नेभिगेशन
सबै कुरा

कांग्रेस सभापति रिसाएको दिन वर्तमान सरकार ढल्छः रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई तिहाईको सरकार सबैभन्दा अस्थिर रहेको दावी गरेका छन् । संविधान दिवसको अवसरमा रास्वपा संसदीय दलले संसद भवनको लोहोत्से हलमा आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा उनले कांग्रेस सभापति रिसाएको दिन सरकार ढल्ने दावी गरे । ‘कांग्रेस सभापति रिसाएको दिन सरकार ढल्छ। अनि भन्न चाहिँ राजनीतिक स्थायित्वका लागि दुई दल मिलेको भन्ने ?

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले दुई तिहाईको सरकारको प्राथमिकता के हो, अझै थाहा नभएको बताए । विगतमा पनि जनताका प्राथमिकता र सरकारका प्राथमिकता नमिल्दा जनता निराश हुनुपरेको र अहिले पनि सोही सिलसिला रहेकोमा चिन्ता व्यक्त गरे । ‘राजनीतिक दलहरु ठीक नभएसम्म मुलुकको रुपान्तरण ठीक दिशामा अगाडि बढ्दैन। त्यसैले सुधार राजनीतिक दलहरुबाटै सुरु गर्नुपर्छ’, उनले भने, ‘दलहरुले स्वार्थ नराखी संसदमा योग्य प्रतिनिधि पठाउन सके भने धेरै सुधार गर्न सकिन्छ। रास्वपाले संसदमा योग्य व्यक्ति पठाउँदाको परिणाम देखिएकै छ।’

Marvel
Extreme Energy

उनले संविधान संशोधन समेतको एजेण्डामा दुई ठूला दलको सरकार बनेको भनिएको प्रशंग केलाउँदै भने,  ‘संशोधन नै गर्ने भए, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसदबाहेकलाई मन्त्रिपरिषद् सदस्य बनाउने व्यवस्था, संसदलाई विधायकी कामको मात्र जिम्मेवारी, पूर्णसमानुपातिक निर्वाचन प्रणाली, गैरदलीय समावेशी ‘विद्वत सभा’लगायत व्यवस्थामा जाऊँ, रास्वपा तयार छ।’

उनले संविधानको संशोधनको दुहाई दिएर सत्ताको आयु लम्ब्याउन खोजिएको हो कि भन्ने आशंका लागेको पनि बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७ देशका प्रभावशाली कन्टेन्ट क्रियटर नेपालमा, पोखरा, चितवन र बर्दियाको पर्यटन प्रबर्द्धन गरिने

७ देशका प्रभावशाली कन्टेन्ट क्रियटर नेपालमा, पोखरा, चितवन र बर्दियाको पर्यटन प्रबर्द्धन गरिने

पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेल गनेसले नेपालको पर्यटन प्रबर्द्धनलाई डिजिटल माध्यमबाट प्रचार-प्रसार गर्ने विषयलाई प्राथमिकतामा राख्दै आएका छन् ।
एनपिएलमा आज जनकपुर र पोखरा भिड्दै

एनपिएलमा आज जनकपुर र पोखरा भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणअन्तर्गत आज जनकपुर बोल्टस् र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ ।
कांग्रेस सभापति गगन थापाले आज सम्बोधन गर्दै

कांग्रेस सभापति गगन थापाले आज सम्बोधन गर्दै

सम्बोधनमा उठाइने विषयबारे भने कांग्रेसले खुलाएको छैन।
रास्वपा सचिवालयका यी हुन् चार निर्णय

रास्वपा सचिवालयका यी हुन् चार निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चार क्षेत्रमा प्रहरी प्रशासनमार्फत भएका गतिविधिको छानबिन गरी गैरजिम्मेवार आदेश दिने व्यक्तिलाई कारबाही गर्न सरकारसँग माग गरेको छ।