नेभिगेशन
सबै कुरा

क्रिकेटर दीपेन्द्रका बुवा भन्छन् : छोराका कीर्तिमानले गाउँदेखि देश नै खुसी भएको छ

११ असाेज,महेन्द्रनगर : बुधबार दिनभरीजसो नेपालका स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व क्रिकेट जगतमै चर्चामा रहे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत चीनमा भएको मङ्गोलियाविरुद्धको खेलमा नौ बलमा अर्धशतक बनाएपछि दीपेन्द्रको चर्चा चुलियो । उनका नाममा अन्तर्राष्ट्रिय मिडियामा समाचारका शीर्षक बने । उनले टी–२० मा यसअघि भारतीय क्रिकेटर युवराज सिंहलगायतका खेलाडीले १२ बलमा प्रहार गरेको अर्धशतकको कीर्तिमान तोड्दै नयाँ नौ बलमै अर्धशतक बनाएर नयाँ कीर्तिमान कायम गरेका थिए । 

Ncell
Extreme Energy

कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौर घर भएका उनी बाल्यकालदेखि नै खेलकुद क्षेत्रमा मेहनती र अब्बल रहेको उनका बुवा गगनसिंह ऐरीले सुनाए । बुधबार छोराले बनाएको कीर्तिमानमा ऐरीको परिवार मात्रै होइन गाउँनै खुसी रहेको उनी बताउँछन् । 

“घरको टिभीमा रिर्चाज सकिएकाले बिहान रिचार्ज गर्न सुकासाल चौराहा पुगे”, छोराको सफलताले हर्षित गगनसिंह भन्छन्, “चौराहाको कम्प्युटर पसल सञ्चालकले दीपेन्द्रको सफलता मोबाइलमै देखाउँदा खुसीको सीमा नै रहेन ।”

एसएलसीसम्म गाउँकै एक निजी विद्यालयमा अध्ययन गरेका उनी त्यो बेलामा पनि खेल जितेर पुरस्कार पाउने गरेको बुबा ऐरीले सम्झिए । “चार छोरामध्ये साइँलो हो, दीपेन्द्र”, उनले भने, “छोराले देशको नाम राख्दा हामी निकै खुसी भएका छौँ ।”

विद्यालयस्तरमा गाउँमा खेलकुदमा निकै मेहनत र सक्रिय भएर लाग्ने दीपेन्द्र प्रवीणता प्रमाणपत्र तह अध्ययनका लागि महेन्द्रनगरस्थित सनराइज बोर्डिङ स्कूल भर्ना भएका बेला करिब पाँच किलोमिटर हिँडेरै क्रिकेट प्रशिक्षणमा बजार पुग्दथे । 

“स्वस्थ भइन्छ भन्दै हिँडेर महेन्द्रनगर पुगेर क्रिकेट प्रशिक्षणमा जुट्थ्यो”, उनले भने, “खेलप्रतिको लगाव र महेनतकै कारण आज उ सफलतातर्फ लम्किँदैछ । दीपेन्द्रको सफलताले अहिले स्थानीयले भेट्नासाथ आफूलाई बधाई दिने गरेका छन् ।” सानोदेखि नै दीपेन्द्र राम्रो शिक्षा हासिल गरेर सरकारी जागिरमा होस् भन्ने आफूले चाहे पनि अहिलेको सफलताले परिवारमा निकै सन्तोष मिलेको उनी बताउँछन् । 

करिब ४० वर्ष वन कार्यालयमा प्राविधिक खरिदारको जागिरे जीवन बिताएकमा गगनसिंह परिवारसहित २०३६ सालमा बैतडीबाट तिलाचौउर बसाइँ सरेका थिए । नेपाली क्रिकेटका परिचित नामहरु प्रदीप ऐरी र कमलसिंह ऐरी पनि दीपेन्द्रकै परिवारभित्र पर्छन् । “छोरालाई जहिल्यै अनुशासन र गलत लतमा नपरोस् भनेर सम्झाउने गर्थे”, उनी भन्छन्, “समयअनुसार परिपक्क हुँदै अहिले देशको नाम विश्वमा चर्चामा ल्याउने स्तरको भयो ।”

