नेभिगेशन
सबै कुरा

काभ्रेमा सेनाको हेलिकप्टरबाट ८ सय जनाको उद्दार

काठमाडाैँ । काभ्रे जिल्लामा नेपाली सेनाको हेलिकप्टरबाट हालसम्म करिव ८ सयजनाको उद्दार गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अविरल वर्षाको कारण काभ्रेको विभिन्न स्थानमा आएको बाढी र पहिरो कारण जिल्लाको विभिन्न ठाँउमा अलपत्र परेकालाइ नेपाली सेना तथा जिल्ला स्थित सुरक्षा निकाय र अन्य संघ संस्थाहरुको समेत समन्वयमा उद्दार गरिएकोे हो । कालीजंग गण धुलिखेलका गणपति प्रमुख सेनानी प्रकशबहादुर सिंहले नेपाली सेनाका फौज विभिन्न स्थानमा परिचालन गरी खोज तथा उद्दार कार्यमा सक्रिय भएको बताए । असोज १० गते देखि निरन्तर परिरहेको अविरल बर्षातका कारण असोज ११ र १२ गते जिल्लाका विभिन्न स्थानमा क्षति भएको थियो । 

Marvel

नेपाली सेनाको कालीजंग गणले मंगलटार इलाकामा रहेका अलपत्र अवस्थाका नागरिकहरुलाई रोशी ९ मा खाद्यान्न समेत बितरण गरेको थियो भने ३७ व्यक्तिहरुको उद्दार गरेको थियो । जसमा २३ जना घाईते थिए । पनौती नगरपालिका वडा नम्वर १२ मा उद्दार टोली मार्फत ३ जनाको उद्दार पछि अस्पताल पठाएको थियो । रोशी गाउँपालिकामा ३ बिदेशी नागरिक सहित ४० ब्यक्तिहरुको उद्दार गरेको छ । चौरीदेउराली, बेथान्चोक गाउँपालिकामा रहेका घाईतेहरुको पनि उद्दार गरेको छ ।

रोशी र तेमाल गाउँपालिकामा गणले २ सय भन्दा धेरै ब्यक्तिलाई खाद्यान्न सामाग्री उपलब्ध गराएको छ भने सिन्धुली र रोशी गाउँपालिमा अलपत्र रहेका विदेशी नागरिकहरु सतिह ३७ जनाले तेश्रो चरणमा धुलिखेल ल्याएको थियो ।

खोज र उद्धारसँगै नेपाली सेनाको फौजले स्थानीयहरुको पुरिएका घरहरुको सामाग्री निकाल्न सहयोग गरिरहेका छन् भने नागरिकहरु पुरिएको अवस्थामा खोजका लागि सहयोग गरिरहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपाली गेमिङ उद्योगलाई सहज नीति र कर छुटको व्यवस्था गर्ने प्रधानमन्त्रीको घोषणा

नेपाली गेमिङ उद्योगलाई सहज नीति र कर छुटको व्यवस्था गर्ने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली गेमिङ उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न सहज नीति, कर व्यवस्था र व्यावसायिक वातावरण निर्माण गर्ने बताएका छन् ।
विपद्को जोखिम न्यूनीकरणमा सहकार्य गर्न प्रहरी महानिरीक्षक कार्कीको आग्रह

विपद्को जोखिम न्यूनीकरणमा सहकार्य गर्न प्रहरी महानिरीक्षक कार्कीको आग्रह

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सम्भावित विपद्को जोखिम न्यूनीकरण र जनधनको सुरक्षा गर्न सबै पक्षसँग सहकार्यको अपिल गरेका छन् ।
अपराह्नपछि होला मौसममा सुधार ?

अपराह्नपछि होला मौसममा सुधार ?

चक्रवात ‘अर्नब’को अवशेषका रूपमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले देशका विभिन्न स्थानमा भइरहेको वर्षा र हिमपात अपराह्नपछि क्रमशः कम हुँदै मौसममा सुधार आउने भएको छ ।
दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धक झा सहित ८ जना पक्राउ, १२ करोडभन्दा बढी अनियमितता

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धक झा सहित ८ जना पक्राउ, १२ करोडभन्दा बढी अनियमितता

उनीहरुले पूर्वनियोजित योजना र मिलेमतोमा संगठित सञ्जालको आवरणमा विभिन्न समूह खडा गरी संस्थानलाई १२ करोड १३ लाख ४३ हजार ५ सय ३० रुपैयाँ बराबरको गैरकानूनी लाभ लिइएको प्रारम्भिक...