नेभिगेशन
सबै कुरा

नख्खु खोलाको बाढीले बगाएका ३ जनाको उद्धार, स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । नख्खुमा टहरासहित बगेका तीनै जनाको उद्दार भएको छ । आज बिहान नख्खु खोलामा आएको बाढीले टहरोसहित राज शाह, राजु शाह र मेघ्ना शाह, सेतु शाह र देवराज कार्कीलाई बगाएको थियो । बाढीले घेरिएपछि उनीहरु टहरको छानामा बसेर गुहार मागेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जस्ताकाे टहराे माथिबाट रबिनको परिवारले ६ घण्टादेखि उद्धार माग्यो तर केन्द्र सरकारले समन्वय नै गरेन

Marvel

तर लामो समयसम्म पनि उद्धार हुन नसकेपछि ५ जनालाई बाढीले बगाएको थियो । जस मध्ये ६ वर्षीया मेघ्ना शाह, राज शाह र राजु शाहको उद्धार भएको छ ।

बाढीले बगाइरहेको उनीहरुलाई तिमाल गाउँपालिका ९ काभ्रेका  चनिकलाल तामाङले पौडिएर उद्धार गरेको प्रत्यक्षदर्शी पुर्ण केसीले जानकारी दिए । बाढीले बगाउँदै गरेका उनीहरुलाई चनिकलालले बाढीमै पसेर छोपेका थिए । त्यसलगत्तै केसी सहित अन्य स्थानीयले पाटन अस्पताल पुर्याएका थिए ।


बाढीमा बगेकाहरुलाई उद्धार गर्ने चनिकलाल तामाङ 

अस्पतालमा उपचारत उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सक समेत रहेकी सांसद डाक्टर तोषिमा कार्कीले जनाएकी छिन् ।सांसद केसी उनीहरुलाई भेट्न अस्पताल पुगेकी छिन् । डाक्टर कार्कीका अनुसार अस्पताल पुर्याउँदा मेघ्नाको शरिरको तापक्रम निकै कम भएपनि अहिले पनि सामान्य भैसकेको छ । यस्तै राजु र राजको शरिरमा केहि चोट देखिएपनि अवस्था समान्य रहेको छ । 

गुहार माग्दा-माग्दै नख्खु खोलाले परिवारनै बगायो (भिडियो)

 बाढीले बगाएको अन्य २ जना भने वेपत्ता छन् । 

तस्विरः पूर्ण केसी र डा.तोसिमा कार्कीको फेसबुकबाट 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पार्टी कार्यालय बनस्थलीमा शनिबार बसेको रास्वपा सचिवालय बैठकले पत्रकारहरुमाथि भएको धरपकड गलत भएको निष्कर्ष निकाल्दै कुनै ढिलासुस्ती नगरि धरपकडको घटनाको छानबिन गर्दै दोषिलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको...
विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

‘यो क्षेत्र (न्यायालय) को पनि पुनर्संरचना हुनुपर्छ भन्ने महसुस पार्टीले गरेको छ,’ खरेलले भने । औपचारिकरुपमा प्रवक्ता खरेलले न्याय क्षेत्रमाथि उठेका विषहरूको निरुपण गर्ने प्रक्रिया अघि बढाउनका लागि...
संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

‘यसमा कहिले पनि दुविधा कसैले गर्नुपर्दैन । संविधान र लोकतन्त्र भन्दा माथि कोही पनि छैन । यसमा आँच आउने कुनै पनि क्रियाकलाप जो कोहीले पनि गरेको छ भने...
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।