नेभिगेशन
सबै कुरा

रवि लामिछाने 'थबाङ' छिर्दा आत्तिएका माओवादी नेता, भनेका थिए ‘रविको सिरानीमुनी बम हान्नुस’

११ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको दस्ताबेज निमार्णका क्रममा जनताको भावना समेट्ने भन्दै सभापति रवि लामिछाने असोज ३ गते रोल्पा पुगे । रास्वपाले दस्तावेज तयारका लागि बनाएको समितिका १७ सदस्यलाई विभिन्न जिल्लामा पुगेर जनताको सुझाव संकलन गर्न म्याण्डेड दिएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापति रवि लामिछाने उक्त समितिमा नभएपनि दस्तावेजको सुझाव संकलनका लागि उनी रोल्पा पुगेका थिए । ४ दिन रोल्पामा बिताएका लामिछानेले लिबाङदेखि थबाङका गाँउबस्ती मात्रै डुलेनन्, सशस्त्र द्वन्द्वका शहिद परिवार भेटघाटदेखि घाइेत र लडाकुलाई पनि भेटे । 

Ncell
Extreme Energy

सुझाव संकलनका लागि थवाङ पुगेका सभापति लामिछानेलाई स्थानीयका गुनासै गुनासा सुनाएका थिए । रवि लामिछाने पहिलो पटक रोल्पाका पुगेकोमा खुशी भएका उनीहरु रोल्पाले देशको नेतृत्व गर्न पठाएका नेताहरु नफर्र्कीएकोमा चिन्ता व्यक्त गरेका भिडियोहरु सामाजिक सञ्जालमा नै आएका छन् । 


अझ ६० किलो सुन प्रकरणमा रोल्पाको स्थायी वासिन्दा समेत रहेका माओवादी उपमहासचिव वर्षमान पुनदेखि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको कनेक्सन देखिएकोमा उनीहरु चिन्तित थिए । उनीहरुले लामिछानेलाई थबाङ सुनबाङ भयो गुनासो गरेका थिए ।  

लामिछाने थबाङका घरघरमा पुगेर जनता भेट्दा माओवादी नेताहरुलाई भने असह्य भएको थियो । जनयुद्धको उद्गम थलो मात्रै नभएर, माओवादीको आधार इलाका मानिने थबाङमा रवि लामिछाने जाने खबर पाएका विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रिय सदस्य सन्तोष सुवेदीले त रवि लामिछानेको सिरानीमुनी बम हान भन्दै आफ्ना नेता कार्यकतालाई फेसबुकबाटै निर्देशन समेत दिएका थिए । 


असोज ३ गते उनले फेसबुकमा माओवादीका नेताहरुलाई इङ्कित गर्दै ‘सुन तस्करहरुले पो सुन लुकाएका होलान्, क्रान्तिकारी जनताले त विस्फोटक पदार्थ लुकाएको होलान्’ लेखेका छन् । सोही स्टाटसमा उनले लेखेका छन्, ‘रविको सिरानी मुनी बम हान्नुस्, बम डिस्पोज टोली लिएर म आफैँ आउनेछु ।’ लेखेका थिए ।

उनले असोज २ गते नै रविलाई थबाङ प्रवेशमा रोक्नुपर्ने भन्दै स्टाटस लेखेका थिए । उनले कुनै बेला जनयुद्धका नायक प्रचण्डलाई समेत थबाङमा रोकेको उल्लेख गर्दै ‘रवि लामिछानेलाई माओवादी केन्द्रका कार्यकर्ताले रोक्ने हो कि आफैँ आउनुपर्ने हो’ भन्दै लेखेका थिए । 


तर लामिछाने असोज ३ गते थबाङ पुगे । थबाङमा सहिद स्मृति भवनको समेत अवलोकन गर्दै सहिदको शालिकमा माल्यार्पण समेत गरे । यता केन्द्रिय सदस्य सन्तोषले ‘जीवनमा सबैभन्दा गहिरो चोट परेको दिन’ भन्दै लेखे । 


