नेभिगेशन
सबै कुरा

रवि लामिछाने 'थबाङ' छिर्दा आत्तिएका माओवादी नेता, भनेका थिए ‘रविको सिरानीमुनी बम हान्नुस’

११ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको दस्ताबेज निमार्णका क्रममा जनताको भावना समेट्ने भन्दै सभापति रवि लामिछाने असोज ३ गते रोल्पा पुगे । रास्वपाले दस्तावेज तयारका लागि बनाएको समितिका १७ सदस्यलाई विभिन्न जिल्लामा पुगेर जनताको सुझाव संकलन गर्न म्याण्डेड दिएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापति रवि लामिछाने उक्त समितिमा नभएपनि दस्तावेजको सुझाव संकलनका लागि उनी रोल्पा पुगेका थिए । ४ दिन रोल्पामा बिताएका लामिछानेले लिबाङदेखि थबाङका गाँउबस्ती मात्रै डुलेनन्, सशस्त्र द्वन्द्वका शहिद परिवार भेटघाटदेखि घाइेत र लडाकुलाई पनि भेटे । 

Extreme Energy

सुझाव संकलनका लागि थवाङ पुगेका सभापति लामिछानेलाई स्थानीयका गुनासै गुनासा सुनाएका थिए । रवि लामिछाने पहिलो पटक रोल्पाका पुगेकोमा खुशी भएका उनीहरु रोल्पाले देशको नेतृत्व गर्न पठाएका नेताहरु नफर्र्कीएकोमा चिन्ता व्यक्त गरेका भिडियोहरु सामाजिक सञ्जालमा नै आएका छन् । 


अझ ६० किलो सुन प्रकरणमा रोल्पाको स्थायी वासिन्दा समेत रहेका माओवादी उपमहासचिव वर्षमान पुनदेखि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको कनेक्सन देखिएकोमा उनीहरु चिन्तित थिए । उनीहरुले लामिछानेलाई थबाङ सुनबाङ भयो गुनासो गरेका थिए ।  

लामिछाने थबाङका घरघरमा पुगेर जनता भेट्दा माओवादी नेताहरुलाई भने असह्य भएको थियो । जनयुद्धको उद्गम थलो मात्रै नभएर, माओवादीको आधार इलाका मानिने थबाङमा रवि लामिछाने जाने खबर पाएका विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रिय सदस्य सन्तोष सुवेदीले त रवि लामिछानेको सिरानीमुनी बम हान भन्दै आफ्ना नेता कार्यकतालाई फेसबुकबाटै निर्देशन समेत दिएका थिए । 


असोज ३ गते उनले फेसबुकमा माओवादीका नेताहरुलाई इङ्कित गर्दै ‘सुन तस्करहरुले पो सुन लुकाएका होलान्, क्रान्तिकारी जनताले त विस्फोटक पदार्थ लुकाएको होलान्’ लेखेका छन् । सोही स्टाटसमा उनले लेखेका छन्, ‘रविको सिरानी मुनी बम हान्नुस्, बम डिस्पोज टोली लिएर म आफैँ आउनेछु ।’ लेखेका थिए ।

उनले असोज २ गते नै रविलाई थबाङ प्रवेशमा रोक्नुपर्ने भन्दै स्टाटस लेखेका थिए । उनले कुनै बेला जनयुद्धका नायक प्रचण्डलाई समेत थबाङमा रोकेको उल्लेख गर्दै ‘रवि लामिछानेलाई माओवादी केन्द्रका कार्यकर्ताले रोक्ने हो कि आफैँ आउनुपर्ने हो’ भन्दै लेखेका थिए । 


तर लामिछाने असोज ३ गते थबाङ पुगे । थबाङमा सहिद स्मृति भवनको समेत अवलोकन गर्दै सहिदको शालिकमा माल्यार्पण समेत गरे । यता केन्द्रिय सदस्य सन्तोषले ‘जीवनमा सबैभन्दा गहिरो चोट परेको दिन’ भन्दै लेखे । 


