नेभिगेशन
सबै कुरा

उदयपुरमा मलामी बोकेको बस दुर्घटना, २७ जना घाइते

उदयपुर । उदयपुरमा मलामी बोकेको बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन्।  उदयपुरको वेलका नगरपालिका ८ सेती खोला स्थित मदन भण्डारी लोकमार्गको सडक खण्डमा मंगलबार दिउँसो मलामी बोकेको बस दुर्घटना हुँदा २७ जना घाइते भएका हुन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सप्तकोशी नदीमा मृतकको शव जलाएर फर्किदै गरेका मलामी बोकेको प्रदेश १–०२–००१ ख ८२५३ नम्बरको न्यू कृष्ण ट्राभल्स नामको यात्रु वाहक बस दिउसो करिव १२ बजेर ४० मिनेट जाँदा अनियन्त्रित भई सेती खोला नजिकै पल्टिएको प्रहरीले जनाएको छ। 

Ncell
Extreme Energy

दुर्घटनामा  घाइते  भएका २७ जना मध्ये २१ जनाको बेलका नगर अस्पताल रामपुर र ६ जनाको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्स्पेक्टर सन्तोष कार्कीका अनुसार बस सडकदेखि २० मिटर तल खसेको थियो। बेलका नगरपालिका –५, घुम्नेबाट सप्तकोशी नदी पुगेको वस पुन सोही ठाउँमा फर्कने क्रममा दुर्घटनामा परेको जनाईएको छ। बस चालक शम्भु शाहलाई  नियन्त्रण लिई ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ।
आगामी २४ घण्टामा यी स्थानमा भारी वर्षाको सम्भावना

आगामी २४ घण्टामा यी स्थानमा भारी वर्षाको सम्भावना

आगामी २४ घण्टामा देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावितलाई अस्थायी आवास व्यवस्थापनबारे यस्तो छलफल

रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावितलाई अस्थायी आवास व्यवस्थापनबारे यस्तो छलफल

केन्द्रीय मनसुन प्रतिकार्य कमाण्ड पोष्ट र रसुवा, नुवाकोट तथा धादिङका जिल्ला कमाण्ड पोष्टबीच बाढी प्रभावित परिवारका लागि अस्थायी आवास व्यवस्थापन तथा प्रारम्भिक पुनर्स्थापनाका विषयमा छलफल भएको छ।
नयाँ दिल्लीमा अर्थमन्त्री वाग्लेको कूटनीतिक संवाद, नेपाल–भारत आर्थिक साझेदारी नयाँ उचाइमा पुर्‍याउन दिए जोड

नयाँ दिल्लीमा अर्थमन्त्री वाग्लेको कूटनीतिक संवाद, नेपाल–भारत आर्थिक साझेदारी नयाँ उचाइमा पुर्‍याउन दिए जोड

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल र भारतबीचको आर्थिक तथा रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन्।