नेभिगेशन
सबै कुरा

बागलुङ नगरपालिकाको आलोचना गर्दा मेयरले नै हाले नागरिकलाई साइबर क्राइमको मुद्दा

काठमाडौँ । बागलुङ नगरपालिकाको आलोचना गर्दा बागलुङका एकबहादुर केसीलाई बागलुङ नगरपालिकाका मेयरले नै साइबर क्राइमको कसुरमा प्रहरीमा मुद्दा दर्ता गराएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

केही दिनअघि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले उद्‌घाटन गरेको बागलुङ बसपार्क दोस्रो दिनबाटै चल्न छोडेपछि नगरपालिका र मुख्यमन्त्रीकै आलोचन गर्दै केसीले सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए । 

निर्माण सुरु भएको २३ वर्षमा बसपार्क उद्‌घाटन भएपनि दोस्रो दिनबाटै सञ्चालन हुन नसकेपछि, बागलुङ नगरपालिका र मुख्यमन्त्रीले शिलालेखमा नाम लेखाउनकै लागि उद्‌घाटन गरेको आशय सामाजिक सञ्जालमा व्यक्त गरेका थिए । 

साथै उनले उक्त कार्यक्रम स्थलमा आयोजकले गरेको फोहोर दोस्रो दिनसम्म पनि नउठाएपछि आफैँले फोहोर सङ्कलन गरेर फेसबुकमा भिडियो पोष्ट गरेका थिए । केसीले बागलुङमा भर्खर उद्‌घाटन भएको बसपार्क दोस्रो दिनबाटै सञ्चालनमा नआएपछि निरन्तर सामाजिक सञ्जालमा विरोध जनाइरहेका थिए । 
केसीले यो विषयमा पहिलो पटक सेप्टेम्बर ४ मा मुख्यमन्त्रीले शिलामा नाम लेखेको ठाउँ, बागलुङबासीको थाप्लोमा ऋण भन्दै सुनसान बसपार्कको भिडियोसहित स्टाटस लेखेका थिए । 

त्यसपछि केसीले ‘जागौँ नागरिक, शिला लेख भत्काउन अब ढिला गर्नु हुँदैन’ भन्दै अर्को स्टाटस राखेका छन् ।

केसीले अर्को दिन उद्‌घाटन भएको दोस्रो दिन नै बसपार्क सुनसान भन्ने न्युज लिङ्क शेयर गर्दै ‘राजाका सालिक भत्काए जसरी शिलान्यास गरेको शिलापत्र भत्काउन नागरिक जागौँ उठौँ’ लेखेका छन् ।

फेरि केसीले एक युट्युब च्यानलमा यही बसपार्कमा विषयमा दिएको अन्तर्वार्ताको लिङ्क शेयर गरेका छन्, जहाँ ‘बसपार्क सुनसान हुँदा स्थानीय आक्रोशित’ भनिएको छ । 

सेप्टेम्बर ५ मा केसीले बसपार्क उद्‌घाटन भएको २ दिनसम्म पनि उद्घाटनमा गरिएको फोहोर नउठाइएको भन्दै आफैले फोहोर उठाएको भिडियो पोस्ट गरेका छन् । 

केसीले फोहोर सङ्कलन गरेको भिडियो एक सामाजिक सञ्जाल प्रयोगकर्ताले बागलुङका मेयर बसन्त कुमार श्रेष्ठलाई पठाएका प्रश्न गरेका 
थिए । ति व्यक्तिको प्रश्नमा मेयर श्रेष्ठले ‘नाटकै हो भाइ’ भन्ने जवाफ दिएको स्कृनसट पनि केसीले फेसबुकमा हालिदिएका छन् । 

केसीका यिनै स्टाटस र भिडियोलाई प्रमाण बनाउँदै बागलुङ नगरपालिकाका मेयरले विद्युतीय अपराध सम्बन्धी कसुरमा जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए । केसीलाई पक्राउ गर्न जिल्ला अदालत बागलुङबाट पक्राउ पुर्जी जारी भइसकेको अदालत स्रोतले जनाएको छ । तर प्रहरीले भने यस विषयमा खुलाउन चाहेनन् । 

यता आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि केसी जिल्ला छाडेर हिँडेको बताएका छन् । सिधाकुरासँगको सम्पर्कमा आएका केसीले आफूले स्थानीय भएकाले सरोकारवाला निकायलाई झकझक्याउन सामाजिक सञ्जाल मार्फत ध्यानर्कषण गराउँदा साइबर क्राइमको दण्ड देखाएर दबाउन खोजेको गुनासो गरेका छन् । 

