नेभिगेशन
सबै कुरा

रविलाई मतदाताको सुझाव, ‘संसदमा सहकारी ठगेको प्रमाण छ भन्दै खाली कागज देखाएर घोक्रो फुलाउनेलाई मुद्दा हाल्नुस्’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई एक मतदाताले खाली कागज देखाएर सहकारी ठग करार गर्न खोज्नेलाई मुद्दा हाल्न सुझाव दिएका छन् । चितवनको इच्चाकामना गाउँपालिकामा जारी सार्वजकि सुनुवाइको क्रममा एक व्यक्तिले कांग्रेस महामन्त्री गगन थापालाई लक्षित गर्दै लामछिानेलाई यस्तो सुझाव दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ति सुझाव दिने व्यक्ति रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेको क्षेत्रका प्रकाश श्रेष्ठ हुन् । उनले सहकारी ठगेको प्रमाण भन्दै खाली कागज देखाएर संसद अवरुद्ध गर्नेले छानबिन समितिलाई प्रमाण दिन नसकेको बताए । ‘रवि लामिछानेले सहकारी ठगेको जसरी नै गरिमामय संसदमा घेराबन्दी गरेर , घोके फुलाइ फुलाई खाली कागज देखाएर, प्रमाण मसँग छ भनेर, संसदी छानबिकन समितिले तिमीसँग प्रमाण छ भने लेउ भन्दा खाली कागज देखाउने पात्रलाई किन मुद्दा हाल्नु हुन्न ?’ श्रेष्ठले भने, ‘तपाईँले अहिले त्यो खाली कागज देखाउने पात्रलाई मानहानीको मुद्दा हाल्नुभएन भने अन्य नेक मान्छेलाई अर्को पटक उसले फसाउन षडयन्त्र गर्न सक्छ । त्यसकारण हाम्रो आग्रह त्यो खाली कागज देखाउनेलाई मानहानीको मुद्दा हालियोस् ।’

Marvel

उनले अन्य पार्टीका नेताहरुले वषौँसम्म केही नगरेको र रास्वपा आएके केही समयमै उल्लेख्य काम भएको बताउँदै गुनासो नरहेको बताए । 

जवफमा लामिछानले उनीहरु नै आफूलाई मुद्दा हाल्न अनेक उपाए खोजिरहेको बताए । साथै उनले सत्यको अगाडि कसैको केही नलाग्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आज कति छ अमेरिकी डलरको भाउ ?

आज कति छ अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
पहिरोले बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

पहिरोले बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
पहिरोले कालीगण्डकी करिडोर भयो अवरुद्ध

पहिरोले कालीगण्डकी करिडोर भयो अवरुद्ध

बंगालको खाडीमा विकसित अर्नब चक्रवातको प्रभावले निरन्तरको वर्षासँगै पहिरो खस्दा कालीगण्डकी करिडोरअन्तर्गत पाल्पाको रामपुर नगरपालिका–१ काशीवनमा सडक अवरुद्ध भएको छ।
मनाङमा पर्‍यो २४ घण्टामा  १०४.४ मिलिमिटर पानी

मनाङमा पर्‍यो २४ घण्टामा  १०४.४ मिलिमिटर पानी

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा मनाङको ताल मौसम मापन केन्द्रमा भएको छ।