नेभिगेशन
सबै कुरा

संससदीय समितिमा परराष्ट्रमन्त्री राणाले भनिन्, ‘भारतसँग हवाई रुट र पन्चेश्वरबारे कुरा भयो तर इपीजीबारे भएन’

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारत भ्रमणका क्रममा हवाई रुटका बारेमा सकारात्मक छलफल भएको बताएकी छिन् । 

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा आफ्नो भारत भ्रमणका बारेमा जानकारी गराउँदै उनले भारतससँग हवाइ रुटको बारेमा कुरा राखेको र टेक्निकल टिमको मिटिङ गर्ने सहमति भएको जानकारी दिएकी हुन् । 

Global Ime Bank

भैरहवा र महेन्द्रनगर हवाई रुटका बिषयमा आफुले भारतसँग कुरा गरेको उनले बताइन् । त्यस्तै उनले पन्चेश्वरको बारेमा सहमति लगभग अन्तिम चरणमा पुगेको र अन्तिम चरणमा अघि बढाउने कुरा भएको जानकारी दिइन् । 

इपीजी बिषयमा भने कुनै छलफल नभएको भन्दै उनले उपयुक्त समयमा छलफल गर्ने उल्लेख गरिन् ।  दुबै देशको प्रतिनिधि मिलेर बनाएको रिपोर्ट भएकाले उपयुक्त समयमा आवश्यक छलफल हुनेमा आशावादी रहेको उनले बताइन् । 

त्यस्तै भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटवार्ता भएको र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणा सहितको सन्देश हस्तान्तरण गरिएको पनि उनले जानकारी दिइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रीशूलीमा फसेका दुई जनाको हेलिकप्टबाट उद्धार

त्रीशूलीमा फसेका दुई जनाको हेलिकप्टबाट उद्धार

बिहानै काठ समाउन नदी छेउमा पुगेका उनीहरु एक्कासी आएको बाढीमा फसेका थिए । त्यसपछि उनीहरु ३ घण्टादेखि सिसौको रुखमा चढेर बसेका थिए । स्थानीय जनप्रतिनिधि तथा सुरक्षा अधिकारीहरुको...
त्रिशूलीमा आएको बाढीको बीचमा दुई जना फसे

त्रिशूलीमा आएको बाढीको बीचमा दुई जना फसे

दाउरा टिप्न नदिमा गएका उनीहरु एक्कासी ठुलो बाढी आएसँगै त्रिशूलीको बिचमा रहेको रुखमा चढेर बसेका छन् । उनीहरुको उद्दारका लागि हेलिकप्टर बोलाइएको नुवाकोटाका प्रहरी प्रमुख डिएसपी विक्रम लामाले...
रसुवागढी बाढी: सुख्खा बन्दरगाहमा काम गर्ने ४ जना चिनियाँ नागरिक सम्पर्कबिहिन

रसुवागढी बाढी: सुख्खा बन्दरगाहमा काम गर्ने ४ जना चिनियाँ नागरिक सम्पर्कबिहिन

'बाढीले सुख्खा बन्दरगाहमा मानवीय र भौतिक क्षति पुगेको छ सूचना आएको छ। बन्दै गरेको ड्राइपोर्टमा काम गर्ने ४ जना चिनियाँ नागरिकहरु सम्पर्कबिहिन भएका छन् ।'
बेत्रावती जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बेत्रावती जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

विभागले मंगलबार बिहान ६ः१० बजे जारी गरेको सूचनामा पानीको सतह अझै बढ्दो क्रममा रहेको उल्लेख गरिएको छ।

भर्खरै