नेभिगेशन
सबै कुरा

आइजिपीको जिब्रो थुत्नुपर्छ भन्ने सञ्चारमन्त्रीको जिब्रोमा ब्रेक लगाउन कांग्रेस र रास्वपाका सांसदको सुझाव

काठमाडौँ । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले आईजीपीको जिब्रो थुत्नुपर्ने सञ्चारमन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको आकस्मीक समयमा बोल्दै उहाले सञ्चारमन्त्रीले केही दिन पहिला प्रहरीका आइजिपीका जिब्रो थुत्नुपर्दछ भनेर अभिव्यक्ति दिएको भन्दै उक्त अभिव्यक्ति आपत्तिजनक रहेको बताएका हुन् । उनले मन्त्रीहरुले जिब्रोमा ब्रेक लगाएर बोल्ने गर्नुपर्ने भन्दै कटाक्ष गरे । यस बिषयमा सदनमा जवाफ दिन उनले माग गरे । 

Global Ime Bank

उनले गण्डकी प्रदेशमा मन्त्रीको पद नै बिक्री गर्न लागियो भन्ने चर्चा चलेको भन्दै यसको जवाफ खोज्नुपर्ने बताए । 

त्यस्तै रास्वपा सांसद मनिझाले पनि जिब्रो थुत्नुपर्ने सञ्चारमन्त्रीको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै वाक् स्वतन्त्रताबिपरित बोल्नु उचित नहुने धारणा राखे । उनले एमालेका अग्रजहरुले आफुहरुलाई सभ्यता सिकाउने गरेको भन्दै पहिला आफ्नै मन्त्रिपरिषद्को सदस्यलाई सभ्यता सिकाउन सुझाव दिए । 

उनले धनुषामा रामदेव मण्डल र आशादेवीले एकबर्षदेखि नागरिकताको प्रतिलिपी लिन जादा नपाएको र कर्मचारीले रेकर्ड नै फेला नपरेको जवाफ दिएको भन्दै प्रशासनको कमजोरीको मारमा सर्वसाधारणलाई नपार्न ध्यानाकर्षण गराए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिशूलीमा आएको बाढीको बीचमा दुई जना फसे

त्रिशूलीमा आएको बाढीको बीचमा दुई जना फसे

दाउरा टिप्न नदिमा गएका उनीहरु एक्कासी ठुलो बाढी आएसँगै त्रिशूलीको बिचमा रहेको रुखमा चढेर बसेका छन् । उनीहरुको उद्दारका लागि हेलिकप्टर बोलाइएको नुवाकोटाका प्रहरी प्रमुख डिएसपी विक्रम लामाले...
रसुवागढी बाढी: सुख्खा बन्दरगाहमा काम गर्ने ४ जना चिनियाँ नागरिक सम्पर्कबिहिन

रसुवागढी बाढी: सुख्खा बन्दरगाहमा काम गर्ने ४ जना चिनियाँ नागरिक सम्पर्कबिहिन

'बाढीले सुख्खा बन्दरगाहमा मानवीय र भौतिक क्षति पुगेको छ सूचना आएको छ। बन्दै गरेको ड्राइपोर्टमा काम गर्ने ४ जना चिनियाँ नागरिकहरु सम्पर्कबिहिन भएका छन् ।'
बेत्रावती जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बेत्रावती जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

विभागले मंगलबार बिहान ६ः१० बजे जारी गरेको सूचनामा पानीको सतह अझै बढ्दो क्रममा रहेको उल्लेख गरिएको छ।
आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ...

भर्खरै