नेभिगेशन
समाज

१५औँ महाधिवेशनलाई ‘नेता चयन’मा सीमित नराखी ‘नीति चयन’ को रूपमा अघि बढाउने प्रयत्न छः कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशन ‘नीति चयन’ को अधिवेशनका रूपमा अघि बढाउने प्रयत्न गरिएको जनाएको छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाधिवशेनको तयारीबारे जानकारी दिन उद्घाटनस्थल खुल्लामञ्चमा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले महाधिवेशनलाई केवल नेता चयनमा मात्र सीमित नराखी ‘नीति चयन’ को अधिवेशनका रूपमा अघि बढाउने प्रयत्न गरिएको बताए । यसले कांग्रेसलाई संस्थागत र सुदृढ बनाउन मद्दत पु¥याउने उनले बताए । 

Ncell
Extreme Energy

प्रवक्ता चालिसेले उम्मेदवारी मनोनयन दर्ता हुनुअघि महाधिवेशनको सर्वोच्च निकायले विधान संशोधन प्रस्तावमा छलफल गरी निर्णय गर्ने र विधान संशोधन समितिले तयार पारेको र केन्द्रीय समितिले छलफल गरी ल्याएको प्रस्तावअनुसार पदहरू थप्ने, घटाउने वा परिमार्जन गर्ने अन्तिम अधिकार महाधिवेशन हलको रहने उल्लेख गरे । 

उनले असोज १९ गते सोमबार अपराह्न २ बजेदेखि ६ बजेसम्म मनोनयन दर्ता हुने जानकारी दिए । उम्मेदवारीको नामाङ्कन गर्ने समयभन्दा अगाडि, दिनभन्दा अगाडि विधानको संशोधन भइसक्ने उनले बताए । नेतृत्व चयनका लागि मतपत्रबाटै निर्वाचन हुने उनकोे भनाइ छ ।

प्रवक्ता चालिसेले  आइतबारको उद्घाटनसत्रपछि सुरु हुने बन्द सत्रमा कांग्रेसको आगामी नीति, कार्यक्रम तथा समसामयिक प्रतिवेदनहरू पेस गरिने र सभापतिले आगामी ५ वर्षको लागि राजनीतिक, आर्थिक, उत्पादन, रोजगार तथा विदेश नीतिसम्बन्धी दृष्टिकोण समेटिएको कार्यपत्र पेस गर्नुहुने जनाए । 

महाधिवेशनका लागि देशभरिबाट प्रतिनिधिहरू काठमाडौँ आउने क्रम जारी रहेको र रु. ३,५०० दर्ता शुल्क तिरेर रजिस्ट्रेसनको व्यवस्था गरिएको उनले बताए । महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको कांग्रेसले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशनः सभापतिमा गगनको पल्ला भारी हुँदा महामन्त्रीमा महाभिडन्तको संकेत

कांग्रेस महाधिवेशनः सभापतिमा गगनको पल्ला भारी हुँदा महामन्त्रीमा महाभिडन्तको संकेत

गत वर्षको जेनजी आन्दोलनका कारण उलटपुलट भएको पार्टी हो कांग्रेस । जेनजी आन्दोलनले सरकार र संसद ढाल्यो, त्यही आन्दोलनको असरले कांग्रेसको नेतृत्व पनि ढाल्यो । गत पुसमा भृकुटीमण्डपमा...
निर्वासनबाट स्वदेश आगमनपछि बिपीले पहिलो सार्वजनिक सम्बोधन गरेको स्थलमा कांग्रेसको १५औँ महाधिवेशन

निर्वासनबाट स्वदेश आगमनपछि बिपीले पहिलो सार्वजनिक सम्बोधन गरेको स्थलमा कांग्रेसको १५औँ महाधिवेशन

महाविधेशनको तयारीसम्बन्धी जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा देवराज चालिसेले भने, “यो यसकारण पनि ऐतिहासिक महाधिवेशन हो, जुन महाधिवेशनको प्रक्रियाबाट नवपुस्ताका ४४ हजार युवा जिम्मेवारीमा आएका छन्...
कालीगण्डकी बाढीले २६६ मेगावाटका जलविद्युत् आयोजना प्रभावित, २१६ मेगावाट राष्ट्रिय प्रणाली बाहिर

कालीगण्डकी बाढीले २६६ मेगावाटका जलविद्युत् आयोजना प्रभावित, २१६ मेगावाट राष्ट्रिय प्रणाली बाहिर

हाइड्रो सपोर्ट प्रालि प्रवर्द्धक रहेको ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा बाढीले सबैभन्दा बढी क्षति पुर्‍याएको छ । निर्माणाधीन आयोजनाको बाँध, सुरुङ, आवास, मेसिनरी तथा उपकरण,...
भूगर्भविद्को टोलीद्वारा म्याग्दी पहिरोको अध्ययन सुरु

भूगर्भविद्को टोलीद्वारा म्याग्दी पहिरोको अध्ययन सुरु

टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेका खरेनी खोल्सा, खोरिया पाखो र क्याम्पस चोकमाथिको पहिरोग्रस्त क्षेत्रमा पुगेर प्राविधिक अध्ययन गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए ।...

भर्खरै