नेभिगेशन
सबै कुरा

विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा उल्लेख्य काम गरेको छ : प्रधानमन्त्री ओली

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विपद व्यवस्थापनमा उल्लेख्य भुमिका निभाएको बताएका छन् । अमेरिकी भ्रमण सकेर नेपाल फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सरकारले विपद्को समयमा केही गरेन भन्नु विरोधका लागि विरोध भएको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पत्रकारसँग कुराकानी गर्ने क्रममा एक पत्रकारले ‘विपद्को समयमा सरकारले काम गरेन भन्ने चौतर्फी आलोचना भइरहेको छ, यसबारे के भन्नुहुन्छ ?’ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले त्यो विरोधका लागि विरोध भएको बताएका छन् । ‘विरोधका लागि विरोध होला । सरकारले गर्ने सम्मको प्रयास, तत्काल मिटिङ बसेर, तत्काल सेना, प्रहरी खटाएर, उद्दार कार्य गरेको छ ।’, प्रधानमन्त्री ओलीले भने, ‘बाढी आउने कुरालाई त रोक्न सकिँदैन थियो, उद्दार गर्ने कुरा हो, राहत पुर्याउने कुरा हो । पहिरो जाने कुरा पनि पूर्वसूचना गरेर जाँदैन । पहिरो गएपछि क्षति पुर्याउने हो । त्यसमा सरकारले तदारुकताका साथ उद्दार कार्य र राहत पुर्याउने हो । त्यो काम पुर्याएको छ भन्ने मलाई लाग्छ ।’

Ncell
Extreme Energy

त्यस्तै पत्रकारको तपाईँको भ्रमणले देशले के पायो भन्ने प्रश्नमा उनले आफू भैँसी दुहुन गएजस्तो नभएको व्यंग्यात्मक प्रतिक्रिया दिएका छन् । ‘म कुनै भैँसी दुहुन गएर दुघ लिएर आएजस्तो हैन । हाम्रा विचारहरु, हाम्रा समस्याहरु त्यहाँ राख्न गएको हो, राखियो । त्यस्तै यी समस्याहरु एकल समस्या नभई ग्लोबल्ली समस्या हुन्, यसलाई ग्लोबल्ली मिलेर समाधान गर्नुपर्छ भन्ने कुरा भयो ।’, प्रधानमन्त्री ओलीले भने । 

त्यस्तै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटका क्रममा दुई देशबिचको सम्बन्ध कसरी राम्रो बनाउने भन्ने विषयमा छलफल भएको बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।
संसद्का दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

संसद्का दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

संघीय संसद्का दुवै सदनको चालु अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ ।