नेभिगेशन
सबै कुरा

वीरगंजको नगवामा सशस्त्र प्रहरीको छापा, २१ लाखभन्दा बढीको कपडा बरामद

वीरगंज । वीरगंज मनपा वडा नं. १६ नगवामा रहेकाे तीनवटा गोदाममा सशस्त्र प्रहरीले छापा मारेर २१ लाख रुपैयाँभन्दा बढीको तस्करी गरिएको कपडा बरामद गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साबाट खटिएको टोलीले बुधबार बिहान नगवाको नयाँबस्तीस्थित तीनवटा घरमा छापा हानेर विभिन्न ब्राण्डका कपडा बरामद गरेको हो । बरामद गरिएको कपडाको कुल मूल्य २१ लाख २१ हजार ८ सय रुपैयाँ रहेको छ । 

Ncell
Extreme Energy

सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीका अनुसार, भारतबाट राजश्व छलेर ल्याइएका सटीङ-सुटीङका थान कपडा, कुर्था सेट लगायतका कपडाहरु गोदाममा भण्डारण गरिएको सूचनाका आधारमा छापा मारिएको हो। टोलीले सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको नेतृत्वमा छापा मारेर ती कपडाहरु बरामद गरेको थियो । 

सशस्त्र प्रहरीले कपडा भण्डारण गर्ने घरधनीको नाम खुलाएको छैन भने थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ । बरामद कपडा वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाँसबारीमा जमिन भासिएपछि पल्टिएको घर (तस्बिरहरु)

बाँसबारीमा जमिन भासिएपछि पल्टिएको घर (तस्बिरहरु)

भासिन सक्ने अवस्था भएपछि यहाँ बसेकाले ३ दिनअघि नै घर छोडेका थिए । यो घरमा गेष्ट हाउस सञ्चालनमा थियो । काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले भासिएको भाग आज त्रिपालले...
हामीले नोटबन्दी गर्ने बारे सोचेका छैनौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

हामीले नोटबन्दी गर्ने बारे सोचेका छैनौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको 'नागरिक, नीति र नेतृत्व' संवाद कार्यक्रममा  सहभागीले 'नोटबन्दी किन नगर्ने?' भनी प्रश्न गरेका थिए ।
रास्वपा केन्द्रीय समिति बैठक सुरू (तस्बिर)

रास्वपा केन्द्रीय समिति बैठक सुरू (तस्बिर)

आजको बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन, राइट टु रिकलसम्बन्धी दस्तावेज निर्माण, केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय समिति सदस्य, विभाग प्रमुख, स्थानीय निर्वाचनका लागि केन्द्रीय...
सुपर एल निनोको जोखिमबारे ऊर्जामन्त्रीको यस्तो चेतावनी

सुपर एल निनोको जोखिमबारे ऊर्जामन्त्रीको यस्तो चेतावनी

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीले सुपर एल निनोको सम्भावित प्रभावबाट नेपालमा विद्युत्, सिँचाइ र कृषि क्षेत्रमा गम्भीर जोखिम आउन सक्ने भन्दै तत्काल पूर्वतयारी थाल्नुपर्ने बताएका छन्।