नेभिगेशन
सबै कुरा

काभ्रेपलाञ्चोकले पर्यटकहरुलाई वितरण गर्याे हेरिटेज पासपोर्ट

काभ्रे । काभ्रेपलाञ्चोकमा रहेको पनौती पर्यटन विकास केन्द्रले पर्यटकहरुलाई सहयोग प्रदान गर्ने उद्देश्यले हेरिटेज पासपोर्ट वितरण कार्य सुरु गरेको छ । विश्व पर्यटन दिवसको अवसरमा केन्द्रले पर्यटकहरुलाई निःशुल्क हेरिटेज पासपोर्ट प्रदान गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ऐतिहासिक संम्पदा क्षेत्रको बारेमा पर्यटकहरुलाई विस्तृत रुपमा जानकारी दिने उद्देश्यले पनौती पर्यटन विकास केन्द्रले पर्यटकलाई हेरिटेज पासपोर्ट वितरण गरेको पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले बताए । उनका अनुसार, पर्यटकलाई हेरिटेज पासपोर्ट नेपालमै पहिलो पटक प्रदान गरिएको हो । ऐतिहासिक धरोहरको रुपमा परिचित पनौतीमा रहेका विभिन्न धार्मिक स्थल, सांस्कृतिक एवं पर्यटकीय क्षेत्रहरुको जानकारी गराउन हेरिटेज पासपोर्टको अवधारणा ल्याएको उनले बताए ।

Marvel

पर्यटन प्रर्बद्धनका लागि पनौती पर्यटन विकास केन्द्रले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । विश्व सम्पदा सूचिमा सुचिकृत हुने अवस्थामा रहेको पनौतीलाई विश्वभर चिनाउन यस कदमले पनि टेवा पुर्याउने केन्द्रका अध्यक्ष कर्मचार्यले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पार्टी कार्यालय बनस्थलीमा शनिबार बसेको रास्वपा सचिवालय बैठकले पत्रकारहरुमाथि भएको धरपकड गलत भएको निष्कर्ष निकाल्दै कुनै ढिलासुस्ती नगरि धरपकडको घटनाको छानबिन गर्दै दोषिलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको...
विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

‘यो क्षेत्र (न्यायालय) को पनि पुनर्संरचना हुनुपर्छ भन्ने महसुस पार्टीले गरेको छ,’ खरेलले भने । औपचारिकरुपमा प्रवक्ता खरेलले न्याय क्षेत्रमाथि उठेका विषहरूको निरुपण गर्ने प्रक्रिया अघि बढाउनका लागि...
संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

‘यसमा कहिले पनि दुविधा कसैले गर्नुपर्दैन । संविधान र लोकतन्त्र भन्दा माथि कोही पनि छैन । यसमा आँच आउने कुनै पनि क्रियाकलाप जो कोहीले पनि गरेको छ भने...
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।