नेभिगेशन
सबै कुरा

अघिल्लाे वर्षभन्दा यस वर्ष विपदबाट मृत्यु हुनेकाे संख्या करिब ३ गुणा बढी

काठमाडौँ । पछिल्लो मनसुनको ९० दिनमा गत वर्षको भन्दा विपद्बाट हुने मानवीय क्षतिका घटनामा बढोत्तरी भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गतको जेठ २८ गतेदेखि यही भदौ तेस्रो हप्तासम्मको ९० दिनमा मनसुनजन्य घटनाबाट दुई सय २५ जनाको मृत्यु भएको पाइएको हो ।

Ncell
Extreme Energy

प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले सो अवधिमा ४९ जना बेपत्ता र दुई सय ८४ जना घाइते भएको जानकारी दिए । प्रभावित परिवारको सङ्ख्या भने अलि कम रहेको पाइएको छ । प्राधिकरणले ९० दिन (जेठ २८– भदौ २२)सम्मको अवस्था प्रतिवेदन आइतबार सार्वजनिक गर्दै मनसुनजन्य विपद् प्रभावित परिवार सङ्ख्या चार हजार छ सय १५ पुगेको जानकारी गराएको छ ।

गत वर्ष यसै अवधिमा मनसुन सुरु भएको ९० दिनको अवधिमा ८५ जनाको मृत्यु, २९ जना बेपत्ता, एक सय २६ जना घाइते भएका थिए । विपद् प्रभावितको परिवारको सङ्ख्या भने छ हजार ३० रहेको थियो । यो मनसुनमा मनसुनजन्य विपद्ले सबैभन्दा धेरै बागमती प्रदेशमा ५७ जना र सबैभन्दा कम मधेस प्रदेशमा पाँच जनाको मृत्यु भएको छ । 

यस वर्ष मनसुनजन्य विपद्मध्ये सबैभन्दा धेरै पहिरोबाट एक सय ३५ जना र सबैभन्दा कम भारी वर्षाबाट एक जनाको मृत्यु भएको पनि प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । यस्तै बाढीबाट ४९ र चट्याङबाट ४० जनाले ज्यान गुमाएका छन् ।

गत असार २८ गते चितवनको भरतपुर महानगरपालिकाको सिमलतालमा गेग्ग्रान बहाबमा परी दुई बसका ६२ जना यात्रु त्रिशूली नदीमा बेपत्ता भएकामा २४ जनाको शव फेलापरेको जानकारी गराइएको छ । कञ्चनपुरको दोधारा चाँदनीमा ऐतिहासिक वर्षा भएको उल्लेख छ । त्यहाँ जल मापनको ७७ वर्षको इतिहासमा सबैभन्दा धेरै छ सय २४ मिलीमिटर वर्षा भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
लहानमा सार्वजनिक जग्गामा बनेका घर–टहरामा चल्यो डोजर (तस्बिरहरू)

लहानमा सार्वजनिक जग्गामा बनेका घर–टहरामा चल्यो डोजर (तस्बिरहरू)

हानको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर–टहरामा डोजर चलेको छ ।
इन्दिरा रानामगर र रामबहादुर थापाका आपत्तिजनक शब्द संसद् अभिलेखबाट हटाउन सभामुखको निर्देशन

इन्दिरा रानामगर र रामबहादुर थापाका आपत्तिजनक शब्द संसद् अभिलेखबाट हटाउन सभामुखको निर्देशन

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठकमा प्रयोग भएका केही अमर्यादित तथा अनावश्यक शब्द संसदीय अभिलेखबाट हटाउन निर्देशन दिएका छन्।
बडीमालिकामा पुग्यो फोर–जी सेवा

बडीमालिकामा पुग्यो फोर–जी सेवा

धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार भएको छ । नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार गरेसँगै आजदेखि त्यहाँ मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा...
लालपुर्जा वितरणलाई स्थानीय तहले प्राथमिकता दिनुपर्छ : मन्त्री रावल

लालपुर्जा वितरणलाई स्थानीय तहले प्राथमिकता दिनुपर्छ : मन्त्री रावल

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी समस्या समाधानलाई स्थानीय तहले प्राथमिकता दिनुपर्ने बताएकी छन् ।