नेभिगेशन
सबै कुरा

काभ्रेमा सेनाको हेलिकप्टरबाट ८ सय जनाको उद्दार

काठमाडाैँ । काभ्रे जिल्लामा नेपाली सेनाको हेलिकप्टरबाट हालसम्म करिव ८ सयजनाको उद्दार गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अविरल वर्षाको कारण काभ्रेको विभिन्न स्थानमा आएको बाढी र पहिरो कारण जिल्लाको विभिन्न ठाँउमा अलपत्र परेकालाइ नेपाली सेना तथा जिल्ला स्थित सुरक्षा निकाय र अन्य संघ संस्थाहरुको समेत समन्वयमा उद्दार गरिएकोे हो । कालीजंग गण धुलिखेलका गणपति प्रमुख सेनानी प्रकशबहादुर सिंहले नेपाली सेनाका फौज विभिन्न स्थानमा परिचालन गरी खोज तथा उद्दार कार्यमा सक्रिय भएको बताए । असोज १० गते देखि निरन्तर परिरहेको अविरल बर्षातका कारण असोज ११ र १२ गते जिल्लाका विभिन्न स्थानमा क्षति भएको थियो । 

Ncell
Extreme Energy

नेपाली सेनाको कालीजंग गणले मंगलटार इलाकामा रहेका अलपत्र अवस्थाका नागरिकहरुलाई रोशी ९ मा खाद्यान्न समेत बितरण गरेको थियो भने ३७ व्यक्तिहरुको उद्दार गरेको थियो । जसमा २३ जना घाईते थिए । पनौती नगरपालिका वडा नम्वर १२ मा उद्दार टोली मार्फत ३ जनाको उद्दार पछि अस्पताल पठाएको थियो । रोशी गाउँपालिकामा ३ बिदेशी नागरिक सहित ४० ब्यक्तिहरुको उद्दार गरेको छ । चौरीदेउराली, बेथान्चोक गाउँपालिकामा रहेका घाईतेहरुको पनि उद्दार गरेको छ ।

रोशी र तेमाल गाउँपालिकामा गणले २ सय भन्दा धेरै ब्यक्तिलाई खाद्यान्न सामाग्री उपलब्ध गराएको छ भने सिन्धुली र रोशी गाउँपालिमा अलपत्र रहेका विदेशी नागरिकहरु सतिह ३७ जनाले तेश्रो चरणमा धुलिखेल ल्याएको थियो ।

खोज र उद्धारसँगै नेपाली सेनाको फौजले स्थानीयहरुको पुरिएका घरहरुको सामाग्री निकाल्न सहयोग गरिरहेका छन् भने नागरिकहरु पुरिएको अवस्थामा खोजका लागि सहयोग गरिरहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँको होस्टलमा छोराको हत्या, सहन नसकेर गाउँमा आमा बितिन्

काठमाडौँको होस्टलमा छोराको हत्या, सहन नसकेर गाउँमा आमा बितिन्

काठमाडौँको होस्टलमा छोराको हत्या भएको खबर सुनेर गाउँमा आमाले पनि मृत्यु रोजेकी छिन् । छोराको हत्याको खबरले विक्षिप्त बनेकी आमाले पीडा सहन नसकेर  प्राण त्यागेकी हुन् ।
गरिमा चौधरीका परिवारसँग सरकारको तीनबुँदे सहमति, सात दिनभित्र कानुन सुधारको सुझाव

गरिमा चौधरीका परिवारसँग सरकारको तीनबुँदे सहमति, सात दिनभित्र कानुन सुधारको सुझाव

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ।
धरानको सबस्टेशन स्तरोन्नतिको काम तीव्र बनाउन मन्त्री श्रेष्ठको निर्देशन

धरानको सबस्टेशन स्तरोन्नतिको काम तीव्र बनाउन मन्त्री श्रेष्ठको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले धरान सबस्टेशनको स्थलगत अनुगमन गर्दै विद्युत् आपूर्ति थप भरपर्दो बनाउन स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका छन्।