नेभिगेशन
सबै कुरा

बाढीले पर्साका सडक अवरुद्ध

वीरगंज, पर्सा । अविरल वर्षाका कारण पर्साका विभिन्न सडकहरु अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । बाढीले पर्सा सदरमुकाम जोड्ने विभिन्न ५ वटा सडकहरु बन्द भएको जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सडक अवरुद्ध हुनेमा पर्सागढी नगरपालिका वडा नं. ९ स्थित तिलावे खोलाले एकटाङ्गाबाट मनवातर्फ आउने बाटो बन्द भएको छ । त्यसैगरी जिराभवानी गाउँपालिका वडा नं. १ को ओरिया खोलामा पानीको सतह बढ्दा महादेवपट्टीबाट सेढवा जाने बाटो अवरुद्ध भएको छ  । 

Ncell
Extreme Energy

त्यसैगरी पटेर्वा सुगौली ४ मा रहेको भलुही खोलामा पानीको बहाव बढेकाले पटेर्वा सुगौलीबाट शंकरसरैयातर्फ जाने बाटो अवरुद्ध भएको हो । त्यसैगरी पटेर्वासुगौली वडा नम्बर २ को भलुही खोलामा पानीको सतह बढ्न गई रंगपुरबाट मनवातर्फ आउने बाटो बन्द भएको हो । 

त्यसैगरी वीरगंज महानगरपालिका वडा नम्बर ३० स्थित लालपर्सा जाने भित्री बाटोमा समेत पानी जमेर सडक अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ  ।पर्सामा विभिन्न बाटोहरु अवरुद्धसंगै पकहामैनपुर गाउँपालिका वडा नम्बर ४ खेस्राहा बस्ने बिहारी राउतको घर पानीले गर्दा भत्किएको छ उनी सहित आश्रीत पाँचजनालाई उद्दार गरी व्यवस्थापन गरिने कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नाडा अटो शोको तयारी अन्तिम चरणमा

नाडा अटो शोको तयारी अन्तिम चरणमा

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा...
‘ओलीलाई अध्यक्षबाट हटाउने हल्ला निराधार, अब बालेन सरकारविरुद्ध आन्दोलन’

‘ओलीलाई अध्यक्षबाट हटाउने हल्ला निराधार, अब बालेन सरकारविरुद्ध आन्दोलन’

नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने चर्चा निराधार भएको बताएका छन् ।
चुनदेवीबाटै सक्रिय हुँदैछन् शेरबहादुर देउवा

चुनदेवीबाटै सक्रिय हुँदैछन् शेरबहादुर देउवा

झण्डै एक वर्षपछि देउवा पार्टीको राजनीतिमा पुनः सक्रिय भएका छन् । पूर्वसभापतिका रुपमा नभई ‘सभापति’का रुपमा ।
'मुलुक सुगौली सन्धियताकै भयानक संकटमा छ'

'मुलुक सुगौली सन्धियताकै भयानक संकटमा छ'

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक सुगौली सन्धीयताकै भयानक संकटमा रहेको बताएका छन् ।