नेभिगेशन
समाज

छठ अवधिभर सिर्सिया नदीमा औद्योगिक फोहर विसर्जन गर्न प्रतिबन्ध

वीरगन्ज (पर्सा) । छठपर्वका अवसरमा बर्तालुको सुविधालाई ध्यानमा राख्दै सिर्सिया नदीमा औद्योगिक फोहर तथा रसायनयुक्त पानी विसर्जन गर्न प्रतिबन्ध लगाइने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा शनिबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले छठपूजाको अवधिभर उद्योगबाट निस्कने फोहर तथा विभिन्न पदार्थ नदीमा विसर्जन गर्न रोक लगाउने निर्णय गरेको हो ।

Marvel
Extreme Energy

बारा र पर्साको औद्योगिक करिडोर हुँदै बग्ने सिर्सिया नदीलाई स्वच्छ बनाउन सबै उद्योगले आफ्ना प्रशोधन केन्द्र (ट्रिटमेन्ट प्लान्ट) २४ सै घण्टा सञ्चालन गर्नुपर्ने निर्णय पनि बैठकले गरेको छ । उद्योगबाट निस्कने रसायनयुक्त पानी प्रशोधन नगरी नदीमा मिसाउन पूर्ण प्रतिबन्ध लगाइएको छ ।

वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको विशेष उपस्थितिमा बसेको बैठकले व्यक्तिगत रूपमा प्रशोधन केन्द्र स्थापना गर्न नसक्ने साना तथा मझौला उद्योगका लागि साझा प्रशोधन केन्द्र निर्माण गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । त्यसका लागि उद्योग वाणिज्य सङ्घको अगुवाइ र सरकारी अनुदानमा जग्गा पहिचान तथा सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरिनेछ ।

बैठकले सिर्सिया नदी संरक्षणका लागि विगतमा भएका निर्णय र कामकारबाहीको समीक्षासमेत गरेको थियो । नदीको दीर्घकालीन पुनरुत्थानका लागि सङ्घीय र प्रदेश सरकारसँग प्राविधिक सहयोग लिने निर्णय पनि गरिएको छ ।

त्यसैगरी वीरगन्ज महानगरपालिका र आसपासका पालिकाले सहरको मुख्य ढल नदीमा मिसिन नदिन तत्काल वैकल्पिक नाला निर्माण गरी ढलको बहाव अन्यत्र मोड्ने भएका छन् ।

नदी संरक्षणका लागि तीनै तहका सरकारको बजेट साझेदारीमा ‘सिर्सिया नदी संरक्षण संयुक्त कोष’ स्थापना गर्ने प्रक्रिया अघि बढाउने निर्णयसमेत बैठकले गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपा सचिवालयका यी हुन् चार निर्णय

रास्वपा सचिवालयका यी हुन् चार निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चार क्षेत्रमा प्रहरी प्रशासनमार्फत भएका गतिविधिको छानबिन गरी गैरजिम्मेवार आदेश दिने व्यक्तिलाई कारबाही गर्न सरकारसँग माग गरेको छ।
‘अब विश्वविद्यालय नवउद्यमी उत्पादनका केन्द्र बन्नुपर्छ’

‘अब विश्वविद्यालय नवउद्यमी उत्पादनका केन्द्र बन्नुपर्छ’

विश्वविद्यालय शैक्षिक प्रमाणपत्र प्रदान गर्ने संस्थामा मात्र सीमित नभई नवप्रवर्तन, अनुसन्धान र उद्यमशीलता प्रवर्द्धनका केन्द्र बन्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।
वर्षा र पहिरोले तीन जिल्लाका यी सडक छन् अवरुद्ध

वर्षा र पहिरोले तीन जिल्लाका यी सडक छन् अवरुद्ध

लगातारको वर्षाका कारण खहरेखोलामा आएको बाढी र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् ।
भारतमा निर्वाचन आयुक्तविरुद्ध विपक्षीको ‘प्रतीकात्मक महाभियोग’

भारतमा निर्वाचन आयुक्तविरुद्ध विपक्षीको ‘प्रतीकात्मक महाभियोग’

भारतका विपक्षी राजनीतिक दलहरूले मतदाता नामावली संशोधनमा अनियमितता भएको आरोप लगाउँदै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध शनिबार ‘प्रतीकात्मक महाभियोग’को अभ्यास गरेका छन् ।