नेभिगेशन
सबै कुरा

न्याय परिषदबाट हुने न्यायाधीश नियुक्तिलगायतका काम कारबाहीलाई प्रभावकारी बनाउँछु : प्रस्तावित प्रधानन्यायाधीश सिंह

काठमाडाैँ । सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्याय परिषदबाट हुने न्यायाधीश नियुक्तिलगायतका काम कारबाहीलाई प्रभावकारी बनाउने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदबारमा बुधबार बसेको संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो भावी कार्ययोजना प्रस्तुत गर्दै राउतले न्याय परिषद्बाट हुने न्यायाधीश नियुक्तिलगायतका काम कारबाहीलाई प्रभावकारी र विवादरहित बनाउने कुरामा बिशेष ध्यान दिने बताएका छन् ।

Marvel

उनले न्यायपालिका सूधारका लागि बिचौलियाको नियन्त्रण गर्ने, न्यायाधीशको सुक्ष्म निगरानी गर्ने, अनलाइनमार्फत अनियमितता र गुनासोउपरको उजुरी सुन्न सकिने प्रणाली विकास गर्ने लगाएतका योजना सुनाएका छन् । त्यस्तै राउतले न्यायपालिकामा न्यायिक सदाचारको प्रवर्धनका लागि सूचकको तोकेर मूल्यांकनको प्रणाली विकास गर्ने उल्लेख गरेका छन् भने न्यायपालिकामा सुशासनको प्रवर्द्धनसम्बन्धी नीतिगत विषयहरूमा निर्देशन गर्न सुशासन तथा सदाचार प्रवर्धन समितिको स्थापना गर्ने योजना सुनाएका छन् । 

त्यस्तै राउतले सर्वोच्चमा मुद्दाको कार्यबोझ कम गर्न अदालतहरुको क्षेत्राधिकार सम्बन्धी विधमान व्यवस्थामा परिमार्जनका लागि अध्ययन गरि कार्यान्वयन गर्ने उल्लेख गरेका छन् । नागरिकलाई सहज रुपमा न्याय दिनका लागि पनि ध्यान केन्द्रीत गर्ने उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धक झा सहित ८ जना पक्राउ, १२ करोडभन्दा बढी अनियमितता

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धक झा सहित ८ जना पक्राउ, १२ करोडभन्दा बढी अनियमितता

उनीहरुले पूर्वनियोजित योजना र मिलेमतोमा संगठित सञ्जालको आवरणमा विभिन्न समूह खडा गरी संस्थानलाई १२ करोड १३ लाख ४३ हजार ५ सय ३० रुपैयाँ बराबरको गैरकानूनी लाभ लिइएको प्रारम्भिक...
डोल्पा कारागारबाट ४ मिटरको सुरुङ खनेर भागेका थिए कैदी

डोल्पा कारागारबाट ४ मिटरको सुरुङ खनेर भागेका थिए कैदी

फरार रहेका कैदीबन्दीहरुमा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका १० निवासी जबरजस्ती करणी मुद्धाका राम बिक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ७ घर भएका जबरजस्ती करणी मुद्धाका कालिप्रसाद रोकाया, त्रिपुरा सुन्दरी–४ घर भएका...
डोल्पा कारागारभित्रबाट सुरुङ खनेर ८ जना कैदी भागे

डोल्पा कारागारभित्रबाट सुरुङ खनेर ८ जना कैदी भागे

प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार बिहान ६ बजेतिर कैदीबन्दी गणना गर्ने क्रममा संख्या नपुगेपछि भागेको पत्ता लागेको हो।अहिले सिसी क्यामरा हेरिरहेका प्रजिअ हमालले बताइन्। उनले थप...
बाढीपहिरोले विभिन्न सडक अवरुद्ध, कान्तिलोकपथमा राति सवारी चलाउन रोक

बाढीपहिरोले विभिन्न सडक अवरुद्ध, कान्तिलोकपथमा राति सवारी चलाउन रोक

बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका विभिन्न सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोले तीन जिल्लाका सडकमा यातायात प्रभावित भएको हो ।