नेभिगेशन
सबै कुरा

दिगो विकास हासिल गर्न औद्योगिकीकरण र सहरीकरणलाई तिव्रता दिनुपर्नेमा अर्थमन्त्रीको जोड

काठमाडौँ । उपप्रधान एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास हासिल गर्न पूर्वाधार विकास, औद्योगिकीकरण र सहरीकरणलाई तीव्रता दिनुपर्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन उद्घाटन गर्दै पौडेलले सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गर्नुका साथै न्यून–मध्यम आय भएको मुलुकमा पुग्नुपर्ने र सन् २०४३ सम्ममा मध्यम आय भएको मुलुक बन्ने राष्ट्रिय आकाङ्क्षा रहेको भन्दै यसका लागि पूर्वाधार विकास, औद्योगिकीकरण र सहरीकरणलाई तीव्रता  दिनुपर्ने बताएका छन् । 

Marvel
Extreme Energy

विगतमा भएका त्रुटीहरुलाई सच्चाउदै आर्थिक प्रगति र पर्यावरण संरक्षणलाई सन्तुलित रूपमा अगाडि बढाउनुपर्ने उनले बताए । त्यस्तै उनले मुलुकको विकास मोडलले वातावरणीय अनुकुलनता, दिगोपना र समानतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

उपप्रधानमन्त्री पौडेलले नेपालले विभिन्न नीति, कार्यक्रम, र पहलहरू मार्फत वातावरणीय र जलवायु चुनौतीहरूको सामना गर्न महत्वपूर्ण कदमहरु उठाएको र तिनलाई अरू प्रभावकारी बनाउन जरुरी रहेको धारणा राखे ।

वित्तीय संस्थाहरूलाई नवीकरणीय ऊर्जा, वातावरण मैत्री पूर्वाधार, र जलवायु अनुकूल कृषि क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नुपर्ने उनको भनाइ छ । त्यस्तै उनले इको–पर्यटन, पदयात्रा, र संरक्षण क्षेत्रले रोजगार सिर्जना गर्न, राजस्वमा योगदान पु¥याउन, र भविष्यका पुस्ताहरूको लागि वातावरणलाई संरक्षण गर्न सक्ने उल्लेख गरे । 

जैविक खेती, कृषिवन, र दिगो भूमिको प्रयोग जस्ता अभ्यासहरूले जैविक विविधतालाई सुरक्षित गर्दै कृषि उत्पादनशीलता बढाउन मद्दत पु¥याउने उनको विश्वास छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
वर्षा र पहिरोले तीन जिल्लाका यी सडक छन् अवरुद्ध

वर्षा र पहिरोले तीन जिल्लाका यी सडक छन् अवरुद्ध

लगातारको वर्षाका कारण खहरेखोलामा आएको बाढी र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् ।
भारतमा निर्वाचन आयुक्तविरुद्ध विपक्षीको ‘प्रतीकात्मक महाभियोग’

भारतमा निर्वाचन आयुक्तविरुद्ध विपक्षीको ‘प्रतीकात्मक महाभियोग’

भारतका विपक्षी राजनीतिक दलहरूले मतदाता नामावली संशोधनमा अनियमितता भएको आरोप लगाउँदै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध शनिबार ‘प्रतीकात्मक महाभियोग’को अभ्यास गरेका छन् ।
छठ अवधिभर सिर्सिया नदीमा औद्योगिक फोहर विसर्जन गर्न प्रतिबन्ध

छठ अवधिभर सिर्सिया नदीमा औद्योगिक फोहर विसर्जन गर्न प्रतिबन्ध

छठपर्वका अवसरमा बर्तालुको सुविधालाई ध्यानमा राख्दै सिर्सिया नदीमा औद्योगिक फोहर तथा रसायनयुक्त पानी विसर्जन गर्न प्रतिबन्ध लगाइने भएको छ ।
मुस्ताङ भन्सारबाट साढे तीन महिनामै ११ अर्ब ४५ करोड राजस्व सङ्कलन

मुस्ताङ भन्सारबाट साढे तीन महिनामै ११ अर्ब ४५ करोड राजस्व सङ्कलन

नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामै रु ११ अर्ब ४५ करोड ४७ लाख राजस्व सङ्कलन गरेको छ ।