नेभिगेशन
सबै कुरा

श्रीलङ्का टापुमा ३४ जना थुनिए

धरान । बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडास्थित श्रीलङ्का टापुमा ३४ जना थुनिएका छन् । बराहक्षेत्र–६ ठाकुरीवारीस्थित कोशीको बीच टापुमा भैंसीपालन गरी बस्दै आएका उनीहरु शुक्रबारदेखि सप्तकोशीको बाढीका कारण अलपत्र परेका थिए । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता नविनकृष्ण भण्डारीका अनुसार बाढीका कारण बराहक्षेत्र–६ मा २२ जना तथा बराहक्षेत्र–९ मा १२ जना अलपत्र परेका छन् । आज बिहानैदेखि उनीहरुको उद्धारका लागि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिए पनि उद्धार सम्भव नभएको बताए ।

Global Ime Bank

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले निरन्तर वर्षा भइरहेका कारण उनीहरुको उद्धार तत्काल सम्भव नभएको बताए  । उनले भने,  “सप्तकोशीमा पानीको बहाव बढ्दै गएको छ, हेलिकप्टरबाट उद्धार गर्नका लागि सङ्घीय सरकारसँग समन्वय भइरहेको छ ।” 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
२ हजार १ सय किलो गाँजासहित ३ पक्राउ

२ हजार १ सय किलो गाँजासहित ३ पक्राउ

आज बिहान धरानबाट इटहरी जाँदै गरेको ना‍ ५ ख ६११६ नम्बरको ट्रक रोकेर जाँच गर्ने क्रममा ४८ बोरा बन्दाकोभी र १२ आलुको बोरा बीचमा लुकाइएको अवस्थामा ७० बोरा...
‘मानव तस्करी विरुद्ध’ घाँटीमा निलो रिबन लगाएर संसद पस्यो रास्वपा

‘मानव तस्करी विरुद्ध’ घाँटीमा निलो रिबन लगाएर संसद पस्यो रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणलाई मानव तस्करीको संज्ञा दिदै आएको छ । उनीहरुले राज्यले नै मानव तस्करी गरेको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका छन्...
अब विराटनगरमा पनि ‘बिरयानी अड्डा’,  उद्घाटन् अफरमा ४६० रुपैयाँको बिरयानी १०० रुपैयाँ मै !

अब विराटनगरमा पनि ‘बिरयानी अड्डा’, उद्घाटन् अफरमा ४६० रुपैयाँको बिरयानी १०० रुपैयाँ मै !

असार ५ गते देखि सेवा सुरु हुने विराटनगर शाखामा काठमाडौँमै जस्तै स्वाद र मूल्यमा बिरयानी र अन्य परिकार पाइने कम्पनीले जनाएकाे छ।
त्रिकोणात्मक ट्वान्टी–२०ः आज नेपाल र स्कटल्यान्ड आज भिड्दै

त्रिकोणात्मक ट्वान्टी–२०ः आज नेपाल र स्कटल्यान्ड आज भिड्दै

स्कटल्यान्डको टिटउट रङ्गशालामा हुने नेपाल र स्कटल्यान्डबीचको खेल नेपाली समय अनुसार राति ७ः४५ मा सुरु हुनेछ । नेपाल आज पहिलो जितको खोजीमा छ । हिजोको पहिलो खेलमा नेपाल...