नेभिगेशन
सबै कुरा

राहत तथा पुनर्स्थापनाको काममा तदारुकता दिन राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले राहत तथा पुनस्र्थापनाको काम तदारुकताका साथ गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले सम्भव भएसम्म सवै उपाय लगाएर भएपनि प्राकृतिक विपदमा परेको नागरिकको राहत तथा पुनर्स्थापनाको काम तदारुकताका साथ गर्न सरकारलाई निर्देशन दिएको हो ।

City Express

त्यस्तै अवरुद्ध भएका सडक सञ्जालहरु यातायातका साथ चल्न सक्ने गरि मर्मत गर्न, हवाई भाडा बढ्न दिन, खाद्यान्नको मूल्यबृद्धि हुन नदिन सरकारको ध्यानाकर्षण गराएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए । 

अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्धार गरि गन्तव्यमा पुराउनका लागि र थप जनधनको क्षति हुन नदिन सवै तयार गर्न पनि बैठकले सरकारलाई निर्देशन दिएको उनले बताए । 

बैठकमा गृहमन्त्री रमेश लेखकले सबै मिलेर विपदको सामना गर्दैै नागरिकको सहज जिवनयापनमा लाग्नुपर्ने बताए । उनले खोज, उद्धार र प्रतिकार्यका लागि तयार गरेकै अवस्थामा प्राकृतिक प्रकोपको घटना भएकाले खोज, उद्धार प्रभावकारी रुपमा भएको उल्लेख गरे । गृहमन्त्री लेखकले प्रभावितलाई अस्थायी आवास बनाउन रकम दिने निर्णय भए अनुसार तीन दिनभित्र पहिलो किस्ता उपलब्ध गराउने बताए । त्यस्तै घटनामा मृत्यु र वेपत्ता भएका नागरिकको परिवारलाई राहत दिने जानकारी दिए । 

क्षतिग्रस्त संरचनाहरुको छिटो भन्दा छिटो निर्माण गर्न सरकारको ध्यान केन्द्रीत रहेको उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अहिलेको चूनौतिको सामना गर्दै एमालेले मुलुकलाई सही दिशा दिनेः उपाध्यक्ष पोख्रेल

अहिलेको चूनौतिको सामना गर्दै एमालेले मुलुकलाई सही दिशा दिनेः उपाध्यक्ष पोख्रेल

एमाले शान्त तलाउमा डुङ्गा चलाएजस्तो गरि नभइ प्रत्येक कालखण्डमा चूनौतिको सामना गरेर अहिलेको अवस्थामा आएको उनले बताए । उनले अहिले देखिएको चूनौतिलाई पनि टाउकोमा टेकेर एमाले अघि बढ्ने...
ठूला भनिने दलहरुको अहंकारले देश भयानक परिस्थतिमा आइपुग्योः प्रचण्ड

ठूला भनिने दलहरुको अहंकारले देश भयानक परिस्थतिमा आइपुग्योः प्रचण्ड

१० वर्षपछि फेरि एकचोटि पुनर्लेखन गरेर या संशोधन गरेर, मुख्यतः संविधान संशोधन गरेर त्यो ठाउँमा पुग्न सकिन्छ भन्ने आधार बनेको उनले बताए ।  प्रचण्डले हीनताबोधमा बाँच्नुपर्ने कुनै आवश्यकता...
चुनावका लागि दातृ निकायको मुख ताक्नु पर्दैनः अर्थमन्त्री

चुनावका लागि दातृ निकायको मुख ताक्नु पर्दैनः अर्थमन्त्री

अर्थमन्त्री खनालका अनुसार सरकारले निर्वाचनका लागि विनियोजन भएर बाँकी भएको रकम पुनःनिर्माणमा लगाउने तयारी छ । सरकारको प्रमुख लक्ष्य नै निर्वाचन भएको र यसअघि तीन तहको चुनाव गराउन...
प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूतको भेटवार्ता

प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूतको भेटवार्ता

सो अवसरमा  प्रधानमनन्त्रीले कार्कीले आगामी दिनमा व्यापार, लगानी, सम्पर्क सञ्जाल, कृषि, ऊर्जा, पर्यटन, प्रविधि हस्तान्तरणलगायतका क्षेत्रमा चीनबाट प्राप्त सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयका सहसचिव भृगु...