नेभिगेशन
सबै कुरा

वीरगंजको नगवामा सशस्त्र प्रहरीको छापा, २१ लाखभन्दा बढीको कपडा बरामद

वीरगंज । वीरगंज मनपा वडा नं. १६ नगवामा रहेकाे तीनवटा गोदाममा सशस्त्र प्रहरीले छापा मारेर २१ लाख रुपैयाँभन्दा बढीको तस्करी गरिएको कपडा बरामद गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साबाट खटिएको टोलीले बुधबार बिहान नगवाको नयाँबस्तीस्थित तीनवटा घरमा छापा हानेर विभिन्न ब्राण्डका कपडा बरामद गरेको हो । बरामद गरिएको कपडाको कुल मूल्य २१ लाख २१ हजार ८ सय रुपैयाँ रहेको छ । 

Extreme Energy

सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीका अनुसार, भारतबाट राजश्व छलेर ल्याइएका सटीङ-सुटीङका थान कपडा, कुर्था सेट लगायतका कपडाहरु गोदाममा भण्डारण गरिएको सूचनाका आधारमा छापा मारिएको हो। टोलीले सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको नेतृत्वमा छापा मारेर ती कपडाहरु बरामद गरेको थियो । 

सशस्त्र प्रहरीले कपडा भण्डारण गर्ने घरधनीको नाम खुलाएको छैन भने थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ । बरामद कपडा वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का तोडियो

तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का तोडियो

तीन वर्षदेखि अलपत्र मेची करिडोरअन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङ सडकको ठेक्का सम्झौता अन्त्य गरिएको छ। पटक–पटक म्याद थप गर्दा पनि निर्माणले गति लिन नसकेपछि पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन कार्यालय...
कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यहरुले लिए पद तथा गोपनियताको सपथ

कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यहरुले लिए पद तथा गोपनियताको सपथ

महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित हुनुभएको थियो भने वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल र समावेशी उपसभापतिमा...
मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

आज  सम्झौता गर्दै मन्त्री मेहताले बिरामीले सहज, गुणस्तरीय र सम्मानजनक स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताएकि हुन् । सम्झौतामा उनले अस्पतालको सरसफाइ, श्यया उपलब्धता, बिरामीको प्रतीक्षा...
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिए

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिए

नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।