अफ मेडिकल साइन्सेजमा अर्जुन दासलाई रमेशप्रसाद सिंह स्वर्णपदक र स्कुल अफ एजुकेशनको रनिषा पौडेललाई महेशनाथ पराजुली स्वर्णपदक प्रदान गरे । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराईलगायत उपस्थित कार्यक्रममा समारोहमा विदेशी विद्यार्थीसहित दुई हजार तीन सय १४ विद्यार्थी दीक्षित भएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधिसभामा नेपाल-भारत विद्युत व्यापार सम्झौता पेस गर्ने, ११ बुँदे सम्झौतामा के छ ?

ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधिसभामा नेपाल-भारत विद्युत व्यापार सम्झौता पेस गर्ने, ११ बुँदे सम्झौतामा के छ ?

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले संसदमा नेपाल भारत विद्युत व्यापार सम्झौता पेस गर्ने भएका छन् ।
विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति

विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति

यहाँको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट) भएर आगलागी हुँदा दुई घर जलेर पूर्ण रूपमा नष्ट भएको छ ।
विद्यालयले कपाल छोटो बनाउन दबाब दिएको भन्दै हेलो सरकारमा विद्यार्थीको उजुरी, के छ कानुनमा व्यवस्था ?

विद्यालयले कपाल छोटो बनाउन दबाब दिएको भन्दै हेलो सरकारमा विद्यार्थीको उजुरी, के छ कानुनमा व्यवस्था ?

विद्यालयहरूले कपाल काट्न दबाब दिन नहुने भएपछि यस्ता विद्यालयले अभिभावकको साहारा लिन थालेका छन् । विद्यार्थीले कपाल काट्न दबाब दिएको जनाउँदै हेलो सरकार र प्रहरीमा समेत उजुरी दिने...
कोपमा नेपालले कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनको विषय उठाउने

कोपमा नेपालले कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनको विषय उठाउने

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रको ३१औँ सम्मेलन (कोप–३१) आगामी कात्तिक २३ देखि मङ्सिर ४ गतेसम्म हुँदैछ ।

भर्खरै