नेभिगेशन
सबै कुरा

मृतक दुई बालबालिकाका परिवारलाई पाँचरपाँच लाख दिइने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरमा दुई बालबालिकाको निधन भएकोप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई पाँच÷पाँच लाख क्षतिपूर्ति दिइने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले मृतकका परिवारजनलाई सरकारले उक्त रकम बराबरको क्षतिपूर्ति दिन लागेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले घाइतेको उपचारको जिम्मा सरकारले लिने पनि सदनलाई जानकारी गराए । 

Ncell
Extreme Energy

“पाँचथरमा दुई बालबालिकाको दुःखद् मृत्यु भयो । अहिले त्यत्ति भनौँ, कसरी निधन भयो भन्ने विषय पछि कुरा गरौँला”, उनले भने, “बिस्फोटबाट भन्न मिल्ने हो कि नमिल्ने हो, यहाँ अन्यौल भइरहेको छ तर पनि विस्फोटबाट दुई बालबालिकाको दुःखद मृत्यु भयो, मृतकका परिवारलाई सरकारले  पाँच–पाँच लाख क्षतिपूर्ति दिने र घाइतेको उपचार सरकारले गर्ने सभामुखमार्फत सदनलाई जानकारी गराउन चाहन्छु ।”

यही भदौ १३ गते पाँचथरको फलेलुङ गाउँपालिका–५ प्रङबुङस्थित एउटा घरको आँगनमा विस्फोटक पदार्थ पड्किँदा दुईजना बालबालिकाको मृत्यु भएको थियो । ज्ञानबहादुर राईको परिवार बस्दै आएको घरको आँगनमा भएको विस्फोटमा ज्ञानबहादुरका छिमेकी दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन साँवा र दुई वर्षीया छोरी प्रिन्सा साँवाको मृत्यु भएको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
लहानमा सार्वजनिक जग्गामा बनेका घर–टहरामा चल्यो डोजर (तस्बिरहरू)

लहानमा सार्वजनिक जग्गामा बनेका घर–टहरामा चल्यो डोजर (तस्बिरहरू)

हानको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर–टहरामा डोजर चलेको छ ।
इन्दिरा रानामगर र रामबहादुर थापाका आपत्तिजनक शब्द संसद् अभिलेखबाट हटाउन सभामुखको निर्देशन

इन्दिरा रानामगर र रामबहादुर थापाका आपत्तिजनक शब्द संसद् अभिलेखबाट हटाउन सभामुखको निर्देशन

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठकमा प्रयोग भएका केही अमर्यादित तथा अनावश्यक शब्द संसदीय अभिलेखबाट हटाउन निर्देशन दिएका छन्।
बडीमालिकामा पुग्यो फोर–जी सेवा

बडीमालिकामा पुग्यो फोर–जी सेवा

धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार भएको छ । नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार गरेसँगै आजदेखि त्यहाँ मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा...
लालपुर्जा वितरणलाई स्थानीय तहले प्राथमिकता दिनुपर्छ : मन्त्री रावल

लालपुर्जा वितरणलाई स्थानीय तहले प्राथमिकता दिनुपर्छ : मन्त्री रावल

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी समस्या समाधानलाई स्थानीय तहले प्राथमिकता दिनुपर्ने बताएकी छन् ।