नेभिगेशन
सबै कुरा

रविलाई मतदाताको सुझाव, ‘संसदमा सहकारी ठगेको प्रमाण छ भन्दै खाली कागज देखाएर घोक्रो फुलाउनेलाई मुद्दा हाल्नुस्’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई एक मतदाताले खाली कागज देखाएर सहकारी ठग करार गर्न खोज्नेलाई मुद्दा हाल्न सुझाव दिएका छन् । चितवनको इच्चाकामना गाउँपालिकामा जारी सार्वजकि सुनुवाइको क्रममा एक व्यक्तिले कांग्रेस महामन्त्री गगन थापालाई लक्षित गर्दै लामछिानेलाई यस्तो सुझाव दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ति सुझाव दिने व्यक्ति रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेको क्षेत्रका प्रकाश श्रेष्ठ हुन् । उनले सहकारी ठगेको प्रमाण भन्दै खाली कागज देखाएर संसद अवरुद्ध गर्नेले छानबिन समितिलाई प्रमाण दिन नसकेको बताए । ‘रवि लामिछानेले सहकारी ठगेको जसरी नै गरिमामय संसदमा घेराबन्दी गरेर , घोके फुलाइ फुलाई खाली कागज देखाएर, प्रमाण मसँग छ भनेर, संसदी छानबिकन समितिले तिमीसँग प्रमाण छ भने लेउ भन्दा खाली कागज देखाउने पात्रलाई किन मुद्दा हाल्नु हुन्न ?’ श्रेष्ठले भने, ‘तपाईँले अहिले त्यो खाली कागज देखाउने पात्रलाई मानहानीको मुद्दा हाल्नुभएन भने अन्य नेक मान्छेलाई अर्को पटक उसले फसाउन षडयन्त्र गर्न सक्छ । त्यसकारण हाम्रो आग्रह त्यो खाली कागज देखाउनेलाई मानहानीको मुद्दा हालियोस् ।’

Ncell
Extreme Energy

उनले अन्य पार्टीका नेताहरुले वषौँसम्म केही नगरेको र रास्वपा आएके केही समयमै उल्लेख्य काम भएको बताउँदै गुनासो नरहेको बताए । 

जवफमा लामिछानले उनीहरु नै आफूलाई मुद्दा हाल्न अनेक उपाए खोजिरहेको बताए । साथै उनले सत्यको अगाडि कसैको केही नलाग्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरानको सबस्टेशन स्तरोन्नतिको काम तीव्र बनाउन मन्त्री श्रेष्ठको निर्देशन

धरानको सबस्टेशन स्तरोन्नतिको काम तीव्र बनाउन मन्त्री श्रेष्ठको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले धरान सबस्टेशनको स्थलगत अनुगमन गर्दै विद्युत् आपूर्ति थप भरपर्दो बनाउन स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका छन्।
शिक्षा विधेयकको मस्यौदाअघि आइतबार सातै प्रदेशका सुझावको समीक्षा

शिक्षा विधेयकको मस्यौदाअघि आइतबार सातै प्रदेशका सुझावको समीक्षा

विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्नुअघि सातै प्रदेशबाट प्राप्त सुझाव तथा निष्कर्षको समग्र समीक्षा आइतबार काठमाडौंमा गरिने भएको छ।
गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक फेला

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक फेला

गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेका छन्।
सरकार र नागरिक बचाउ महाअभियानबीच केके भयो सहमति?

सरकार र नागरिक बचाउ महाअभियानबीच केके भयो सहमति?

नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालबीच १४ बुँदे सहमति भएको छ।