नेभिगेशन
सबै कुरा

अखिल क्रान्तिकारीमा उमेरहद विवाद : सहमति नजुट्दा निर्वाचन प्रक्रिया नै स्थगित

काठमाडाैँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनअन्तर्गत बुधबार हुने भनिएको निर्वाचन प्रक्रिया स्थगित भएको छ । पार्टी अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले निर्वाचन प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजका लागि स्थगित भएको निर्वाचन प्रक्रिया असोज १७ गते बिहान १० बजे पुन सञ्चालन गरिने अखिल क्रान्तिकारीले जानकारी दिएको छ । संगठनमा रहन पाउने उमेरहदबारे विवादबारे निष्कर्शमा नपुग्दा निर्वाचन प्रक्रिया रोकिएको हो । संगठनमा  रहन पाउने उमेरहद ३२ वा त्यो भन्दा कम तोक्ने वा उमेरहद नै नराख्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । 

Ncell
Extreme Energy

उमेर हदको विवाद निमिल्दा सम्मेलनमै कुर्सी हानाहानको अवस्था सिर्जना भएको थियो । महाधिवेशन हलले उमेर हदको विवाद टुंगाउन नसकेपछि पार्टीले आज निर्णय लिने बताइएको छ । 

अहिले संगठनको नेतृत्वका लागि इन्द्र भुसाल, जिपी मैनाली, नरेश रेग्मी, पवन कार्की लगायत १ दर्जन बढी आकांक्षी रहेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गरिमा चौधरीका परिवारसँग सरकारको तीनबुँदे सहमति, सात दिनभित्र कानुन सुधारको सुझाव

गरिमा चौधरीका परिवारसँग सरकारको तीनबुँदे सहमति, सात दिनभित्र कानुन सुधारको सुझाव

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ।
धरानको सबस्टेशन स्तरोन्नतिको काम तीव्र बनाउन मन्त्री श्रेष्ठको निर्देशन

धरानको सबस्टेशन स्तरोन्नतिको काम तीव्र बनाउन मन्त्री श्रेष्ठको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले धरान सबस्टेशनको स्थलगत अनुगमन गर्दै विद्युत् आपूर्ति थप भरपर्दो बनाउन स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका छन्।
शिक्षा विधेयकको मस्यौदाअघि आइतबार सातै प्रदेशका सुझावको समीक्षा

शिक्षा विधेयकको मस्यौदाअघि आइतबार सातै प्रदेशका सुझावको समीक्षा

विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्नुअघि सातै प्रदेशबाट प्राप्त सुझाव तथा निष्कर्षको समग्र समीक्षा आइतबार काठमाडौंमा गरिने भएको छ।