बुवा गगनसिंह पनि कुनै समय सितोरियो कराँते र भलिबलका खेलाडी थिए भने दीपेन्द्रका दुई दाजुले पनि क्रिकेट खेलेका थिए। “छोरी राजमती पनि अहिले सशस्त्र प्रहरी बलमा जागिरे भएर एपीएफ क्लबमा क्रिकेट नै खेल्छिन्”, उनी भन्छन्, “छोराछोरीको प्रगति नै जीवनको ठूलो सुख रहेछ । क्रिकेटको विकासका लागि सरकारले नै ध्यान दिनुपर्छ ।”

एसियाली खेलकुद प्रतियोगितामा नेपालले देखाएको प्रदर्शनपछि चर्चामा रहेका नेपाली क्रिकेट टोलीमा रहेका दीपेन्द्रसँगै विनोद भण्डारी र भीम सार्की पनि महेन्द्रनगरकै हुन् । महेन्द्रनगरमा दीपेन्द्रलाई प्रशिक्षण गराएका स्वयंसेवक प्रशिक्षक वीरेन्द्र शाही सनराइज उच्च माध्यमिक विद्यालयमा आएपछि दीपेन्द्र क्रिकेटमा आएको बताउँछन्।

“निकै मेहनती र क्रिकेटलाई नै जीन्दगी ठानेर उ अघि बढिरह्यो”, उनी भन्छन्, “क्रिकेटप्रतिको लगावकै कारण आज सफलताको शिखरतर्फ दीपेन्द्र अघि बढ्दै छ ।”  दीपेन्द्रले पढाइभन्दा पनि त्यो बेलादेखि नै खेललाई बढी महत्व दिँदै आएको उनको भनाइ छ ।

“म प्याब्सनको अध्यक्ष हुँदा दीपेन्द्र सुकासालको विद्यालयमा पढ्थ्यो”, नेपाल क्रिकेट सङ्घ सुदूरपश्चिम प्रदेशका पूर्वअध्यक्ष एवं महेन्द्रनगरस्थित सनराइज बोर्डिङ स्कूलका सञ्चालक दीपकराज चालिसे भन्छन्, “प्याब्सनको खेल हुँदा उसको खेल देखेरै मैले दीपेन्द्रलाई क्रिकेटमा आउन सुझाए । स्कूलस्तरमा खेल्ने शैली र मेहनतबाट प्रभावित भएरै क्रिकेटमा ल्याउन पहल गरिएको हो ।”

“हामीकहाँ नै भर्ना भएपछि सन् २०१४ देखि नै अन्तर्राष्ट्रियस्तरका क्रिकेट प्रतियोगितामा उ सहभागी हुन थाल्यो”, उनी बताउँछन्, “त्यो बेलादेखि  अध्ययनभन्दा पनि खेलमै दीपेन्द्रको बढी जोड थियो ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एसियन गेम्स क्वालिफायरको उपाधि नेपाललाई, फाइनलमा हङकङ १९ रनले पराजित

एसियन गेम्स क्वालिफायरको उपाधि नेपाललाई, फाइनलमा हङकङ १९ रनले पराजित

सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा नेपालले हङकङलाई डीएलएस पद्धति अनुसार पराजित गरेको हो ।
नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा

नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा

आइतबार बिहान सिंगापुरको सिंगा ओभल ग्राउन्डमा भएको सेमिफाइनल खेलमा ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो।
एसियन गेम्स छनोटः  चीनविरुद्ध नेपालको सानदार जित

एसियन गेम्स छनोटः चीनविरुद्ध नेपालको सानदार जित

दोस्रो विकेटका लागि कुशल भुर्तेल र कुशल मल्लले १ सय ७५ रनको साझेदारी गरे। योसँगै भुर्तेल र मल्लले सन् २०१९ मा सिंगापुर टी-२० त्रिकोणात्मक सिरिजमा पारस खड्का र...
कुशल भुर्तेलको अर्धशतकमा नेपालले चीनलाई दियो ३ सय १४ रनको लक्ष्य

कुशल भुर्तेलको अर्धशतकमा नेपालले चीनलाई दियो ३ सय १४ रनको लक्ष्य

नेपालका लागि ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका छन् । भुर्तेलले ४३ बलमा १ सय २९ रन बनाएका हुन् । उक्त योगफल जोड्नको लागि उनले १६ छक्का र...