नेभिगेशन
सबै कुरा

बागमती करिडोरमा हिलो र धुलो

ललितपुर । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण शनिबार वाग्मती नदीमा आएको बाढीका कारण वाग्मती करिडोर अहिले पनि हिलाम्मे अवस्थामा छ । शनिबार बिहानसम्म बाढी वाग्मती करिडोर छिचोलेर बस्तीमा पसेपछि ठूलो क्षति भएको छ । ललितपुको धोबीघाट, बल्खुपुल, सानेपाको कालोपुल, युएन पार्कलगायत स्थानमा अहिलेसम्म हिलो छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सवारीसाधन सञ्चालनमा आए पनि हिलो र धुलोका कारण वाग्मती करिडोरमा यात्रा असहज भएको यात्रीहरू बताउँछन् । वाग्मती करिडोरमा हिलो भएकाले सवारीसाधनको चाप कम त भएको छ तर, यसको असर मुख्य सडकमा परेको छ । जसले गर्दा पहिलेभन्दा अहिले सवारी जाममा पर्ने गरेका छन् ।

Marvel

वैकल्पिक यात्रा गर्ने वाग्मती करिडोर हिलाम्मे अवस्थामा भएका कारण यात्रामा असहज भएको मोटरसाइकलयात्री पवन बोहोराले बताए । उनले भने, “जताततै हिलो छ, पुलमुनिको खाल्डोमा लेदोसहितको पानी भरिएकाले सवारी जाम हुने गरेको छ ।”

अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले वाग्मती करिडोरको व्यवस्थापन गर्नुपर्ने ललितपुर महानगरपालिका–१ का वडाध्यक्ष निर्मल तण्डुकार बताउँछन् । उनी भन्छन्, “वाग्मती करिडोर बाढीले डुबानमा परेको छ । मन्दिर, पाटी, आर्यघाटमा बाढीले ठूलो क्षति भएको छ । यसको व्यवस्थापनमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सक्रिय हुनुपर्छ ।”

त्यसैगरी अर्का मोटरसाइकलयात्री विनोद थापाले पनि हिलो र धुलोको कारण वाग्मती करिडोरको यात्रा असहज हुने गरेको बताए । उनले भने, “जिम्मेवार निकायले व्यवस्थापनमा छिटो पहल गरे ठूलो कुरो होइन, व्यवस्थापनमा नजुटेका कारण हालसम्म करिडोरमा हिलो छ ।” 

अहिले वाग्मती करिडोर छेउछाउका बासिन्दा, बाढीले क्षति गरेको सामान व्यवस्थापनमा जुटेका छन् । बाढीका कारण घरभित्र छिरेको लेदो पन्छाउन, भिजेको कपडा सुकाउन स्थानीय लागेका छन् । सरकारको जिम्मेवार निकायसँग लेदो सफा गर्न पानी व्यवस्था गरिदिन स्थानीयको माग छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपाली गेमिङ उद्योगलाई सहज नीति र कर छुटको व्यवस्था गर्ने प्रधानमन्त्रीको घोषणा

नेपाली गेमिङ उद्योगलाई सहज नीति र कर छुटको व्यवस्था गर्ने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली गेमिङ उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न सहज नीति, कर व्यवस्था र व्यावसायिक वातावरण निर्माण गर्ने बताएका छन् ।
विपद्को जोखिम न्यूनीकरणमा सहकार्य गर्न प्रहरी महानिरीक्षक कार्कीको आग्रह

विपद्को जोखिम न्यूनीकरणमा सहकार्य गर्न प्रहरी महानिरीक्षक कार्कीको आग्रह

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सम्भावित विपद्को जोखिम न्यूनीकरण र जनधनको सुरक्षा गर्न सबै पक्षसँग सहकार्यको अपिल गरेका छन् ।
अपराह्नपछि होला मौसममा सुधार ?

अपराह्नपछि होला मौसममा सुधार ?

चक्रवात ‘अर्नब’को अवशेषका रूपमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले देशका विभिन्न स्थानमा भइरहेको वर्षा र हिमपात अपराह्नपछि क्रमशः कम हुँदै मौसममा सुधार आउने भएको छ ।
दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धक झा सहित ८ जना पक्राउ, १२ करोडभन्दा बढी अनियमितता

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धक झा सहित ८ जना पक्राउ, १२ करोडभन्दा बढी अनियमितता

उनीहरुले पूर्वनियोजित योजना र मिलेमतोमा संगठित सञ्जालको आवरणमा विभिन्न समूह खडा गरी संस्थानलाई १२ करोड १३ लाख ४३ हजार ५ सय ३० रुपैयाँ बराबरको गैरकानूनी लाभ लिइएको प्रारम्भिक...