नेभिगेशन
सबै कुरा

चट्याङ लागेर एकको मृत्यु

बागलुङ । निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको गत राति चट्याङ लागेर मृत्यु भएको छ । आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा गएराति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार स्थानीयले इलाका प्रहरी कार्यालय झिवाखोलामा राति १ बजे खबर गरेका थिए । चट्याङ परेको खबर पाएलगत्तै प्रहरी वरिष्ठ हवल्दार केशव बुढाथोकीको कमाण्डमा दुई जना प्रहरी टोली घटनास्थलमा गएर उद्धार गरेको उनको भनाइ छ ।

Ncell
Extreme Energy

थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक आनन्द बस्नेतको कमाण्डमा सात जनाको प्रहरी टोली खटिएको उनले जानकारी दिए । बुढाको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउने तयारी भइरहेको छ । 

चट्याङका कारण बुढाको घर र विद्युतीय सामग्रीमा क्षति पुगेको छ । बुढाकी सासू र दुई वर्षीया छोरी भने सकुशल रहेको जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काभ्रेमा १० हजारले खाए हाई ब्लडप्रेसरको औषधि

काभ्रेमा १० हजारले खाए हाई ब्लडप्रेसरको औषधि

काभ्रेलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ । यसका लागि प्राथमिक स्वास्थ्य सेवा सुदृढ गर्दै जिल्लालाई राष्ट्रिय नमूना तथा सिकाइ केन्द्रका रुपमा विकास गर्ने विषयमा यहाँ प्रतिबद्धता...
१५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ

१५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तुको कृष्णनगरबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले चरेस र अफिमसहित पाँच महिलालाई पक्राउ गरेको छ ।
आज यी प्रदेशमा भारी वर्षा हुने

आज यी प्रदेशमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
आरक्षपीडितको समस्या समाधान गर्न आयोग गठन हुन्छ : मन्त्री रावल

आरक्षपीडितको समस्या समाधान गर्न आयोग गठन हुन्छ : मन्त्री रावल

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले शुक्लाफाँटा आरक्षबाट विस्थापितको समस्या समाधानका लागि छिट्टै आयोग गठन हुने बताएका छन् ।