नेभिगेशन
सबै कुरा

बालेनको आक्रोशः मारवाडीले हडपेको जग्गा हटाउन खोज्दा प्रहरीले महानगरलाई हस्तक्षेप गर्यो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले मारवाडी सेवा समितिले हडपेको जग्गा हटाउन खोज्दा नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेको बताएका छन् ।  बुधबार काठमाडौँमा गौशालामा रहेको पशुपति गौशाला धर्मशालामा मारवाडी समितिको कार्यालय हटाई महानगरको बोर्ड राख्न पुगेको टोलीलाई नेपाल प्रहरीले हस्तक्षेप गरेको भन्दै बालेनले आक्रोश पोखेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बालेनले नियमअनुसार पशुपति क्षेत्र विकास कोषले महानगरलाई पशुपति धर्मशालाको जिम्मेवारी दिए पनि प्रहरी भने मारवाडी सेवा समितिलाई नै संरक्षण गरेको बताएका छन् । उनले लेखेका छन्, ‘नाजायज सम्बन्धबाट सम्झौता गरी गौशाला धर्मशालाको नामा मारवाडी सेवा समितिले ९ रोपनी ९ आना २ पैसा जग्गा वर्षौंदेखि केही हजार रुपैयाँ तिरेर हडपेको जग्गा अदालतले दाबी पुग्दैन भने पशुपति विकास कोषलाई नै जिम्मा दिन्छ, ‘अनि कोषले महानगरलाई धर्मशाला तथा अशक्तहरूलाई निःशुल्क खाना र औषधी उपचार गर्न भनेर दिएको कुरा अहिलेलाई संरचना महानगरले संरक्षण गर्न खोज्ला नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेर त्यो समितिको संरक्षण गर्छ भने बुझे हुन्छ देश चलेको त यस्तौ समितिबाट पो रहेछ।’ ।  उनले देश कसले तचलाइरहेको छ भन्दै व्यङ्ग्य समेत गरेका छन् । उनले लेखेका छन् ‘अनि हामी चाहिँ प्रहरी र सरकारले देश चलाएको भन्दै भ्रममा रहेछौँ।’

Extreme Energy

पशुपति धर्मशालामा काठमाडौँ महानगरको बोर्ड

मंगलबारमात्रै काठमाडौँ महानगरपालिका र पशूपति क्षेत्रविकास कोषबीच ७ बुँदे सहमति भएसँगै धर्मशाला व्यवस्थापनको जिम्मेवारी महानगरले पाएको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का तोडियो

तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का तोडियो

तीन वर्षदेखि अलपत्र मेची करिडोरअन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङ सडकको ठेक्का सम्झौता अन्त्य गरिएको छ। पटक–पटक म्याद थप गर्दा पनि निर्माणले गति लिन नसकेपछि पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन कार्यालय...
कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यहरुले लिए पद तथा गोपनियताको सपथ

कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यहरुले लिए पद तथा गोपनियताको सपथ

महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित हुनुभएको थियो भने वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल र समावेशी उपसभापतिमा...
मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

आज  सम्झौता गर्दै मन्त्री मेहताले बिरामीले सहज, गुणस्तरीय र सम्मानजनक स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताएकि हुन् । सम्झौतामा उनले अस्पतालको सरसफाइ, श्यया उपलब्धता, बिरामीको प्रतीक्षा...
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिए

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिए

नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।