नेभिगेशन
सबै कुरा

पशुपति धर्मशालामा काठमाडौँ महानगरको बोर्ड

काठमाडौँ । मारवाडी सेवा समितिको विरोधकाबीच काठमाडौं महानगरले गौशालाको धर्मशालामा महानगरकोे बोर्ड राखेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पशुपति क्षेत्र बिकास कोषले गौशालाको धर्मशाला सञ्चालनको जिम्मेवारी महानगरलाई हस्तान्तरण गरेको भन्दै बुधबार काठमाडौं महानगर प्रहरी बलले काठमाडौं महानगरपालिकाद्वारा सञ्चालित गौशाला धर्मशाला लेखिएको बोर्ड राखेको हो ।

Ncell
Extreme Energy

गौशाला धर्मशाला सञ्चालनका लागि पुगेको महानगरको टोलीले यसअघि सञ्चालक रहेको मारवाडी सेवा समितिका सदस्यहरुलाई हटाएको थियो । सो क्रममा केहिबेर मारवाडी सेवा समिति र काठमाडौं महानगरप्रहरीहरुबीच घम्साघम्सी समेत भएको थियो ।

समितिले भने अदालतमा बिचाराधीन मुद्दाको अन्तिम किनारा नलागेसम्म न्यायीक अधिकार सुरक्षित हुनुपर्ने भन्दै प्रदर्शन गरेको थियो ।

नगरप्रहरी  बलका प्रमुख  राजु पाण्डेले पशुपति क्षेत्र बिकास कोषसंग धर्मशाला सञ्चालन गर्ने सम्झौता भएकाले आफुहरु आएको बताएका थिए । 

काठमाडौँ जिल्ला अदालतले २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल कोष) र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहत आएको थियो । त्यसलगतै कोष र काठमाडौँ महानगरपालिकाबिच पशुपति गौशाला धर्मशाला सञ्चालन र व्यवस्थापन गर्ने सन्दर्भमा सातबुँदे सहमति भएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाँसबारीमा जमिन भासिएपछि पल्टिएको घर (तस्बिरहरु)

बाँसबारीमा जमिन भासिएपछि पल्टिएको घर (तस्बिरहरु)

भासिन सक्ने अवस्था भएपछि यहाँ बसेकाले ३ दिनअघि नै घर छोडेका थिए । यो घरमा गेष्ट हाउस सञ्चालनमा थियो । काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले भासिएको भाग आज त्रिपालले...
हामीले नोटबन्दी गर्ने बारे सोचेका छैनौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

हामीले नोटबन्दी गर्ने बारे सोचेका छैनौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको 'नागरिक, नीति र नेतृत्व' संवाद कार्यक्रममा  सहभागीले 'नोटबन्दी किन नगर्ने?' भनी प्रश्न गरेका थिए ।
रास्वपा केन्द्रीय समिति बैठक सुरू (तस्बिर)

रास्वपा केन्द्रीय समिति बैठक सुरू (तस्बिर)

आजको बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन, राइट टु रिकलसम्बन्धी दस्तावेज निर्माण, केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय समिति सदस्य, विभाग प्रमुख, स्थानीय निर्वाचनका लागि केन्द्रीय...
सुपर एल निनोको जोखिमबारे ऊर्जामन्त्रीको यस्तो चेतावनी

सुपर एल निनोको जोखिमबारे ऊर्जामन्त्रीको यस्तो चेतावनी

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीले सुपर एल निनोको सम्भावित प्रभावबाट नेपालमा विद्युत्, सिँचाइ र कृषि क्षेत्रमा गम्भीर जोखिम आउन सक्ने भन्दै तत्काल पूर्वतयारी थाल्नुपर्ने बताएका छन्।