नेभिगेशन
सबै कुरा

कोशी ब्यारेजको मर्मत गरिँदै

सुनसरी । यही असोज ११ र १२ गते सप्तकोशीमा आएको बाढीबाट क्षति पुगेको कोशी ब्यारेजको मर्मत सम्भार गर्न थालिएको छ । बाढीबाट ब्यारेजको विभिन्न ठाउँ भत्किएको थियो ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मुलुकको पूर्वी पहाडी जिल्लाहरुमा अत्यधिक वर्षाभएपछि कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकण्ड ६ लाख ९१ हजार क्युसेकसम्म मापन गरिएको थियो । सप्तकोशीको पानी कोशी ब्यारेज माथिबाट बग्न थालेको थियो । बाढीका कारण ब्यारेजको विभिन्न भागमा क्षति गरेपछि मर्मत थालिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।

Marvel

सप्तकोशी नदीमा पानीको बहाव क्रमिकरुपमा घट्दै गएको छ । पानीको बहाव घटेपछि भत्किएका संरचनाको मर्मत सम्भार सुरु गरिएको प्रजिअ तिवारीले बताए । कोशी ब्यारेजको मर्मत सम्भारको काम भारतीय पक्षले गर्न थालेको उनले बताए । अहिले कोशी ब्यारेजमा पानीको बहाव घटेर प्रतिसेकेण्ड एक लाख ३८ हजार क्युसेक पुगेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । वर्षाको सम्भावना अझै कायमै रहेकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना जारी गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आज कति छ अमेरिकी डलरको भाउ ?

आज कति छ अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
पहिरोले बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

पहिरोले बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
पहिरोले कालीगण्डकी करिडोर भयो अवरुद्ध

पहिरोले कालीगण्डकी करिडोर भयो अवरुद्ध

बंगालको खाडीमा विकसित अर्नब चक्रवातको प्रभावले निरन्तरको वर्षासँगै पहिरो खस्दा कालीगण्डकी करिडोरअन्तर्गत पाल्पाको रामपुर नगरपालिका–१ काशीवनमा सडक अवरुद्ध भएको छ।
मनाङमा पर्‍यो २४ घण्टामा  १०४.४ मिलिमिटर पानी

मनाङमा पर्‍यो २४ घण्टामा  १०४.४ मिलिमिटर पानी

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा मनाङको ताल मौसम मापन केन्द्रमा भएको छ।