नेभिगेशन
सबै कुरा

पलेशाको भव्य स्वागत

काठमाडौँ । पेरिस पारालिम्पिक–२०२४मा ऐतिहासिक कास्य पदक जितेकी नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई स्वदेशमा भव्य स्वागत गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पेरिस पारालिम्पिक–२०२४ को के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि ऐतिहासिक कास्य पदक हात पार्दै बुधबार बिहान काठमाडौँ आइपुगेकी पलेशालाई विमानस्थलामा बाजागाजासहित स्वागत गर्दै नगर परिक्रमा गरिइएको छ।

Ncell
Extreme Energy


गत शुक्रबार अबेर राति पेरिसस्थित ग्रान्ड प्यालेसमा रिपेचेजको कास्य पदक भिडन्तमा पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी थिइन्।

पारा ओलम्पिक अपांगता भएका खेलाडीहरूले खेल्ने सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता हो। पलेशाले खेल्ने के ४४ विधा ‘एउटा हातको कुहिना भन्दा तलको भाग नहुने’ खेलाडीको विधा हो।

पलेशाले पाएको कास्य पदक नेपाली खेलकुदकै अहिलेसम्मको ठूलो उपाधी हो। काठमाडौको बागबजारकी स्थायी बासिन्दा पलेसाको जन्मिँदै बायाँ हातको कुहिनामुनिको भाग थिएन।

अब पलेशाले राष्ट्रिय खेलकुद विकास नियमावली– २०७९ अनुसार नेपाल सरकारबाट ६५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछिन्।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यसरी सार्वजनिक गरियो एनभीएलको ट्रफी (तस्बिरहरू)

यसरी सार्वजनिक गरियो एनभीएलको ट्रफी (तस्बिरहरू)

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ट्रफी सार्वजनिक गरे । पाटनपछि काठमाडौं र भक्तपुरमा पनि ट्रफी प्रदर्शन गर्ने कार्यक्रम छ।
एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

’रोड टू पीएमजीसी’ अभियानसँग जोडिएको प्रतियोगिताले नेपालमा पब्जी मोबाइलको प्रतिस्पर्धात्मक वातावरणलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ । प्रतियोगितामार्फत उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीले अन्तर्राष्ट्रिय मञ्चतर्फ अघि...
फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

मलेसियाको पेनाङमा सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्थानीय तथा अन्तर्राष्ट्रिय नेपाली क्लबहरूको उत्साहजनक सहभागिता रहेको थियो। मुख्य प्रतियोगितामा हिमालयन एफसी, एन पेनाङ एफसी र नेपबोर्न एफसी बीच प्रतिस्पर्धात्मक खेलहरू...
१६ वर्षपछि उपाधि जित्दा स्पेनको नयाँ युगको सुरुआत

१६ वर्षपछि उपाधि जित्दा स्पेनको नयाँ युगको सुरुआत

सन् २०१० पछि स्पेनलाई च्याम्पियन बनाउन फेरान टोरेजले निर्णायक गोल गरेका थिए । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि...