नेभिगेशन
सबै कुरा

आन्दोलनरत पीडित परिवार र मणिपाल अस्पतालबीच ६ बुँदे सहमति

१२ असाेज, पाेखरा : उपचारका क्रममा मृत्यु भएकी लमजुङ सुन्दरबजार नगरपालिका–६ की  सुकमाया दुराको परिवार र पोखरास्थित मणिपाल शिक्षण अस्पतालबीच ६ बुँदे सहमति भएको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आन्दोलनरत पीडित परिवार, स्थानीय बुद्धिजीवी, मणिपाल शिक्षण अस्पतालका सञ्चालक, कर्मचारी र चिकित्सकसमेतको सहभागितामा जिल्ला प्रहरी कार्यालय कास्कीमा भएको छलफलमा ६ बुँदे सहमति भएको हो। 

Ncell
Extreme Energy

मृतक सुकमाया दुराको स्मृतिमा मणिपाल शिक्षण अस्पताल प्रशासनले लमजुङ जिल्लाको सुन्दर बजार नगरपालिकाभित्र सकेसम्म मृत्यु भएको मिति पारेर प्रत्येक वर्षको १ पटक १० वर्षसम्म विशिष्टिकृत चिकित्सकबाट निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, अल्पसंख्यक दुरा जातिका लागि दुरा सेवा समाज लमजुङ र दुरा सेवा समाज कास्की तथा स्थानीय निकायको वडा कार्यालयले गरिब तथा विपन्न परिवार भनी सिफारिस गरेको अवस्थामा मणिपाल शिक्षण अस्पताल प्रशासनले त्यस्ता बिरामीको उपचारमा छुट गराउने र निःशुल्क गर्ने २ पक्षबीच सहमति भएको छ । 

त्यस्तै मृतक सुकमाया दुराको मृत्युको सम्बन्धमा हुने अनुसन्धानको सम्पूर्ण प्रक्रिया खुला रहने, दुवै पक्षबाट भएका सम्पूर्ण आन्दोलनको कार्यक्रमहरू आजैको मितिबाट स्थगित गर्ने, विनय गुरुङउपर दर्ता भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन, २०६६ अन्तर्गत कसुर मुद्दामा कानुनी रीत पुर्याई यथाशिघ्र सहजीकरण गर्ने र दिवंगत आत्माको चीर शान्तिको कामनासहित शोक समस्त परिवारजनहरूमा समवेदना व्यक्त गर्ने सहमति भएको हो । 

गत असोज ७ गते श्वासप्रश्वास र ढाड दुख्नेसम्बन्धी बिरामी भएपछि उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल लगिएकी ५७ वर्षीया सुकमाया दुराको उपचारका क्रममा असोज ८ गते दिउँसो मृत्यु भएको थियो। दुराको मृत्यु भएपछि चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तहरु आन्दोलरत थिए । उनीहरुले अस्पतालका चिकित्सकमाथि हातपात नै गरेका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बिपी कोइराला क्यान्सर अस्पतालमा औषधि अभाव,  केमोथेरापी नै प्रभावित

बिपी कोइराला क्यान्सर अस्पतालमा औषधि अभाव, केमोथेरापी नै प्रभावित

अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालले कार्बोप्लाटिन र सिसप्लाटिन आफूहरुकहाँ नरहेको बताए । उनले यसबारेमा स्वास्थ्य मन्त्रालय जानकारी गराएको बताउँदै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) लाई पनि पठाई...
आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा...

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा...

हिमालय आँखा अस्पतालका बाह्य कार्यक्रम प्रमुख सुवाश नेपालका अनुसार तीन दिनसम्म सञ्चालन गरिएको शिविरमा कुल ५८४ जना बिरामीको आँखा परीक्षण गरिएको थियो भने १७३ जनाको निःशुल्क शल्यक्रिया गरिएको...
अस्पतालमा विपन्नका लागि १० प्रतिशत निशुल्क शय्या सुनिश्चित गर्ने पोर्टल सार्वजनिक, यसरी हेर्नुहोस् विवरण

अस्पतालमा विपन्नका लागि १० प्रतिशत निशुल्क शय्या सुनिश्चित गर्ने पोर्टल सार्वजनिक, यसरी हेर्नुहोस् विवरण

नेपाल सरकारको स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ को दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय र बेवारिसे बिरामीका लागि कूल शय्याको १० प्रतिशत छुट्टाई अनिवार्य...
पूर्वप्रधानमन्त्री केपी ओलीको आज शल्यक्रिया हुँदै

पूर्वप्रधानमन्त्री केपी ओलीको आज शल्यक्रिया हुँदै

ओलीको पित्तथैलीमा रहेको २२ एमएमको पत्थरी   डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले शल्याक्रिया निकाल्दै छन् ।