नेभिगेशन
सबै कुरा

बाढीपहिरोबाट क्षतिग्रस्त सडक सञ्जाल मर्मत गरि तत्काल सूचारु गर्न निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले हालैका बाढीपहिरोबाट क्षतिग्रस्त सडकसञ्जाल मर्मत गरि तत्काल सूचारु गर्ने गरि काम गर्न सरकारलाई निर्देशन दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले चाडवाडका समयमा सडक अवरुद्ध हुँदा लाखौँ सर्वसाधारणहरु समस्यामा परेको भन्दै बाढीपहिरोबाट क्षतिग्रस्त सडकसञ्जाल मर्मत गरि तत्काल सूचारु गर्ने गरि काम गर्न सरकारलाई निर्देशन दिएको हो । अहिलेको परिस्थीतिलाई मध्यनजर गर्दै बिपद क्षेत्रमा फास्ट ट्रयाकमार्फत सडक पुननिर्माण गर्न र बेलिब्रिज पुल जडानको कामलाई तीव्रता दिन पनि समितिले निर्देशन दिएको छ ।

Ncell
Extreme Energy

त्यस्तै बैठकले बाढीपहिरोका क्षति भएको विधुत र सिंचाइ संरचना तत्काल निर्माण गर्न पनि ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बाढी पहिरोका कारण अवरुद्ध भएका राजमार्गहरू दशैँ अगाडि नै खुलाउने गरि काम भइरहेको जानकारी दिए । उनले बाढी पहिरोबाट भएको क्षतिको पुनर्निर्माणका लागि २० देखि २५ अर्ब रुपैयाँ लाग्ने आकलन गरिएको बताए । 

त्यस्तै ऊर्जामन्त्री दिपक खड्काले बाढीपहिरोबाट क्षतिग्रस्त विधुत संरचना बनाउने काम सुरु गरिसकेको र प्राकृतिक प्रकोपका कारण अवरुद्ध भएका विद्युतहरु सूचारु भइसकेको जानकारी दिए । क्षति भएका ठूला संरचनाहरु तत्काल निर्माण सम्भव नभएकाले बैकल्पीक माध्यमबाट विद्युत प्रभाव भइरहेको उनले बताए ।

उनले बाढिपहिरोका कारण सिँचाइ क्षेत्रमा भएको क्षतिको विवरण संकलन भइरहेको र छिटो भन्दा छिटो पुननिर्माण गरिने जिकिर गर्नुभयो । बैठकमा समिति सदस्यहरुले बाढीपहिरोको अलर्ट जारी हुँदा पनि राम्रोसंग पूर्वतयारी नभएकाले ठूलो धनजनको क्षति हुनपुगेको धारणा राखेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुँदैछ ।
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

उनले भनेका छन्– ‘देशलाई कुनै न कुनै रूपले अस्थिरता तिर धकेल्न हौवा पिटाउने, षडयन्त्रकारी तत्त्वहरू बेला बेला टाउको उठाउन खोज्ने प्रवृत्ति देखा पर्नु दुर्भाग्यपूर्ण विषय हो । त्यस्ता...