थबाङमा रास्वपाका सभापति लामिछाने प्रवेशको निरन्तर विरोध गरिरहेका उनले पार्टीका नेता कार्यकर्ताले नै रविलाई रोक्ने आफ्नो निर्देशन पालना नगरेको भन्दै पत्रकार सम्मेलन नै गरे । 

रोल्पाको लिबाङबाट प्रसारण हुने रेडियो जलजलाको फेसबुक पेजमा असोज ४ गते सन्तोष सुवेदीको पत्रकार सम्मेलन लाइव भएको थियो । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । 

उक्त भिडियोमा उनले रवि लामिछानेलाई थबाङ प्रवेशमा रोक लगाउन सबै प्रयास गर्दा पनि असफल भएको भन्दै आक्रोश पोखेको देखिन्छ । 

असोज ३ गते ‘लामिछानेको सिरानी मुनी बम राख’ भन्ने उनले पत्रकार सम्मेलनमा आफू योजनाबद्ध रुपमा लागेको बताएका छन् । उनले रविलाई रोक्नलाई केही योजना दिमागमा आएको बताए । माओवादी केन्द्रबाट विद्रोह गरेर विप्लवको पार्टीमा गएको र वडामा गएर लड्दा पनि आफू हारेको स्वीकार गरेका छन् ।

यता रास्वपा सभापति लामिछानेको स्वकीय सविच प्रकाश सिग्देलका अनुसार थबाङ पुग्दा केही नेताहरुले प्रत्यक्ष अप्रत्यक्ष धम्की दिएपनि स्थानीयले नै सुरक्षित महसुुस गराएको बताए । 

‘रोल्पा जाने सूचना बाहिरिएपछि नै विप्लव नेतृत्वका नेकपा र माओवादीका केही नेताहरुले चासो देखाएका थिए, रोल्पा पुग्दा पनि थबाङमा स्थानीयसँग भेटघाट रोक्नका लागि प्रयास भएका थिए तर हामी रोकिएनाँै’, सिग्देलले भने । 

थबाङबाट सिधाकुरासँग कुरा गर्र्दै लामिछानेले भनेका थिए, ‘थबाङले नेता बनाएर पठाएका नेताहरु भ्रष्टाचार र तस्करीका मुछिएका समाचारले थबाङवासी निरास रहेछन्, थबाङ सुनबाङ भएको गुनासो धेरै आयो ।’ 

जानकारी थियो एक्सन लिएनौँ ः सिडिओ

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेको लामिछानेलाई खुलमखुल्ला ‘सुरक्षा थे्रट’ देखाउँदा पनि जिल्लाका सुरक्षा निकायले भने खास चासो नदेखाएको पाइयो । 

रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, नेकपाका केन्द्रिय सदस्य सन्तोष सुवेदीले आपत्तिजनक र सुरक्षा संवेदनशिलतामा खलल पुर्याउने अभिव्यक्ति दिएको जानकार थिए । सिधाकुरासँग कुरा गर्दै घिमिरेले भने ‘उहाँले लेखेको स्टाटस र पत्रकार सम्मेलनमा बोलेको कुरामा जानकारी छ ।’ तर उनको अभिव्यक्तिका विषयमा भने चासो नराखिएको तर्क गरे । ‘हाम्रो तर्फबाट बुझिरहेका थियौँ तर सुवेदीको अभिव्यक्तिलाई लिएर कुनै एक्सन लिएनौँ ।’ घिमिरेले थपे, ‘त्यो समयमा म विदामा थिएँ’ । 

रास्वपाले थबाङ लगायतका स्थानमा लामिछानेले भेटघाट गर्ने कार्यक्रमका बारेमा  पूर्वजानकारी दिएको थियो । प्रजिअ घिमिरेका अनुसार उनलाई रास्वपा, गृह मन्त्रालयबाट पनि खबर भएको थियो भने प्रहरीलाई प्रधान कार्यालयबाट समेत खबर भएको थियो । 




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।