नेभिगेशन
सबै कुरा

बाढीपहिरोबाट क्षतिग्रस्त सडक सञ्जाल मर्मत गरि तत्काल सूचारु गर्न निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले हालैका बाढीपहिरोबाट क्षतिग्रस्त सडकसञ्जाल मर्मत गरि तत्काल सूचारु गर्ने गरि काम गर्न सरकारलाई निर्देशन दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले चाडवाडका समयमा सडक अवरुद्ध हुँदा लाखौँ सर्वसाधारणहरु समस्यामा परेको भन्दै बाढीपहिरोबाट क्षतिग्रस्त सडकसञ्जाल मर्मत गरि तत्काल सूचारु गर्ने गरि काम गर्न सरकारलाई निर्देशन दिएको हो । अहिलेको परिस्थीतिलाई मध्यनजर गर्दै बिपद क्षेत्रमा फास्ट ट्रयाकमार्फत सडक पुननिर्माण गर्न र बेलिब्रिज पुल जडानको कामलाई तीव्रता दिन पनि समितिले निर्देशन दिएको छ ।

Ncell
Extreme Energy

त्यस्तै बैठकले बाढीपहिरोका क्षति भएको विधुत र सिंचाइ संरचना तत्काल निर्माण गर्न पनि ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बाढी पहिरोका कारण अवरुद्ध भएका राजमार्गहरू दशैँ अगाडि नै खुलाउने गरि काम भइरहेको जानकारी दिए । उनले बाढी पहिरोबाट भएको क्षतिको पुनर्निर्माणका लागि २० देखि २५ अर्ब रुपैयाँ लाग्ने आकलन गरिएको बताए । 

त्यस्तै ऊर्जामन्त्री दिपक खड्काले बाढीपहिरोबाट क्षतिग्रस्त विधुत संरचना बनाउने काम सुरु गरिसकेको र प्राकृतिक प्रकोपका कारण अवरुद्ध भएका विद्युतहरु सूचारु भइसकेको जानकारी दिए । क्षति भएका ठूला संरचनाहरु तत्काल निर्माण सम्भव नभएकाले बैकल्पीक माध्यमबाट विद्युत प्रभाव भइरहेको उनले बताए ।

उनले बाढिपहिरोका कारण सिँचाइ क्षेत्रमा भएको क्षतिको विवरण संकलन भइरहेको र छिटो भन्दा छिटो पुननिर्माण गरिने जिकिर गर्नुभयो । बैठकमा समिति सदस्यहरुले बाढीपहिरोको अलर्ट जारी हुँदा पनि राम्रोसंग पूर्वतयारी नभएकाले ठूलो धनजनको क्षति हुनपुगेको धारणा राखेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: मन्त्री रावल

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: मन्त्री रावल

यसअघि भूमि समस्या समाधान समिति कैलालीको बैठकमा उनले ६००  दिनभित्र लालपुर्जा वितरण गरिसक्ने गरी सरकारले काम गरिरहेको जानकारी दिँदै जिल्लाका सबै पालिकामा समस्या समाधानका लागि सहजीकरण गर्न समितिलाई...
कांग्रेसको विवाद अदालतबाट होइन कोठामा बसेर मिलाऔँः विश्वप्रकाश शर्मा

कांग्रेसको विवाद अदालतबाट होइन कोठामा बसेर मिलाऔँः विश्वप्रकाश शर्मा

उनले राजनीतिक दलहरूको काम केवल सरकार बनाउने, संविधान निर्माण/संशोधन गर्ने, र चुनाव जित्ने/हार्नेमा मात्र सीमित हुन नहुने उल्लेख गरे । उनले बालिका गरिमा चौधरीको बलात्कारपछि निर्ममतापूर्वक भएको हत्याको...
रास्वपाको केन्द्रीय समिति बैठकले के–के निर्णय गर्‍यो ?

रास्वपाको केन्द्रीय समिति बैठकले के–के निर्णय गर्‍यो ?

महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा तयार गरिएको ‘उम्मेदवार छनोट रूपरेखा–२०८३’ लाई केन्द्रीय समिति बैठकमा प्राप्त सुझावसमेत समेटेर अनुमोदन गर्ने निर्णय भएको रास्वपाले जनाएको छ।
राप्रपाका तीन सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन

राप्रपाका तीन सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टीको केन्द्रीय अनुशासन समितिले प्रदेश सभा सदस्यहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई ‘किन कारबाही नगर्ने ?’ भन्दै १२ घण्टाभित्र स्पष्टीकरण पेश...