नेभिगेशन
सबै कुरा

चट्याङ लागेर एकको मृत्यु

बागलुङ । निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको गत राति चट्याङ लागेर मृत्यु भएको छ । आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा गएराति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार स्थानीयले इलाका प्रहरी कार्यालय झिवाखोलामा राति १ बजे खबर गरेका थिए । चट्याङ परेको खबर पाएलगत्तै प्रहरी वरिष्ठ हवल्दार केशव बुढाथोकीको कमाण्डमा दुई जना प्रहरी टोली घटनास्थलमा गएर उद्धार गरेको उनको भनाइ छ ।

Marvel
Extreme Energy

थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक आनन्द बस्नेतको कमाण्डमा सात जनाको प्रहरी टोली खटिएको उनले जानकारी दिए । बुढाको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउने तयारी भइरहेको छ । 

चट्याङका कारण बुढाको घर र विद्युतीय सामग्रीमा क्षति पुगेको छ । बुढाकी सासू र दुई वर्षीया छोरी भने सकुशल रहेको जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
वर्षा र पहिरोले तीन जिल्लाका यी सडक छन् अवरुद्ध

वर्षा र पहिरोले तीन जिल्लाका यी सडक छन् अवरुद्ध

लगातारको वर्षाका कारण खहरेखोलामा आएको बाढी र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् ।
भारतमा निर्वाचन आयुक्तविरुद्ध विपक्षीको ‘प्रतीकात्मक महाभियोग’

भारतमा निर्वाचन आयुक्तविरुद्ध विपक्षीको ‘प्रतीकात्मक महाभियोग’

भारतका विपक्षी राजनीतिक दलहरूले मतदाता नामावली संशोधनमा अनियमितता भएको आरोप लगाउँदै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध शनिबार ‘प्रतीकात्मक महाभियोग’को अभ्यास गरेका छन् ।
छठ अवधिभर सिर्सिया नदीमा औद्योगिक फोहर विसर्जन गर्न प्रतिबन्ध

छठ अवधिभर सिर्सिया नदीमा औद्योगिक फोहर विसर्जन गर्न प्रतिबन्ध

छठपर्वका अवसरमा बर्तालुको सुविधालाई ध्यानमा राख्दै सिर्सिया नदीमा औद्योगिक फोहर तथा रसायनयुक्त पानी विसर्जन गर्न प्रतिबन्ध लगाइने भएको छ ।
मुस्ताङ भन्सारबाट साढे तीन महिनामै ११ अर्ब ४५ करोड राजस्व सङ्कलन

मुस्ताङ भन्सारबाट साढे तीन महिनामै ११ अर्ब ४५ करोड राजस्व सङ्कलन

नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामै रु ११ अर्ब ४५ करोड ४७ लाख राजस्व सङ्कलन गरेको छ ।