नेभिगेशन
समाज

मुस्ताङ भन्सारबाट साढे तीन महिनामै ११ अर्ब ४५ करोड राजस्व सङ्कलन

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामै रु ११ अर्ब ४५ करोड ४७ लाख राजस्व सङ्कलन गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चालु आर्थिक वर्ष २०८३/८४ मा रु नौ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको कार्यालयले कात्तिक १३ गतेसम्ममै लक्ष्यभन्दा रु दुई अर्ब ४५ करोड ४७ लाख बढी राजस्व उठाएको हो ।

Marvel
Extreme Energy

भन्सार अधिकृत अमिन्द्र सिंहका अनुसार साउनदेखि कात्तिक १३ गतेसम्म कोरलानाकाबाट रु २६ अर्ब एक करोड २३ लाख मूल्यबराबरका मालवस्तु आयात भएका छन् । यस अवधिमा नेपालबाट रु २८ करोड ६३ लाख मूल्यबराबरका वस्तु चीनतर्फ निकासी भएका छन् ।

यस अवधिमा चीनबाट आयात गरिएका विभिन्न कम्पनीका छ हजार ५०१ विद्युतीय सवारीसाधन (ईभी) को भन्सार जाँचपास भएको सिंहले जानकारी दिए ।

गत आर्थिक वर्ष मुस्ताङ भन्सार कार्यालयले रु छ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको थियो । यस वर्ष दसैँअघि असोज २७ गतेसम्म रु आठ अर्ब ३२ करोड ८३ लाख राजस्व सङ्कलन भएकामा त्यसपछि थप रु तीन अर्ब १२ करोड ६४ लाख उठेको सिंहले बताए ।

दसैँअघि कोरलानाकाबाट रु १० अर्ब ४० करोड ६९ लाख मूल्यबराबरका चिनियाँ मालवस्तु आयात भएकामा दसैँपछि थप रु छ अर्ब ७० करोड ५४ लाख मूल्यबराबरका सामान भित्रिएका छन् ।

त्यसैगरी, साउनदेखि असोज २७ गतेसम्म कोरलानाकाबाट तीन हजार ९२६ विद्युतीय सवारीसाधन नेपाल भित्रिएका थिए । दसैँपछिको १५ दिनमा थप दुई हजार ५७५ विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भएको सिंहले जानकारी दिए ।

उनका अनुसार रसुवागढी र तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि कोरलानाकाबाट आयात–निर्यात कारोबार बढेको हो । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि व्यापारिक मार्ग परिवर्तन हुँदा सयौँ कन्टेनरका सामान कोरलानाकाबाट आयात भएका छन् ।

चीनसँगको एकमात्र वैकल्पिक नाकाका रूपमा स्थापित हुँदै गएको कोरलानाकाबाट तयारी पोसाक, कस्मेटिक सामग्री, विद्युतीय उपकरण, औद्योगिक कच्चा पदार्थ, खाद्यान्न, फलफूल, चाडपर्व लक्षित सामग्री तथा विद्युतीय सवारीसाधन आयात भइरहेका छन् ।

नेपाल–चीन उत्तरी कोरलानाका सरकारले गत वर्ष भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपा सचिवालयका यी हुन् चार निर्णय

रास्वपा सचिवालयका यी हुन् चार निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चार क्षेत्रमा प्रहरी प्रशासनमार्फत भएका गतिविधिको छानबिन गरी गैरजिम्मेवार आदेश दिने व्यक्तिलाई कारबाही गर्न सरकारसँग माग गरेको छ।
‘अब विश्वविद्यालय नवउद्यमी उत्पादनका केन्द्र बन्नुपर्छ’

‘अब विश्वविद्यालय नवउद्यमी उत्पादनका केन्द्र बन्नुपर्छ’

विश्वविद्यालय शैक्षिक प्रमाणपत्र प्रदान गर्ने संस्थामा मात्र सीमित नभई नवप्रवर्तन, अनुसन्धान र उद्यमशीलता प्रवर्द्धनका केन्द्र बन्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।
वर्षा र पहिरोले तीन जिल्लाका यी सडक छन् अवरुद्ध

वर्षा र पहिरोले तीन जिल्लाका यी सडक छन् अवरुद्ध

लगातारको वर्षाका कारण खहरेखोलामा आएको बाढी र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् ।
भारतमा निर्वाचन आयुक्तविरुद्ध विपक्षीको ‘प्रतीकात्मक महाभियोग’

भारतमा निर्वाचन आयुक्तविरुद्ध विपक्षीको ‘प्रतीकात्मक महाभियोग’

भारतका विपक्षी राजनीतिक दलहरूले मतदाता नामावली संशोधनमा अनियमितता भएको आरोप लगाउँदै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध शनिबार ‘प्रतीकात्मक महाभियोग’को अभ्यास गरेका छन् ।