नेभिगेशन
सबै कुरा

राहत तथा पुनर्स्थापनाको काममा तदारुकता दिन राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले राहत तथा पुनस्र्थापनाको काम तदारुकताका साथ गर्न सरकारलाई निर्देशन दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले सम्भव भएसम्म सवै उपाय लगाएर भएपनि प्राकृतिक विपदमा परेको नागरिकको राहत तथा पुनर्स्थापनाको काम तदारुकताका साथ गर्न सरकारलाई निर्देशन दिएको हो ।

Ncell
Extreme Energy

त्यस्तै अवरुद्ध भएका सडक सञ्जालहरु यातायातका साथ चल्न सक्ने गरि मर्मत गर्न, हवाई भाडा बढ्न दिन, खाद्यान्नको मूल्यबृद्धि हुन नदिन सरकारको ध्यानाकर्षण गराएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए । 

अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्धार गरि गन्तव्यमा पुराउनका लागि र थप जनधनको क्षति हुन नदिन सवै तयार गर्न पनि बैठकले सरकारलाई निर्देशन दिएको उनले बताए । 

बैठकमा गृहमन्त्री रमेश लेखकले सबै मिलेर विपदको सामना गर्दैै नागरिकको सहज जिवनयापनमा लाग्नुपर्ने बताए । उनले खोज, उद्धार र प्रतिकार्यका लागि तयार गरेकै अवस्थामा प्राकृतिक प्रकोपको घटना भएकाले खोज, उद्धार प्रभावकारी रुपमा भएको उल्लेख गरे । गृहमन्त्री लेखकले प्रभावितलाई अस्थायी आवास बनाउन रकम दिने निर्णय भए अनुसार तीन दिनभित्र पहिलो किस्ता उपलब्ध गराउने बताए । त्यस्तै घटनामा मृत्यु र वेपत्ता भएका नागरिकको परिवारलाई राहत दिने जानकारी दिए । 

क्षतिग्रस्त संरचनाहरुको छिटो भन्दा छिटो निर्माण गर्न सरकारको ध्यान केन्द्रीत रहेको उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गरिमा चौधरीको घटनामा गृहमन्त्रीले  देखाएको दायित्वबोधले  'राज्य छ है' भन्ने अनुभूति दिलाएको छ : सचेतक धिताल

गरिमा चौधरीको घटनामा गृहमन्त्रीले  देखाएको दायित्वबोधले  'राज्य छ है' भन्ने अनुभूति दिलाएको छ : सचेतक धिताल

राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले बाराको जितपुर सिमराकी  तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनामा गृहमन्त्री सुधन गुरुङले देखाएको दायित्वबोधको प्रशंसा गरेकी छिन् ।
रास्वपाका केन्द्रीय सदस्यलाई आज कबिन्द्र र प्रमोदले प्रशिक्षण दिने, सभापति लामिछानेले सम्बोधन गर्ने

रास्वपाका केन्द्रीय सदस्यलाई आज कबिन्द्र र प्रमोदले प्रशिक्षण दिने, सभापति लामिछानेले सम्बोधन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यका लागि सञ्चालित दुईदिने प्रशिक्षण आज सम्पन्न हुँदैछ ।
भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: मन्त्री रावल

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: मन्त्री रावल

यसअघि भूमि समस्या समाधान समिति कैलालीको बैठकमा उनले ६००  दिनभित्र लालपुर्जा वितरण गरिसक्ने गरी सरकारले काम गरिरहेको जानकारी दिँदै जिल्लाका सबै पालिकामा समस्या समाधानका लागि सहजीकरण गर्न समितिलाई...
कांग्रेसको विवाद अदालतबाट होइन कोठामा बसेर मिलाऔँः विश्वप्रकाश शर्मा

कांग्रेसको विवाद अदालतबाट होइन कोठामा बसेर मिलाऔँः विश्वप्रकाश शर्मा

उनले राजनीतिक दलहरूको काम केवल सरकार बनाउने, संविधान निर्माण/संशोधन गर्ने, र चुनाव जित्ने/हार्नेमा मात्र सीमित हुन नहुने उल्लेख गरे । उनले बालिका गरिमा चौधरीको बलात्कारपछि निर्ममतापूर्वक भएको हत्याको...