नेभिगेशन
सबै कुरा

दसैँलक्षित बजार अनुगमन सुरु

काठमाडौँ । सरकारले दसैँ, तिहार र छठजस्ता चाडपर्वलाई लक्षित गरेर घुम्ती खाद्य प्रयोगशालासहित आजदेखि बजार अनुगमन सुरु गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आजदेखि दुईवटा मोबाइल भ्यानसहित काठमाडौँ, ललिपुर र भक्तपुर जिल्लाभित्र बजार अनुगमन सुरु गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बजार अनुगमनको सुरुआत गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भने, “सरकारका तर्फबाट खरिद भएर ल्याएपछि विभिन्न कारणले छ/सात वर्षदेखि मोबाइल भ्यानहरु त्यत्तिकै थन्किएका रहेछन्, आजदेखि दसैँ, तिहारलाई लक्षित गरेर खाद्य गुण परीक्षणका लागि बजार अनुगमनमा निस्किएका छौँ ।”

Ncell
Extreme Energy

मन्त्री अधिकारीका अनुसार मर्मत गर्न बाँकी रहेका दुईवटा मोबाइल भ्यान पनि यथाशीघ्र मर्मत गरेर पूर्वपश्चिमबाट सञ्चालनमा ल्याइने जानकारी दिए । पछिल्लो समयमा खानपानका कारण अस्पतालमा बिरामी बढ्दै गएका सन्दर्भ उल्लेख गर्दै उनले उपभोक्ताले म्याद नाँघेका, असुरक्षित खाद्य वस्तु खान नपरोस् भनेर बजारमा रहेका खाद्य वस्तुको परीक्षण सुरु गरिएको बताए। 

पछिल्लो समय भएको बाढीपहिरो र डुबानले सबैभन्दा बढी कृषि क्षेत्रमा क्षति भएको बताउँदै मन्त्री अधिकारीले यसबाट करिब रु छ अर्बभन्दा बढी कृषि क्षेत्रमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए । उनले क्षति भएका किसानको राहतका लागि मन्त्रिपरिषद्मा छलफल भएको बताउँदै चाँडोभन्दा चाँडो राहत उपलब्ध गराउन पहल गरिरहेको बताए। मृतकका परिवार र बेपत्ता भएका परिवारलाई क्षतिपूर्ति दिने कार्य मङ्गलबारदेखि सुरु भइसकेको बताउँदै मन्त्री अधिकारीले दसैँ अगाडि सबै पीडितले राहत पाउने प्रतिबद्धता जनाए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गरिमा चौधरीका परिवारसँग सरकारको तीनबुँदे सहमति, सात दिनभित्र कानुन सुधारको सुझाव

गरिमा चौधरीका परिवारसँग सरकारको तीनबुँदे सहमति, सात दिनभित्र कानुन सुधारको सुझाव

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ।
धरानको सबस्टेशन स्तरोन्नतिको काम तीव्र बनाउन मन्त्री श्रेष्ठको निर्देशन

धरानको सबस्टेशन स्तरोन्नतिको काम तीव्र बनाउन मन्त्री श्रेष्ठको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले धरान सबस्टेशनको स्थलगत अनुगमन गर्दै विद्युत् आपूर्ति थप भरपर्दो बनाउन स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका छन्।
शिक्षा विधेयकको मस्यौदाअघि आइतबार सातै प्रदेशका सुझावको समीक्षा

शिक्षा विधेयकको मस्यौदाअघि आइतबार सातै प्रदेशका सुझावको समीक्षा

विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्नुअघि सातै प्रदेशबाट प्राप्त सुझाव तथा निष्कर्षको समग्र समीक्षा आइतबार काठमाडौंमा गरिने भएको छ।