नेभिगेशन
समाज

निर्वाचन प्रहरीको पोशाक खरिदबारे अध्ययन गर्न उपसमिति गठन

काठमाडौँ ।  प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरीको पोशाक खरिदका बिषयमा अध्ययन गर्न उपसमिति गठन गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले रास्वपा सांसद मनिष झाको संयोजकत्वमा ९ सदस्यीय अध्ययन उपसमिति गठन गरेको हो । उपसमितिमा सांसदहरु सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही रहनुभएको छ । 

Ncell
Extreme Energy

उपसमितिलाई निर्वाचन प्रहरीको पोशाक खरिदमा अनियमिता भएको भन्नेबारे परेको उजुरीको अध्ययन गरि प्रतिवेदन पेश गर्न भनिएको छ । समिति सभापति भरत बहादुर खड्काले उजुरीको अध्ययनका सम्बन्धमा आएका सुझावहरुलाई समितिले ग्रहण गरेर अघि बढ््ने बताए । 

बैठकमा रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरीमा भएको भनिएको अनियमितामा आफुले निरन्तर आवाज उठाइरहेकाले आफुलाई संयोजक बनाउन प्रस्ताव गरेका थिए । आफुलाई बाहिर राखेर उपसमिति गठनको औचित्य नहुने उनले बताए । 

बैठकमा अन्य दलका केहि सांसदहरुले सांसद सुनारको भूमिका उजुरीकर्ताको जस्तो देखिएकाले समितिमा राख्न नहुने धारणा राखेका थिए । त्यसपछि सवैको सहमतिमा सुनारलाई पनि उपसमिति सदस्यमा राखिएको थियो । सार्वजनिक लेखा समितिमा निर्वाचन प्रहरीको पोशाक खरिद गर्दा ६० करोड भन्दा बढि अनियमितता भएको उजुरी परेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाललाई १३औँदेखि २०औँ शताब्दीसम्मका आठ सयभन्दा बढी ऐतिहासिक दस्तावेज हस्तान्तरण

परराष्ट्रमन्त्री खनाललाई १३औँदेखि २०औँ शताब्दीसम्मका आठ सयभन्दा बढी ऐतिहासिक दस्तावेज हस्तान्तरण

राष्ट्रिय अभिलेखालयमा आज आयोजित कार्यक्रममा उक्त आठ सयभन्दा बढी दस्तावेज हाइडेलबर्ग विश्वविद्यालयअन्तर्गत हाइडेलबर्ग एकेडेमी अफ साइन्सेस एन्ड ह्युमानिटिजका प्राध्यापक एक्सेल माइकल्स तथा डा मनिक बज्राचार्य र राजन खतिवडाले...
कांग्रेसले महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने

कांग्रेसले महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने

महाधिवेशनको तयारीका विषयमा जानकारी दिन शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित विशेष पत्रकार सम्मेलनमार्फत कांग्रेसले महाधिवेशनको प्रचारप्रसारमा तामझाम नगरिने बताएको हो ।
ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३  जनाले पाए रकम

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३  जनाले पाए रकम

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
जनजीवनको पक्षमा ठोस उपलब्धि हुन सकेनः रामबहादुर थापा

जनजीवनको पक्षमा ठोस उपलब्धि हुन सकेनः रामबहादुर थापा

उनले गत फागुन २१ गतेको निर्वाचनमा आफूहरूले भोगेको पराजयको स्वीकारोक्ति गरिएको तर आत्मसमर्पण नगरी त्यसलाई सिकाइका रूपमा लिने स्पष्ट गरे ।