एकबहादुर केसी

जिल्लामा भ्रष्टाचार तथा अनियमितताको विषयमा सामाजिक सञ्जाल तथा सञ्चार माध्यम माफर्त ध्यानकर्षण गराउँदै आएका केसीले बागलुङ नगरपालिका मेयर बसन्त कुमार श्रेष्ठले पदीय हैसियतको दुरुपयोग गर्दै प्रहरीलाई नै दबाबमा राखेर आफूविरुद्ध जाहेरी दर्ता गराएको गुनासो गरे । 

बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठ
बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठले पनि आफूले केसीविरुद्ध जाहेरी दर्ता गराएको बताएका छन् । सामाजिक सञ्जालबाट समाज भड्काउने नियतका साथ गतिविधि गरेपछि आफूले जोहरी दर्ता गराएको श्रेष्ठको दाबी छ । श्रेष्ठले भने, ‘निरन्तर राज्यका निकायविरुद्ध समाज भड्काउने अभिव्यक्ति दिने, शिलालेख भत्काउनुपर्छ भन्दै हिँड्ने व्यक्तिलाई कानुनी दायरमा ल्याउनका लागि मेरै आदेशमा नगरपालिको जाहेरी दर्ता गराएको हो । 

बसपार्क अहिले पूर्ण सञ्चालनमा रहेको दावी गर्दै मेयर श्रेष्ठले उद्‌घाटन भएको भोलिपल्ट कामदार थाकेका कारण बसपार्क सफा गर्न नभ्याइएको अवस्थामा केसीले फोहोरको भिडियो बनाएर पोस्ट गरेको बताए । 

अधिवक्ता राम शर्माले भने बागलुङ नगरपालिकाले बोलेकै भरमा, लेखेकै भरमा विद्युतीय अपराधमा जाहेरी दर्ता गराएर आलोचकको मुख थुन्न खोजेको बताउँछन् । राज्यको लाखौँ लगानी भएका संरचना उद्‌घाटन गरेर पनि चलाउन नसक्दा खेप्नुपर्ने आलोचना ढाकछोप गर्न विरोध गर्नेहरुलाई ठेगान लगाउने रणनिति नगरपालिकाले लिएको उनको बुझाई छ । 

विद्युतीय अपराधको पासो देखाएर नागरिकलाई नगरपालिका र जनप्रतिनिधि विरुद्ध बोल्नै रोक्ने उद्देश्यले नाङ्लो ठटाएर हात्ति तर्साउन खोजेको शर्मा बताउँछन् । उनले भने कानुनको गलत प्रयोग गरेर जाहेरी दर्ता गर्ने, पक्राउ पुर्जी लिने गरिएपनि स्थानीय सरकारले एक जना नागरिकतामाथि गरेको यो हठ विद्युतीय अपराधको कसुर नठहर्ने दाबी गर्छन् । 

मेयर श्रेष्ठ नेपाली कांग्रेस पार्टीबाट निर्वाचित भएका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसद् दशैंसम्म चल्ने, कम्तीमा १५ विधेयक आउने

संसद् दशैंसम्म चल्ने, कम्तीमा १५ विधेयक आउने

संघीय संसदको बजेट अधिवेशन दशैँसम्म चल्ने भएको छ ।
कार्यव्यवस्था परामर्श समितिका सांसदहरुले खोजे बैठक भत्ता

कार्यव्यवस्था परामर्श समितिका सांसदहरुले खोजे बैठक भत्ता

कार्यव्यवस्था परामर्श समितिका सदस्यहरुले भत्ता खोजेका छन् ।
अब संसदमा कालो चश्मा निषेध, बैठकमा पस्नै नदिइने

अब संसदमा कालो चश्मा निषेध, बैठकमा पस्नै नदिइने

संघीय संसदका बैठकहरुमा कालो चश्मा निषेध गरिएको छ । सभामुख डोलप्रसाद अर्यालले सदनलाई गरिमामय र मर्यादित बनाउन कालो चश्मा लगाउन नपाइने नियम ल्याएका हुन् ।
रास्वपा सरकारमाथि आक्षेप लगाउने तीन आईएनजीओलाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

रास्वपा सरकारमाथि आक्षेप लगाउने तीन आईएनजीओलाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायालयको स्वतन्त्रताबारे सार्वजनिक वक्तव्य दिने तीन अन्तरराष्ट्रिय संस्थालाई स्पष्टीकरण सोध्न सरकारलाई निर्देशन दिएको छ ।

भर्खरै