नेभिगेशन
सबै कुरा

पशुपति धर्मशालामा काठमाडौँ महानगरको बोर्ड

काठमाडौँ । मारवाडी सेवा समितिको विरोधकाबीच काठमाडौं महानगरले गौशालाको धर्मशालामा महानगरकोे बोर्ड राखेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पशुपति क्षेत्र बिकास कोषले गौशालाको धर्मशाला सञ्चालनको जिम्मेवारी महानगरलाई हस्तान्तरण गरेको भन्दै बुधबार काठमाडौं महानगर प्रहरी बलले काठमाडौं महानगरपालिकाद्वारा सञ्चालित गौशाला धर्मशाला लेखिएको बोर्ड राखेको हो ।

Extreme Energy

गौशाला धर्मशाला सञ्चालनका लागि पुगेको महानगरको टोलीले यसअघि सञ्चालक रहेको मारवाडी सेवा समितिका सदस्यहरुलाई हटाएको थियो । सो क्रममा केहिबेर मारवाडी सेवा समिति र काठमाडौं महानगरप्रहरीहरुबीच घम्साघम्सी समेत भएको थियो ।

समितिले भने अदालतमा बिचाराधीन मुद्दाको अन्तिम किनारा नलागेसम्म न्यायीक अधिकार सुरक्षित हुनुपर्ने भन्दै प्रदर्शन गरेको थियो ।

नगरप्रहरी  बलका प्रमुख  राजु पाण्डेले पशुपति क्षेत्र बिकास कोषसंग धर्मशाला सञ्चालन गर्ने सम्झौता भएकाले आफुहरु आएको बताएका थिए । 

काठमाडौँ जिल्ला अदालतले २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल कोष) र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहत आएको थियो । त्यसलगतै कोष र काठमाडौँ महानगरपालिकाबिच पशुपति गौशाला धर्मशाला सञ्चालन र व्यवस्थापन गर्ने सन्दर्भमा सातबुँदे सहमति भएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का तोडियो

तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का तोडियो

तीन वर्षदेखि अलपत्र मेची करिडोरअन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङ सडकको ठेक्का सम्झौता अन्त्य गरिएको छ। पटक–पटक म्याद थप गर्दा पनि निर्माणले गति लिन नसकेपछि पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन कार्यालय...
कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यहरुले लिए पद तथा गोपनियताको सपथ

कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यहरुले लिए पद तथा गोपनियताको सपथ

महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित हुनुभएको थियो भने वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल र समावेशी उपसभापतिमा...
मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

आज  सम्झौता गर्दै मन्त्री मेहताले बिरामीले सहज, गुणस्तरीय र सम्मानजनक स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताएकि हुन् । सम्झौतामा उनले अस्पतालको सरसफाइ, श्यया उपलब्धता, बिरामीको प्रतीक्षा...
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिए

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिए

नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।