नेभिगेशन
सबै कुरा

धादिङको झ्याप्ले खोला पहिरो अपडेटः ७ जनाको शव निकालियो


काठमाडौँ । धादिङको झ्याप्ले खोलामा पहिरोले यात्रुवाहक गाडीहरू परेको छ। केहीबेर अघि गएको भीषण पहिरोमा परी कति गाडी पुरिए भन्ने यकिन भएको छैन् तर एउटा वीङ्गर भ्यानमा रहेका ७ वटा शव निकालिएको घटनास्थलमा रहेका थानकोट प्रहरी वृत्तका प्रहरी निरीक्षक हेम थपलियाले जानकारी दिए। 

दुर्घटनास्थलमा थपलियाको कमान्डमा प्रहरी परिचालन गरिएको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको तत्काल खोज तथा उद्धार समिति ( र्याट) पनि झ्याप्ले खोलामा उद्धारमा जुटेको छ । उक्त समितिका एक जना सदस्य आशिष थापाले पनि घटनास्थलबाट ७ वटा मृतकको शव निकालिएको पुष्टि गरे । 

‘भीषण पहिरो झरेको छ  । कति गाडी पुरिए भन्ने नै यकिन छैन् । ठूलो मात्रामा मानवीय क्षति भएको अनुमान छ,’ थापाले भने,‘ यतिबेलासम्म ७ वटा शव निकालिएको छ । अरु ४÷ ५ वटा शवहरू देखिएको छ निकाल्न सकिएको छैन् । ’

थापाकाअनुसार घटनास्थलमा अन्य आधा दर्जन गाडीहरू पुरिएको अनुमानमा खोजी जारी राखिएको छ । 
पुरीको वीङ्गर भ्यान र मृतकबारे अहिलेसम्म केही खुलेको छैन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पार्टी कार्यालय बनस्थलीमा शनिबार बसेको रास्वपा सचिवालय बैठकले पत्रकारहरुमाथि भएको धरपकड गलत भएको निष्कर्ष निकाल्दै कुनै ढिलासुस्ती नगरि धरपकडको घटनाको छानबिन गर्दै दोषिलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको...
विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

‘यो क्षेत्र (न्यायालय) को पनि पुनर्संरचना हुनुपर्छ भन्ने महसुस पार्टीले गरेको छ,’ खरेलले भने । औपचारिकरुपमा प्रवक्ता खरेलले न्याय क्षेत्रमाथि उठेका विषहरूको निरुपण गर्ने प्रक्रिया अघि बढाउनका लागि...
संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

‘यसमा कहिले पनि दुविधा कसैले गर्नुपर्दैन । संविधान र लोकतन्त्र भन्दा माथि कोही पनि छैन । यसमा आँच आउने कुनै पनि क्रियाकलाप जो कोहीले पनि गरेको छ भने...
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।