नेभिगेशन
सबै कुरा

कांग्रेस सांसदको प्रश्नः काठमाडौँका नदी किनारामा थप २० मिटर संरचना बनाउन नपाउने फैसला कसले गरायो ?’

काठमाडाैँ । नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले काठमाडौंका नदी किनारामा थप २० मिटर जग्गामा संरचना बनाउन नपाइने सर्वोच्चको आदेशको पुनरावलोकन गर्न माग गरेका छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकको आकस्मीक समयमा बोल्दै चालिसेले अदालतको उक्त आदेशपछि काठमाडौंका  ८० हजार घर परिवारको रुवावासी भएको भन्दै पुनरावलोकन गर्न माग गरेका हुन् । २०६५ सालमा नै अधिकार सम्पन्न बागमती एकीकृत आयोजनाले २०–२० मिटर अधिग्रहण गरिसकेको अवस्थामा थप २० मिटरभित्र संरचना बनाउन नपाउने आदेश न्यायोचित नरहेको उनले बताए । उनले उक्त फैसला कसले गर्न लगायो भन्दै प्रश्न समेत गरे । 

Global Ime Bank

उनले भने, ‘कुन अध्ययन गरेर यो फैसला आयो ? कसरी कसले यो फैसला गर्न लगायो ? त्यही जग्गा राखेर घर बनाइयो । अहिले बैंकले फटाफट पत्र काटेर धितो परिवर्तन गर, होइन भने पैसो तिर भनिरहेका छन् । अहिले ८० हजार घरधुरीको रुवाबासी भईरहेको हुनाले सम्माननीय सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

चालिसेले बागमतीको जलाधार नियन्त्रण गर्ने सवालमा धेरै उपाय रहेको भन्दै साराको बास उठाएर नियन्त्रण गर्न नपाइने धारणा राखे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिशूलीमा आएको बाढीको बीचमा दुई जना फसे

त्रिशूलीमा आएको बाढीको बीचमा दुई जना फसे

दाउरा टिप्न नदिमा गएका उनीहरु एक्कासी ठुलो बाढी आएसँगै त्रिशूलीको बिचमा रहेको रुखमा चढेर बसेका छन् । उनीहरुको उद्दारका लागि हेलिकप्टर बोलाइएको नुवाकोटाका प्रहरी प्रमुख डिएसपी विक्रम लामाले...
रसुवागढी बाढी: सुख्खा बन्दरगाहमा काम गर्ने ४ जना चिनियाँ नागरिक सम्पर्कबिहिन

रसुवागढी बाढी: सुख्खा बन्दरगाहमा काम गर्ने ४ जना चिनियाँ नागरिक सम्पर्कबिहिन

'बाढीले सुख्खा बन्दरगाहमा मानवीय र भौतिक क्षति पुगेको छ सूचना आएको छ। बन्दै गरेको ड्राइपोर्टमा काम गर्ने ४ जना चिनियाँ नागरिकहरु सम्पर्कबिहिन भएका छन् ।'
बेत्रावती जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बेत्रावती जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

विभागले मंगलबार बिहान ६ः१० बजे जारी गरेको सूचनामा पानीको सतह अझै बढ्दो क्रममा रहेको उल्लेख गरिएको छ।
आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ...

भर्खरै