नेभिगेशन
सबै कुरा

आन्दोलनरत पीडित परिवार र मणिपाल अस्पतालबीच ६ बुँदे सहमति

१२ असाेज, पाेखरा : उपचारका क्रममा मृत्यु भएकी लमजुङ सुन्दरबजार नगरपालिका–६ की  सुकमाया दुराको परिवार र पोखरास्थित मणिपाल शिक्षण अस्पतालबीच ६ बुँदे सहमति भएको छ। 

आन्दोलनरत पीडित परिवार, स्थानीय बुद्धिजीवी, मणिपाल शिक्षण अस्पतालका सञ्चालक, कर्मचारी र चिकित्सकसमेतको सहभागितामा जिल्ला प्रहरी कार्यालय कास्कीमा भएको छलफलमा ६ बुँदे सहमति भएको हो। 

City Express

मृतक सुकमाया दुराको स्मृतिमा मणिपाल शिक्षण अस्पताल प्रशासनले लमजुङ जिल्लाको सुन्दर बजार नगरपालिकाभित्र सकेसम्म मृत्यु भएको मिति पारेर प्रत्येक वर्षको १ पटक १० वर्षसम्म विशिष्टिकृत चिकित्सकबाट निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, अल्पसंख्यक दुरा जातिका लागि दुरा सेवा समाज लमजुङ र दुरा सेवा समाज कास्की तथा स्थानीय निकायको वडा कार्यालयले गरिब तथा विपन्न परिवार भनी सिफारिस गरेको अवस्थामा मणिपाल शिक्षण अस्पताल प्रशासनले त्यस्ता बिरामीको उपचारमा छुट गराउने र निःशुल्क गर्ने २ पक्षबीच सहमति भएको छ । 

त्यस्तै मृतक सुकमाया दुराको मृत्युको सम्बन्धमा हुने अनुसन्धानको सम्पूर्ण प्रक्रिया खुला रहने, दुवै पक्षबाट भएका सम्पूर्ण आन्दोलनको कार्यक्रमहरू आजैको मितिबाट स्थगित गर्ने, विनय गुरुङउपर दर्ता भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन, २०६६ अन्तर्गत कसुर मुद्दामा कानुनी रीत पुर्याई यथाशिघ्र सहजीकरण गर्ने र दिवंगत आत्माको चीर शान्तिको कामनासहित शोक समस्त परिवारजनहरूमा समवेदना व्यक्त गर्ने सहमति भएको हो । 

गत असोज ७ गते श्वासप्रश्वास र ढाड दुख्नेसम्बन्धी बिरामी भएपछि उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल लगिएकी ५७ वर्षीया सुकमाया दुराको उपचारका क्रममा असोज ८ गते दिउँसो मृत्यु भएको थियो। दुराको मृत्यु भएपछि चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तहरु आन्दोलरत थिए । उनीहरुले अस्पतालका चिकित्सकमाथि हातपात नै गरेका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

यही भदौ ९ गते सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तथा माननीय लक्ष्मणकिशोर चौधरीको तेस्रोपटक मिर्गौला प्रत्यारोपण सम्पन्न गरी उनलाई आज ‘डिस्चार्ज’ गरिएको डा श्रेष्ठले जानकारी दिए ।
हैजा नियन्त्रणका लागि तीनै तहका सुरक्षाकर्मी र स्वास्थ्यकर्मी परिचालनः प्रधानमन्त्री

हैजा नियन्त्रणका लागि तीनै तहका सुरक्षाकर्मी र स्वास्थ्यकर्मी परिचालनः प्रधानमन्त्री

वीरगञ्जमा फैलिएको हैजाको स्रोत पत्ता लगाउन सरकारले प्रयास गरिरहेको भन्दै उनले हैजा नियन्त्रणमा लिन ध्यान केन्द्रीत गरेको बताए । उनले नारायणी अस्पतालमा विरामीको निशुल्क उपचार भइरहेको र निशुल्क...
तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि

तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि

तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको छ । भिमाद नगरपालिका–२ का ८० वर्षीय पुरुषमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको हो ।
वीरगञ्जमा ९३ जनामा देखियो हैजा

वीरगञ्जमा ९३ जनामा देखियो हैजा

नारायणी अस्पतालमा  आरडिटी जाँचमा  ३२ जना बिरामीमा कलेरा सङ्क्रण भेटिएको छ । साथै तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पतालमा, वीरगञ्ज हेल्थ केयर, मङ्गलम...