नेभिगेशन
सबै कुरा

कांग्रेस सभापति रिसाएको दिन वर्तमान सरकार ढल्छः रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई तिहाईको सरकार सबैभन्दा अस्थिर रहेको दावी गरेका छन् । संविधान दिवसको अवसरमा रास्वपा संसदीय दलले संसद भवनको लोहोत्से हलमा आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा उनले कांग्रेस सभापति रिसाएको दिन सरकार ढल्ने दावी गरे । ‘कांग्रेस सभापति रिसाएको दिन सरकार ढल्छ। अनि भन्न चाहिँ राजनीतिक स्थायित्वका लागि दुई दल मिलेको भन्ने ?

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले दुई तिहाईको सरकारको प्राथमिकता के हो, अझै थाहा नभएको बताए । विगतमा पनि जनताका प्राथमिकता र सरकारका प्राथमिकता नमिल्दा जनता निराश हुनुपरेको र अहिले पनि सोही सिलसिला रहेकोमा चिन्ता व्यक्त गरे । ‘राजनीतिक दलहरु ठीक नभएसम्म मुलुकको रुपान्तरण ठीक दिशामा अगाडि बढ्दैन। त्यसैले सुधार राजनीतिक दलहरुबाटै सुरु गर्नुपर्छ’, उनले भने, ‘दलहरुले स्वार्थ नराखी संसदमा योग्य प्रतिनिधि पठाउन सके भने धेरै सुधार गर्न सकिन्छ। रास्वपाले संसदमा योग्य व्यक्ति पठाउँदाको परिणाम देखिएकै छ।’

Ncell
Extreme Energy

उनले संविधान संशोधन समेतको एजेण्डामा दुई ठूला दलको सरकार बनेको भनिएको प्रशंग केलाउँदै भने,  ‘संशोधन नै गर्ने भए, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसदबाहेकलाई मन्त्रिपरिषद् सदस्य बनाउने व्यवस्था, संसदलाई विधायकी कामको मात्र जिम्मेवारी, पूर्णसमानुपातिक निर्वाचन प्रणाली, गैरदलीय समावेशी ‘विद्वत सभा’लगायत व्यवस्थामा जाऊँ, रास्वपा तयार छ।’

उनले संविधानको संशोधनको दुहाई दिएर सत्ताको आयु लम्ब्याउन खोजिएको हो कि भन्ने आशंका लागेको पनि बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपालको ऐतिहासिक चन्द्र नहर पुगे ऊर्जामन्त्री श्रेष्ठ, विश्व सम्पदा सूचीमा समेट्न सिफारिस गर्ने

नेपालको ऐतिहासिक चन्द्र नहर पुगे ऊर्जामन्त्री श्रेष्ठ, विश्व सम्पदा सूचीमा समेट्न सिफारिस गर्ने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले सप्तरीको फत्तेपुरस्थित चन्द्र नहरलाई कृषि उत्पादन बढाउने सिँचाइ पूर्वाधारसँगै नेपालको जलसिँचाइ इतिहासको महत्वपूर्ण सम्पदाका रूपमा संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताएका...
कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै

कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै

प्रतिनिधि सभा कार्यव्यवस्था तथा परामर्श समितिको बैठक आज बस्दैछ ।
रास्वपा संसदीय दल विधान संशोधन कार्यदलको दोस्रो बैठक बस्दै

रास्वपा संसदीय दल विधान संशोधन कार्यदलको दोस्रो बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदलको बैठक बसिरहेको छ ।
काभ्रेमा १० हजारले खाए हाई ब्लडप्रेसरको औषधि

काभ्रेमा १० हजारले खाए हाई ब्लडप्रेसरको औषधि

काभ्रेलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ । यसका लागि प्राथमिक स्वास्थ्य सेवा सुदृढ गर्दै जिल्लालाई राष्ट्रिय नमूना तथा सिकाइ केन्द्रका रुपमा विकास गर्ने विषयमा यहाँ प्रतिबद्धता...