नेभिगेशन
सबै कुरा

रेस्लर भगवतीको कीर्तिमान् ‘वल्र्ड बुक अफ रेकड्र्स’मा

काठमाडौँ । रेस्लिङमा युनिका उपनामले परिचित रेस्लर भगवती खड्काको नाम वल्र्ड बुक अफ रेकड्र्स लण्डनमा समावेश गरिएको छ ।

भगवती अध्यक्ष रहेको संस्था नेपाल महिला रेस्लिङ फाउण्डेशनले सोलुखुम्बूको खुम्बू गाउँपालिका–५स्थित पाँच हजार छ सय ४४ मिटरको उचाइमा अवस्थित कालापत्थरमा रेस्लिङ आयोजना गरेको थियो । गत जेठ १६ गते सगरमाथा दिवसका अवसरमा आयोजित उक्त रेस्लिङ प्रतियोगितामा भगवती र अमेरिकी रेस्लर डानियल मोरिसन ९डानी मो० बीच भीडन्त भएको थियो । उक्त भीडन्तमा भगवती विजयी भएकी थिइन् । सोही कारण भगवतीको नाम वल्र्ड बुक अफ रेकर्डसमा समावेश गरिएको हो ।

Dish home
City Express

रेस्लिङ खेलमार्फत विश्व कीर्तिमान् बनाउने सपना देख्दै आएकी खड्काले विश्वमा हालसम्म यति उचाइमा रेस्लिङ खेल नखेलिएकाले यो विश्व कीर्तिमान भएको जानकारी दिइन् । उक्त मैत्रीपूर्ण खेलमा नेपाली रेस्लर अस्मिता जुरेलीले रेफ्रीको भूमिका निर्वाह गरेकी थिइन् ।

वल्र्ड बुक अफ रेकड्र्स, लण्डनका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत सन्तोष शुक्लाले भगवतीलाई एक कार्यक्रमबीच प्रमाणपत्र हस्तान्तरण गरे । ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा पनि कीर्तिमान् समावेश गर्न पहल भइरहेको भगवतीले जनाएकी छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपाल तेस्रो पटक टी–२० विश्वकपमा छनोट

नेपाल तेस्रो पटक टी–२० विश्वकपमा छनोट

जारी प्रतियोगिताको ‘सुपर सिक्स’मा आज युएईले सोमाओलाई ७७ रनले पराजित गरेसँगै नेपालले विश्वकपमा स्थान सुरक्षित गरेको हो । यससँगै नेपालले लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक विश्वकपमा पुग्न...
विश्वकप क्रिकेट छनोटः नेपालद्वारा युएई १ रनले पराजित

विश्वकप क्रिकेट छनोटः नेपालद्वारा युएई १ रनले पराजित

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीतर्फ–१ मा आज भएको खेलमा नेपालले युएईलाई एक रनले पराजित गर्दै विजयी भएको हो । नेपालले जितका लागि दिएको १४१ रनको लक्ष्य पछ्याएको...
मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

आज मलेसियाले दिएको एक सय १२ रनको लक्ष्य पछ्याएको नेपालले १७ दशमलव ३ ओभरमा चार विकेट गुमाउँदै  पूरा ग¥यो । नेपालको लागि कप्तान इन्दु बर्माले ३९ बलमा ४८...
टी–२० विश्वकपका निम्ति खेलाडी छनोट, सन्दीप पनि समेटिए

टी–२० विश्वकपका निम्ति खेलाडी छनोट, सन्दीप पनि समेटिए

टोलीमा सन्दीप लामिछानेलाई पनि समावेश गरिएको छ । यसअघि उनले वेस्ट इन्डिजसँगको सिरिजको पहिलो खेल सुरु हुनु करिब ४५ मिनेट अगाडि मैदानमा उत्रन अस्वीकार गरेका थिए ।  क्यानले...