नेभिगेशन
सबै कुरा

आइजिपीको जिब्रो थुत्नुपर्छ भन्ने सञ्चारमन्त्रीको जिब्रोमा ब्रेक लगाउन कांग्रेस र रास्वपाका सांसदको सुझाव

काठमाडौँ । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले आईजीपीको जिब्रो थुत्नुपर्ने सञ्चारमन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभाको मंगलबारको बैठकको आकस्मीक समयमा बोल्दै उहाले सञ्चारमन्त्रीले केही दिन पहिला प्रहरीका आइजिपीका जिब्रो थुत्नुपर्दछ भनेर अभिव्यक्ति दिएको भन्दै उक्त अभिव्यक्ति आपत्तिजनक रहेको बताएका हुन् । उनले मन्त्रीहरुले जिब्रोमा ब्रेक लगाएर बोल्ने गर्नुपर्ने भन्दै कटाक्ष गरे । यस बिषयमा सदनमा जवाफ दिन उनले माग गरे । 

Ncell
Extreme Energy

उनले गण्डकी प्रदेशमा मन्त्रीको पद नै बिक्री गर्न लागियो भन्ने चर्चा चलेको भन्दै यसको जवाफ खोज्नुपर्ने बताए । 

त्यस्तै रास्वपा सांसद मनिझाले पनि जिब्रो थुत्नुपर्ने सञ्चारमन्त्रीको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै वाक् स्वतन्त्रताबिपरित बोल्नु उचित नहुने धारणा राखे । उनले एमालेका अग्रजहरुले आफुहरुलाई सभ्यता सिकाउने गरेको भन्दै पहिला आफ्नै मन्त्रिपरिषद्को सदस्यलाई सभ्यता सिकाउन सुझाव दिए । 

उनले धनुषामा रामदेव मण्डल र आशादेवीले एकबर्षदेखि नागरिकताको प्रतिलिपी लिन जादा नपाएको र कर्मचारीले रेकर्ड नै फेला नपरेको जवाफ दिएको भन्दै प्रशासनको कमजोरीको मारमा सर्वसाधारणलाई नपार्न ध्यानाकर्षण गराए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो, तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्। आफूलाई फैलाउनुहोस्,” उनले भने, “सरकार तपाईंको साथमा छ। के–के गर्नुपर्ने हो भन्नुहोस्।”
सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बलबारे नागरिकबाट गुनासो नआउने गरी दत्तचित्त भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले आर्थिक सुशासन, भ्रष्टाचार नियन्त्रण, मानवअधिकार संरक्षण र लैङ्गिक समानतालाई आधार...
किन बद्‍नाम भयो संघीयता ?

किन बद्‍नाम भयो संघीयता ?

संविधानअनुसार नेपालमा तीन तहका सरकार छन्– संघ, प्रदेश र स्थानीय । यी तीन तहका सरकारमध्ये प्रदेश सरकारहरू यति अस्थिर बनेका छन् कि, कुन नेतालाई के मुड चल्छ, सरकार...
ओलीबारे प्रतिवेदनमार्फत के भनेका छन् शंकर पोखरेलले ?

ओलीबारे प्रतिवेदनमार्फत के भनेका छन् शंकर पोखरेलले ?

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्यदलको प्रतिवेदनमार्फत पार्टी नेतृत्वको खुलेर आलोचना गरेका छन् र सुधारको माग गरेका छन् ।