नेभिगेशन
सबै कुरा

काभ्रेपलाञ्चोकको खानीखोलाका आठ घर बगे

धुलिखेल । अविरल वर्षाका कारण बागमती खोलामा आएको बाढीले जिल्लाको डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ मा आठ घर बगाएको छ । वडा नं ६ स्थित बागमती खोला किनार नजिक रहेका घर बाढीले बगाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्थानीय धनबहादुर लामाले बाढीले नयाँ बस्तीका फुलबहादुर रुम्बा, हस्तबहादुर सिङ्तान, बुद्धि सिङ्तान, प्रकाश सिङ्तान, साजन सिङ्तान, देवराज सिङ्तान, विक्रम सिङ्तान र उत्तरमान गोलेको घर बगाएको जानकारी दिए। उक्त बाढीमा एकजना महिला बेपत्ता भएकी छिन् । 

Marvel

डाँडापारिका दुई पालिका सञ्चार सम्पर्कविहीन

डाँडापारी क्षेत्रमा रहेको खानीखोला गाउँपालिका र महाभारत गाउँपालिकाका अधिकांश स्थानमा सञ्चार सम्पर्कविहीन भएका छन् । अविरल वर्षाले विद्युत् सेवा बन्द भएपछि सम्पर्कविहीन बनेका हुन् ।

खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले वर्षाका कारण पालिकाका अधिकांश ठाउँ सञ्चार सम्पर्कविहीन भएका बताउँदै कहाँ, कति क्षति भएको यकिन गर्न नसकेको उल्लेख गरे । नेपाल टेलिकमलाई बारम्बार खानीखोलामा सञ्चार सम्पर्कमा जोड्न पटकपटक आग्रह गरिएको भन्दै जीर्ण टावरमा सेवा जडान नहुँदा दुई वर्षदेखि समस्या व्यहोर्दै आएको बताए । 

त्यस्तै महाभारत गाउँपालिकाका अधिकांश स्थान पनि सञ्चार सम्पर्कविहीन भएका गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए । वर्षाका कारण विद्युत् प्रसारण लाइनमा क्षति हुँदा सञ्चार सम्पर्क विच्छेद भएको उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पार्टी कार्यालय बनस्थलीमा शनिबार बसेको रास्वपा सचिवालय बैठकले पत्रकारहरुमाथि भएको धरपकड गलत भएको निष्कर्ष निकाल्दै कुनै ढिलासुस्ती नगरि धरपकडको घटनाको छानबिन गर्दै दोषिलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको...
विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

‘यो क्षेत्र (न्यायालय) को पनि पुनर्संरचना हुनुपर्छ भन्ने महसुस पार्टीले गरेको छ,’ खरेलले भने । औपचारिकरुपमा प्रवक्ता खरेलले न्याय क्षेत्रमाथि उठेका विषहरूको निरुपण गर्ने प्रक्रिया अघि बढाउनका लागि...
संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

‘यसमा कहिले पनि दुविधा कसैले गर्नुपर्दैन । संविधान र लोकतन्त्र भन्दा माथि कोही पनि छैन । यसमा आँच आउने कुनै पनि क्रियाकलाप जो कोहीले पनि गरेको छ भने...
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।