नेभिगेशन
सबै कुरा

कोशी ब्यारेजको मर्मत गरिँदै

सुनसरी । यही असोज ११ र १२ गते सप्तकोशीमा आएको बाढीबाट क्षति पुगेको कोशी ब्यारेजको मर्मत सम्भार गर्न थालिएको छ । बाढीबाट ब्यारेजको विभिन्न ठाउँ भत्किएको थियो ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मुलुकको पूर्वी पहाडी जिल्लाहरुमा अत्यधिक वर्षाभएपछि कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकण्ड ६ लाख ९१ हजार क्युसेकसम्म मापन गरिएको थियो । सप्तकोशीको पानी कोशी ब्यारेज माथिबाट बग्न थालेको थियो । बाढीका कारण ब्यारेजको विभिन्न भागमा क्षति गरेपछि मर्मत थालिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।

Ncell
Extreme Energy

सप्तकोशी नदीमा पानीको बहाव क्रमिकरुपमा घट्दै गएको छ । पानीको बहाव घटेपछि भत्किएका संरचनाको मर्मत सम्भार सुरु गरिएको प्रजिअ तिवारीले बताए । कोशी ब्यारेजको मर्मत सम्भारको काम भारतीय पक्षले गर्न थालेको उनले बताए । अहिले कोशी ब्यारेजमा पानीको बहाव घटेर प्रतिसेकेण्ड एक लाख ३८ हजार क्युसेक पुगेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । वर्षाको सम्भावना अझै कायमै रहेकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना जारी गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरानको सबस्टेशन स्तरोन्नतिको काम तीव्र बनाउन मन्त्री श्रेष्ठको निर्देशन

धरानको सबस्टेशन स्तरोन्नतिको काम तीव्र बनाउन मन्त्री श्रेष्ठको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले धरान सबस्टेशनको स्थलगत अनुगमन गर्दै विद्युत् आपूर्ति थप भरपर्दो बनाउन स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका छन्।
शिक्षा विधेयकको मस्यौदाअघि आइतबार सातै प्रदेशका सुझावको समीक्षा

शिक्षा विधेयकको मस्यौदाअघि आइतबार सातै प्रदेशका सुझावको समीक्षा

विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्नुअघि सातै प्रदेशबाट प्राप्त सुझाव तथा निष्कर्षको समग्र समीक्षा आइतबार काठमाडौंमा गरिने भएको छ।
गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक फेला

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक फेला

गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेका छन्।
सरकार र नागरिक बचाउ महाअभियानबीच केके भयो सहमति?

सरकार र नागरिक बचाउ महाअभियानबीच केके भयो सहमति?

नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालबीच १४ बुँदे सहमति भएको छ।