नेभिगेशन
सबै कुरा

हत्या कसुरका दोषीलाई माफी दिएको विरोधमा राष्ट्रपतिको ध्यानाकर्षण गराउँदै रवि लामिछाने

१४ असोज, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हत्या कसुरमा सजाय भोगिरहेका रिगल भनिने योगराज ढकाललाई कैदी मिनाहा दिएको विषयमा राष्ट्रपति मार्फत सरकारको ध्यानाकर्षण गराउँदै छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाका अनुसार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटी माफी मिनाहा सम्बन्धी कानुनको दुरुपयोगका विषयमा सरकारको ध्यानाकर्षण गराउन आग्रह गर्दै सभापति लामिछाने सितल निवास पुगेका छन् ।

Ncell
Extreme Energy

लामिछानेले आइतबार प्रतिनिधि सभाको बैठकमा समेत संविधान दिवसको दिन राष्ट्रपतिले मान्छे काट्नेलाई उन्मुक्ति दिएर साँझ भोज लगाएको भन्दै आपत्ती जनाएका थिए ।

असोज ३ गते संविधान दिवसका दिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ७५ कारागारमा कैद सजाय काटिरहेका ६७० जना कैदीको माफी मिनाहा गरेका थिए ।  जस मध्ये  नेपालगंजका रिगल भनिने योगराज ढकालले २०७२ साल असार २८ गते नेपालगञ्जका चेतन मानन्धरको खुँडा प्रहार गरि हत्या गरेका थिए । चेतनाको हत्या गर्दा रिगल तरुण दल बाँके ३ का सभापति थिए ।

हत्या गरेर फरार भएका रिगललाई २०७६ वैशाखमा जिल्ला अदालत बाँकेका न्यायाधीश विष्णु सुवेदीले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएका थिए । रिगलले २०८० भदौ सम्म ४० प्रतिशत मात्रै सजाय भुक्तानी गरेका थिए ।

असल चालचलन भएको भन्दै संविधान दिवसका दिन नेपाल सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ६० प्रतिशत कैद मिनाहा गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई भेटेर भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन आग्रह गरेका छन् ।
मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्च अदालतले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र  निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको आसन्न पन्ध्रौँ महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको...
भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

नले भने, ‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणालीहरू विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्याङ्क तत्काल आदानप्रदान गर्न सहकार्य गरौं। जलवायु...