नेभिगेशन
सबै कुरा

धादिङको झ्याप्ले खोला पहिरो अपडेटः ७ जनाको शव निकालियो


काठमाडौँ । धादिङको झ्याप्ले खोलामा पहिरोले यात्रुवाहक गाडीहरू परेको छ। केहीबेर अघि गएको भीषण पहिरोमा परी कति गाडी पुरिए भन्ने यकिन भएको छैन् तर एउटा वीङ्गर भ्यानमा रहेका ७ वटा शव निकालिएको घटनास्थलमा रहेका थानकोट प्रहरी वृत्तका प्रहरी निरीक्षक हेम थपलियाले जानकारी दिए। 

दुर्घटनास्थलमा थपलियाको कमान्डमा प्रहरी परिचालन गरिएको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको तत्काल खोज तथा उद्धार समिति ( र्याट) पनि झ्याप्ले खोलामा उद्धारमा जुटेको छ । उक्त समितिका एक जना सदस्य आशिष थापाले पनि घटनास्थलबाट ७ वटा मृतकको शव निकालिएको पुष्टि गरे । 

‘भीषण पहिरो झरेको छ  । कति गाडी पुरिए भन्ने नै यकिन छैन् । ठूलो मात्रामा मानवीय क्षति भएको अनुमान छ,’ थापाले भने,‘ यतिबेलासम्म ७ वटा शव निकालिएको छ । अरु ४÷ ५ वटा शवहरू देखिएको छ निकाल्न सकिएको छैन् । ’

थापाकाअनुसार घटनास्थलमा अन्य आधा दर्जन गाडीहरू पुरिएको अनुमानमा खोजी जारी राखिएको छ । 
पुरीको वीङ्गर भ्यान र मृतकबारे अहिलेसम्म केही खुलेको छैन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नाडा अटो शोको तयारी अन्तिम चरणमा

नाडा अटो शोको तयारी अन्तिम चरणमा

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा...
‘ओलीलाई अध्यक्षबाट हटाउने हल्ला निराधार, अब बालेन सरकारविरुद्ध आन्दोलन’

‘ओलीलाई अध्यक्षबाट हटाउने हल्ला निराधार, अब बालेन सरकारविरुद्ध आन्दोलन’

नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने चर्चा निराधार भएको बताएका छन् ।
चुनदेवीबाटै सक्रिय हुँदैछन् शेरबहादुर देउवा

चुनदेवीबाटै सक्रिय हुँदैछन् शेरबहादुर देउवा

झण्डै एक वर्षपछि देउवा पार्टीको राजनीतिमा पुनः सक्रिय भएका छन् । पूर्वसभापतिका रुपमा नभई ‘सभापति’का रुपमा ।
'मुलुक सुगौली सन्धियताकै भयानक संकटमा छ'

'मुलुक सुगौली सन्धियताकै भयानक संकटमा छ'

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक सुगौली सन्धीयताकै भयानक संकटमा रहेको बताएका छन् ।