नेभिगेशन
सबै कुरा

बाढीले पर्साका सडक अवरुद्ध

वीरगंज, पर्सा । अविरल वर्षाका कारण पर्साका विभिन्न सडकहरु अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । बाढीले पर्सा सदरमुकाम जोड्ने विभिन्न ५ वटा सडकहरु बन्द भएको जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सडक अवरुद्ध हुनेमा पर्सागढी नगरपालिका वडा नं. ९ स्थित तिलावे खोलाले एकटाङ्गाबाट मनवातर्फ आउने बाटो बन्द भएको छ । त्यसैगरी जिराभवानी गाउँपालिका वडा नं. १ को ओरिया खोलामा पानीको सतह बढ्दा महादेवपट्टीबाट सेढवा जाने बाटो अवरुद्ध भएको छ  । 

Marvel

त्यसैगरी पटेर्वा सुगौली ४ मा रहेको भलुही खोलामा पानीको बहाव बढेकाले पटेर्वा सुगौलीबाट शंकरसरैयातर्फ जाने बाटो अवरुद्ध भएको हो । त्यसैगरी पटेर्वासुगौली वडा नम्बर २ को भलुही खोलामा पानीको सतह बढ्न गई रंगपुरबाट मनवातर्फ आउने बाटो बन्द भएको हो । 

त्यसैगरी वीरगंज महानगरपालिका वडा नम्बर ३० स्थित लालपर्सा जाने भित्री बाटोमा समेत पानी जमेर सडक अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ  ।पर्सामा विभिन्न बाटोहरु अवरुद्धसंगै पकहामैनपुर गाउँपालिका वडा नम्बर ४ खेस्राहा बस्ने बिहारी राउतको घर पानीले गर्दा भत्किएको छ उनी सहित आश्रीत पाँचजनालाई उद्दार गरी व्यवस्थापन गरिने कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पार्टी कार्यालय बनस्थलीमा शनिबार बसेको रास्वपा सचिवालय बैठकले पत्रकारहरुमाथि भएको धरपकड गलत भएको निष्कर्ष निकाल्दै कुनै ढिलासुस्ती नगरि धरपकडको घटनाको छानबिन गर्दै दोषिलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको...
विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

‘यो क्षेत्र (न्यायालय) को पनि पुनर्संरचना हुनुपर्छ भन्ने महसुस पार्टीले गरेको छ,’ खरेलले भने । औपचारिकरुपमा प्रवक्ता खरेलले न्याय क्षेत्रमाथि उठेका विषहरूको निरुपण गर्ने प्रक्रिया अघि बढाउनका लागि...
संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

‘यसमा कहिले पनि दुविधा कसैले गर्नुपर्दैन । संविधान र लोकतन्त्र भन्दा माथि कोही पनि छैन । यसमा आँच आउने कुनै पनि क्रियाकलाप जो कोहीले पनि गरेको छ भने...
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।