नेभिगेशन
सबै कुरा

नख्खु खोलाको बाढीले बगाएका ३ जनाको उद्धार, स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । नख्खुमा टहरासहित बगेका तीनै जनाको उद्दार भएको छ । आज बिहान नख्खु खोलामा आएको बाढीले टहरोसहित राज शाह, राजु शाह र मेघ्ना शाह, सेतु शाह र देवराज कार्कीलाई बगाएको थियो । बाढीले घेरिएपछि उनीहरु टहरको छानामा बसेर गुहार मागेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जस्ताकाे टहराे माथिबाट रबिनको परिवारले ६ घण्टादेखि उद्धार माग्यो तर केन्द्र सरकारले समन्वय नै गरेन

Ncell
Extreme Energy

तर लामो समयसम्म पनि उद्धार हुन नसकेपछि ५ जनालाई बाढीले बगाएको थियो । जस मध्ये ६ वर्षीया मेघ्ना शाह, राज शाह र राजु शाहको उद्धार भएको छ ।

बाढीले बगाइरहेको उनीहरुलाई तिमाल गाउँपालिका ९ काभ्रेका  चनिकलाल तामाङले पौडिएर उद्धार गरेको प्रत्यक्षदर्शी पुर्ण केसीले जानकारी दिए । बाढीले बगाउँदै गरेका उनीहरुलाई चनिकलालले बाढीमै पसेर छोपेका थिए । त्यसलगत्तै केसी सहित अन्य स्थानीयले पाटन अस्पताल पुर्याएका थिए ।


बाढीमा बगेकाहरुलाई उद्धार गर्ने चनिकलाल तामाङ 

अस्पतालमा उपचारत उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सक समेत रहेकी सांसद डाक्टर तोषिमा कार्कीले जनाएकी छिन् ।सांसद केसी उनीहरुलाई भेट्न अस्पताल पुगेकी छिन् । डाक्टर कार्कीका अनुसार अस्पताल पुर्याउँदा मेघ्नाको शरिरको तापक्रम निकै कम भएपनि अहिले पनि सामान्य भैसकेको छ । यस्तै राजु र राजको शरिरमा केहि चोट देखिएपनि अवस्था समान्य रहेको छ । 

गुहार माग्दा-माग्दै नख्खु खोलाले परिवारनै बगायो (भिडियो)

 बाढीले बगाएको अन्य २ जना भने वेपत्ता छन् । 

तस्विरः पूर्ण केसी र डा.तोसिमा कार्कीको फेसबुकबाट 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नाडा अटो शोको तयारी अन्तिम चरणमा

नाडा अटो शोको तयारी अन्तिम चरणमा

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा...
‘ओलीलाई अध्यक्षबाट हटाउने हल्ला निराधार, अब बालेन सरकारविरुद्ध आन्दोलन’

‘ओलीलाई अध्यक्षबाट हटाउने हल्ला निराधार, अब बालेन सरकारविरुद्ध आन्दोलन’

नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने चर्चा निराधार भएको बताएका छन् ।
चुनदेवीबाटै सक्रिय हुँदैछन् शेरबहादुर देउवा

चुनदेवीबाटै सक्रिय हुँदैछन् शेरबहादुर देउवा

झण्डै एक वर्षपछि देउवा पार्टीको राजनीतिमा पुनः सक्रिय भएका छन् । पूर्वसभापतिका रुपमा नभई ‘सभापति’का रुपमा ।
'मुलुक सुगौली सन्धियताकै भयानक संकटमा छ'

'मुलुक सुगौली सन्धियताकै भयानक संकटमा छ'

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक सुगौली सन्धीयताकै भयानक संकटमा रहेको बताएका छन् ।