नेभिगेशन
सबै कुरा

संससदीय समितिमा परराष्ट्रमन्त्री राणाले भनिन्, ‘भारतसँग हवाई रुट र पन्चेश्वरबारे कुरा भयो तर इपीजीबारे भएन’

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारत भ्रमणका क्रममा हवाई रुटका बारेमा सकारात्मक छलफल भएको बताएकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा आफ्नो भारत भ्रमणका बारेमा जानकारी गराउँदै उनले भारतससँग हवाइ रुटको बारेमा कुरा राखेको र टेक्निकल टिमको मिटिङ गर्ने सहमति भएको जानकारी दिएकी हुन् । 

Ncell
Extreme Energy

भैरहवा र महेन्द्रनगर हवाई रुटका बिषयमा आफुले भारतसँग कुरा गरेको उनले बताइन् । त्यस्तै उनले पन्चेश्वरको बारेमा सहमति लगभग अन्तिम चरणमा पुगेको र अन्तिम चरणमा अघि बढाउने कुरा भएको जानकारी दिइन् । 

इपीजी बिषयमा भने कुनै छलफल नभएको भन्दै उनले उपयुक्त समयमा छलफल गर्ने उल्लेख गरिन् ।  दुबै देशको प्रतिनिधि मिलेर बनाएको रिपोर्ट भएकाले उपयुक्त समयमा आवश्यक छलफल हुनेमा आशावादी रहेको उनले बताइन् । 

त्यस्तै भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटवार्ता भएको र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणा सहितको सन्देश हस्तान्तरण गरिएको पनि उनले जानकारी दिइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो, तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्। आफूलाई फैलाउनुहोस्,” उनले भने, “सरकार तपाईंको साथमा छ। के–के गर्नुपर्ने हो भन्नुहोस्।”
सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बलबारे नागरिकबाट गुनासो नआउने गरी दत्तचित्त भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले आर्थिक सुशासन, भ्रष्टाचार नियन्त्रण, मानवअधिकार संरक्षण र लैङ्गिक समानतालाई आधार...
किन बद्‍नाम भयो संघीयता ?

किन बद्‍नाम भयो संघीयता ?

संविधानअनुसार नेपालमा तीन तहका सरकार छन्– संघ, प्रदेश र स्थानीय । यी तीन तहका सरकारमध्ये प्रदेश सरकारहरू यति अस्थिर बनेका छन् कि, कुन नेतालाई के मुड चल्छ, सरकार...
ओलीबारे प्रतिवेदनमार्फत के भनेका छन् शंकर पोखरेलले ?

ओलीबारे प्रतिवेदनमार्फत के भनेका छन् शंकर पोखरेलले ?

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्यदलको प्रतिवेदनमार्फत पार्टी नेतृत्वको खुलेर आलोचना गरेका छन् र सुधारको माग गरेका छन् ।