नेभिगेशन
सबै कुरा

समोसामा कीरा भेटिएपछि २० हजार जरिवाना

सिरहा । ग्राहकको स्वास्थ्यमाथि पटकपटक खेलवाड गरेको भन्दै लहानको माखन भोग होटललाई खाद्य तथा गुण नियन्त्रण कार्यालयले रु २० हजार जरिवाना गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोको नेतृत्वमा मङ्गलबार गरिएको बजार अनुगमनका क्रममा उक्त होटलका समोसामा कीरा फेला परेपछि जारिवाना गरिएको हो । उपप्रमुख महतोको नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालय, घरेलुु तथा साना उद्योग कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्चसहितको संयुक्त टोलीले अनुगमन गरेको हो । 

Marvel

अनुगमन टोलीले कृष्णा सप्लायर्समा पनि लाखौँ मूल्य बराबरका म्याद गुज्रिएको पेयपदार्थ फेला परेको छ भने ऋषिजल पानी कम्पनीले ‘मिनरल वाटर’को मूल्य बढी राखेर उपभोक्तालाई बिक्री गर्ने गरेको फेला पारेको छ । कृष्णा सप्लायर्सलाई तीन दिनभित्र म्याद गुज्रिएका रु एक लाख २५ हजार छ सय ८० मूल्यका कोक, स्प्राइट र बियरसहितका पेयपदार्थ नष्ट गर्न समय दिएको छभने ऋषिजल पानी कम्पनीलाई स्पष्टीकरण सोधेको छ । 

संविधानको अनुसूची ६ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय बजार अनुमगन र व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपाली गेमिङ उद्योगलाई सहज नीति र कर छुटको व्यवस्था गर्ने प्रधानमन्त्रीको घोषणा

नेपाली गेमिङ उद्योगलाई सहज नीति र कर छुटको व्यवस्था गर्ने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली गेमिङ उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न सहज नीति, कर व्यवस्था र व्यावसायिक वातावरण निर्माण गर्ने बताएका छन् ।
विपद्को जोखिम न्यूनीकरणमा सहकार्य गर्न प्रहरी महानिरीक्षक कार्कीको आग्रह

विपद्को जोखिम न्यूनीकरणमा सहकार्य गर्न प्रहरी महानिरीक्षक कार्कीको आग्रह

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सम्भावित विपद्को जोखिम न्यूनीकरण र जनधनको सुरक्षा गर्न सबै पक्षसँग सहकार्यको अपिल गरेका छन् ।
अपराह्नपछि होला मौसममा सुधार ?

अपराह्नपछि होला मौसममा सुधार ?

चक्रवात ‘अर्नब’को अवशेषका रूपमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले देशका विभिन्न स्थानमा भइरहेको वर्षा र हिमपात अपराह्नपछि क्रमशः कम हुँदै मौसममा सुधार आउने भएको छ ।
दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धक झा सहित ८ जना पक्राउ, १२ करोडभन्दा बढी अनियमितता

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धक झा सहित ८ जना पक्राउ, १२ करोडभन्दा बढी अनियमितता

उनीहरुले पूर्वनियोजित योजना र मिलेमतोमा संगठित सञ्जालको आवरणमा विभिन्न समूह खडा गरी संस्थानलाई १२ करोड १३ लाख ४३ हजार ५ सय ३० रुपैयाँ बराबरको गैरकानूनी लाभ लिइएको प्रारम्भिक...