नेभिगेशन
सबै कुरा

विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा उल्लेख्य काम गरेको छ : प्रधानमन्त्री ओली

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विपद व्यवस्थापनमा उल्लेख्य भुमिका निभाएको बताएका छन् । अमेरिकी भ्रमण सकेर नेपाल फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सरकारले विपद्को समयमा केही गरेन भन्नु विरोधका लागि विरोध भएको बताएका हुन् । 

पत्रकारसँग कुराकानी गर्ने क्रममा एक पत्रकारले ‘विपद्को समयमा सरकारले काम गरेन भन्ने चौतर्फी आलोचना भइरहेको छ, यसबारे के भन्नुहुन्छ ?’ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले त्यो विरोधका लागि विरोध भएको बताएका छन् । ‘विरोधका लागि विरोध होला । सरकारले गर्ने सम्मको प्रयास, तत्काल मिटिङ बसेर, तत्काल सेना, प्रहरी खटाएर, उद्दार कार्य गरेको छ ।’, प्रधानमन्त्री ओलीले भने, ‘बाढी आउने कुरालाई त रोक्न सकिँदैन थियो, उद्दार गर्ने कुरा हो, राहत पुर्याउने कुरा हो । पहिरो जाने कुरा पनि पूर्वसूचना गरेर जाँदैन । पहिरो गएपछि क्षति पुर्याउने हो । त्यसमा सरकारले तदारुकताका साथ उद्दार कार्य र राहत पुर्याउने हो । त्यो काम पुर्याएको छ भन्ने मलाई लाग्छ ।’

त्यस्तै पत्रकारको तपाईँको भ्रमणले देशले के पायो भन्ने प्रश्नमा उनले आफू भैँसी दुहुन गएजस्तो नभएको व्यंग्यात्मक प्रतिक्रिया दिएका छन् । ‘म कुनै भैँसी दुहुन गएर दुघ लिएर आएजस्तो हैन । हाम्रा विचारहरु, हाम्रा समस्याहरु त्यहाँ राख्न गएको हो, राखियो । त्यस्तै यी समस्याहरु एकल समस्या नभई ग्लोबल्ली समस्या हुन्, यसलाई ग्लोबल्ली मिलेर समाधान गर्नुपर्छ भन्ने कुरा भयो ।’, प्रधानमन्त्री ओलीले भने । 

त्यस्तै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटका क्रममा दुई देशबिचको सम्बन्ध कसरी राम्रो बनाउने भन्ने विषयमा छलफल भएको बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...