नेभिगेशन
सबै कुरा

सहकारीमा खाता, धितो, ऋणीदेखि सम्बन्ध बिच्छेद पनि फेक छन्ः संसदीय समिति संयोजक थापा

काठमाडौँ । सहकारीको रकम अपचलन सम्बन्धी संसदीय विशेष समितिले प्रतिनिधिसभामा प्रतिवेदन बुझाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभाको सोमबारको बैठकमा समितिका संयोजक सूर्य थापाले समितिको अन्तिम प्रतिवेदन प्रस्तुत गरेका हुन् । प्रतिवेदन प्रस्तुत गर्दै संयोजक थापाले कार्यादेशमा केन्द्रीत भइ सहकारी छानविनको काम गरेको बताए । 

Ncell
Extreme Energy

उनले सहकारी अपचलनमा संलग्नलाई समेत समितिमा हाजिर गराएर सत्य खोज्ने काममा मेहनत गरेको उल्लेख गरे । ४० वटा सहकारीको बित्तिय विश्लेषण गरेको भन्दै उनले सरकारलाई आवश्यक सुझाव र थप छानविनका साथै कारवाहीको सिफारिस गरिएको जानकारी दिए । 

छानबिनका क्रममा सहकारीमा धेरै कुरा फेक देखिएको बताएका छन् । ‘नक्कली सम्बन्ध बिच्छेद, नक्कली ऋणी, नक्कली धितो, नक्कली खाता, नक्कली परीक्षण देखिएको र कानुनबिपरितको काम गरेर सहकारीको विश्वनियता कमजोर पार्ने काम भएका छन्’, थापाले भने । 

संयोजक थापाले समितिको छानबिनमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । प्रतिवेदन प्राप्त भएपछि सभामुख देवराज घिमिरेले कार्यान्वयनका लागि सरकारसमक्ष पठाउने व्यवस्था गर्न संसद सचिवालयलाई निर्देशन दिए । सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा छानविन गर्न प्रतिनिधिसभाले जेठ १५ गते छानबिन समिति गठन गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
लहानमा सार्वजनिक जग्गामा बनेका घर–टहरामा चल्यो डोजर (तस्बिरहरू)

लहानमा सार्वजनिक जग्गामा बनेका घर–टहरामा चल्यो डोजर (तस्बिरहरू)

हानको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर–टहरामा डोजर चलेको छ ।
इन्दिरा रानामगर र रामबहादुर थापाका आपत्तिजनक शब्द संसद् अभिलेखबाट हटाउन सभामुखको निर्देशन

इन्दिरा रानामगर र रामबहादुर थापाका आपत्तिजनक शब्द संसद् अभिलेखबाट हटाउन सभामुखको निर्देशन

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठकमा प्रयोग भएका केही अमर्यादित तथा अनावश्यक शब्द संसदीय अभिलेखबाट हटाउन निर्देशन दिएका छन्।
बडीमालिकामा पुग्यो फोर–जी सेवा

बडीमालिकामा पुग्यो फोर–जी सेवा

धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार भएको छ । नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार गरेसँगै आजदेखि त्यहाँ मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा...
लालपुर्जा वितरणलाई स्थानीय तहले प्राथमिकता दिनुपर्छ : मन्त्री रावल

लालपुर्जा वितरणलाई स्थानीय तहले प्राथमिकता दिनुपर्छ : मन्त्री रावल

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी समस्या समाधानलाई स्थानीय तहले प्राथमिकता दिनुपर्ने बताएकी छन् ।