नेभिगेशन
समाज

१५औँ महाधिवेशनलाई ‘नेता चयन’मा सीमित नराखी ‘नीति चयन’ को रूपमा अघि बढाउने प्रयत्न छः कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशन ‘नीति चयन’ को अधिवेशनका रूपमा अघि बढाउने प्रयत्न गरिएको जनाएको छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाधिवशेनको तयारीबारे जानकारी दिन उद्घाटनस्थल खुल्लामञ्चमा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले महाधिवेशनलाई केवल नेता चयनमा मात्र सीमित नराखी ‘नीति चयन’ को अधिवेशनका रूपमा अघि बढाउने प्रयत्न गरिएको बताए । यसले कांग्रेसलाई संस्थागत र सुदृढ बनाउन मद्दत पु¥याउने उनले बताए । 

Ncell
Extreme Energy

प्रवक्ता चालिसेले उम्मेदवारी मनोनयन दर्ता हुनुअघि महाधिवेशनको सर्वोच्च निकायले विधान संशोधन प्रस्तावमा छलफल गरी निर्णय गर्ने र विधान संशोधन समितिले तयार पारेको र केन्द्रीय समितिले छलफल गरी ल्याएको प्रस्तावअनुसार पदहरू थप्ने, घटाउने वा परिमार्जन गर्ने अन्तिम अधिकार महाधिवेशन हलको रहने उल्लेख गरे । 

उनले असोज १९ गते सोमबार अपराह्न २ बजेदेखि ६ बजेसम्म मनोनयन दर्ता हुने जानकारी दिए । उम्मेदवारीको नामाङ्कन गर्ने समयभन्दा अगाडि, दिनभन्दा अगाडि विधानको संशोधन भइसक्ने उनले बताए । नेतृत्व चयनका लागि मतपत्रबाटै निर्वाचन हुने उनकोे भनाइ छ ।

प्रवक्ता चालिसेले  आइतबारको उद्घाटनसत्रपछि सुरु हुने बन्द सत्रमा कांग्रेसको आगामी नीति, कार्यक्रम तथा समसामयिक प्रतिवेदनहरू पेस गरिने र सभापतिले आगामी ५ वर्षको लागि राजनीतिक, आर्थिक, उत्पादन, रोजगार तथा विदेश नीतिसम्बन्धी दृष्टिकोण समेटिएको कार्यपत्र पेस गर्नुहुने जनाए । 

महाधिवेशनका लागि देशभरिबाट प्रतिनिधिहरू काठमाडौँ आउने क्रम जारी रहेको र रु. ३,५०० दर्ता शुल्क तिरेर रजिस्ट्रेसनको व्यवस्था गरिएको उनले बताए । महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको कांग्रेसले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा समस्या देखिए उपचारका लागि काठमाडौँ वा भारतका विभिन्न सहर पुग्नुपर्ने बाध्यता थियो।
करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकका विजेता आज घोषणा गरिँदैछ।
लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्।
अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ।