नेभिगेशन
सबै कुरा

अखिल क्रान्तिकारीमा उमेरहद विवाद : सहमति नजुट्दा निर्वाचन प्रक्रिया नै स्थगित

काठमाडाैँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनअन्तर्गत बुधबार हुने भनिएको निर्वाचन प्रक्रिया स्थगित भएको छ । पार्टी अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले निर्वाचन प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजका लागि स्थगित भएको निर्वाचन प्रक्रिया असोज १७ गते बिहान १० बजे पुन सञ्चालन गरिने अखिल क्रान्तिकारीले जानकारी दिएको छ । संगठनमा रहन पाउने उमेरहदबारे विवादबारे निष्कर्शमा नपुग्दा निर्वाचन प्रक्रिया रोकिएको हो । संगठनमा  रहन पाउने उमेरहद ३२ वा त्यो भन्दा कम तोक्ने वा उमेरहद नै नराख्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । 

Marvel

उमेर हदको विवाद निमिल्दा सम्मेलनमै कुर्सी हानाहानको अवस्था सिर्जना भएको थियो । महाधिवेशन हलले उमेर हदको विवाद टुंगाउन नसकेपछि पार्टीले आज निर्णय लिने बताइएको छ । 

अहिले संगठनको नेतृत्वका लागि इन्द्र भुसाल, जिपी मैनाली, नरेश रेग्मी, पवन कार्की लगायत १ दर्जन बढी आकांक्षी रहेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धक झा सहित ८ जना पक्राउ, १२ करोडभन्दा बढी अनियमितता

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धक झा सहित ८ जना पक्राउ, १२ करोडभन्दा बढी अनियमितता

उनीहरुले पूर्वनियोजित योजना र मिलेमतोमा संगठित सञ्जालको आवरणमा विभिन्न समूह खडा गरी संस्थानलाई १२ करोड १३ लाख ४३ हजार ५ सय ३० रुपैयाँ बराबरको गैरकानूनी लाभ लिइएको प्रारम्भिक...
डोल्पा कारागारबाट ४ मिटरको सुरुङ खनेर भागेका थिए कैदी

डोल्पा कारागारबाट ४ मिटरको सुरुङ खनेर भागेका थिए कैदी

फरार रहेका कैदीबन्दीहरुमा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका १० निवासी जबरजस्ती करणी मुद्धाका राम बिक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ७ घर भएका जबरजस्ती करणी मुद्धाका कालिप्रसाद रोकाया, त्रिपुरा सुन्दरी–४ घर भएका...
डोल्पा कारागारभित्रबाट सुरुङ खनेर ८ जना कैदी भागे

डोल्पा कारागारभित्रबाट सुरुङ खनेर ८ जना कैदी भागे

प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार बिहान ६ बजेतिर कैदीबन्दी गणना गर्ने क्रममा संख्या नपुगेपछि भागेको पत्ता लागेको हो।अहिले सिसी क्यामरा हेरिरहेका प्रजिअ हमालले बताइन्। उनले थप...
बाढीपहिरोले विभिन्न सडक अवरुद्ध, कान्तिलोकपथमा राति सवारी चलाउन रोक

बाढीपहिरोले विभिन्न सडक अवरुद्ध, कान्तिलोकपथमा राति सवारी चलाउन रोक

बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका विभिन्न सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोले तीन जिल्लाका सडकमा यातायात प्रभावित भएको हो ।