थबाङमा रास्वपाका सभापति लामिछाने प्रवेशको निरन्तर विरोध गरिरहेका उनले पार्टीका नेता कार्यकर्ताले नै रविलाई रोक्ने आफ्नो निर्देशन पालना नगरेको भन्दै पत्रकार सम्मेलन नै गरे । 

रोल्पाको लिबाङबाट प्रसारण हुने रेडियो जलजलाको फेसबुक पेजमा असोज ४ गते सन्तोष सुवेदीको पत्रकार सम्मेलन लाइव भएको थियो । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । 

उक्त भिडियोमा उनले रवि लामिछानेलाई थबाङ प्रवेशमा रोक लगाउन सबै प्रयास गर्दा पनि असफल भएको भन्दै आक्रोश पोखेको देखिन्छ । 

असोज ३ गते ‘लामिछानेको सिरानी मुनी बम राख’ भन्ने उनले पत्रकार सम्मेलनमा आफू योजनाबद्ध रुपमा लागेको बताएका छन् । उनले रविलाई रोक्नलाई केही योजना दिमागमा आएको बताए । माओवादी केन्द्रबाट विद्रोह गरेर विप्लवको पार्टीमा गएको र वडामा गएर लड्दा पनि आफू हारेको स्वीकार गरेका छन् ।

यता रास्वपा सभापति लामिछानेको स्वकीय सविच प्रकाश सिग्देलका अनुसार थबाङ पुग्दा केही नेताहरुले प्रत्यक्ष अप्रत्यक्ष धम्की दिएपनि स्थानीयले नै सुरक्षित महसुुस गराएको बताए । 

‘रोल्पा जाने सूचना बाहिरिएपछि नै विप्लव नेतृत्वका नेकपा र माओवादीका केही नेताहरुले चासो देखाएका थिए, रोल्पा पुग्दा पनि थबाङमा स्थानीयसँग भेटघाट रोक्नका लागि प्रयास भएका थिए तर हामी रोकिएनाँै’, सिग्देलले भने । 

थबाङबाट सिधाकुरासँग कुरा गर्र्दै लामिछानेले भनेका थिए, ‘थबाङले नेता बनाएर पठाएका नेताहरु भ्रष्टाचार र तस्करीका मुछिएका समाचारले थबाङवासी निरास रहेछन्, थबाङ सुनबाङ भएको गुनासो धेरै आयो ।’ 

जानकारी थियो एक्सन लिएनौँ ः सिडिओ

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेको लामिछानेलाई खुलमखुल्ला ‘सुरक्षा थे्रट’ देखाउँदा पनि जिल्लाका सुरक्षा निकायले भने खास चासो नदेखाएको पाइयो । 

रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, नेकपाका केन्द्रिय सदस्य सन्तोष सुवेदीले आपत्तिजनक र सुरक्षा संवेदनशिलतामा खलल पुर्याउने अभिव्यक्ति दिएको जानकार थिए । सिधाकुरासँग कुरा गर्दै घिमिरेले भने ‘उहाँले लेखेको स्टाटस र पत्रकार सम्मेलनमा बोलेको कुरामा जानकारी छ ।’ तर उनको अभिव्यक्तिका विषयमा भने चासो नराखिएको तर्क गरे । ‘हाम्रो तर्फबाट बुझिरहेका थियौँ तर सुवेदीको अभिव्यक्तिलाई लिएर कुनै एक्सन लिएनौँ ।’ घिमिरेले थपे, ‘त्यो समयमा म विदामा थिएँ’ । 

रास्वपाले थबाङ लगायतका स्थानमा लामिछानेले भेटघाट गर्ने कार्यक्रमका बारेमा  पूर्वजानकारी दिएको थियो । प्रजिअ घिमिरेका अनुसार उनलाई रास्वपा, गृह मन्त्रालयबाट पनि खबर भएको थियो भने प्रहरीलाई प्रधान कार्यालयबाट समेत खबर भएको थियो । 




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।