नेभिगेशन
सबै कुरा

बलिन्द्र धारा आँशु बगाउँदै राष्ट्रपतिलाई भारतीको प्रश्न : मेरो ठाउँमा तपाईंको छोरी भएको भएपनि हत्यारालाई माफी दिनुहुन्थ्यो ?

१६ असोज, काठमाडौं । श्रीमान हत्याराले आमामाफी पाएपछि नेपालगञ्जकी भारती मानन्धर न्याय खोज्दै काठमाडौं आएकी छिन् । आज पत्रकार सम्मेलन गर्दै उनले श्रीमान्को हत्याराको कैद मिनाहा दिएर न्याय माग्ने ढोका समेत बन्द गरेको बताइन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले सोही क्रममा राष्ट्रपतिलाई प्रश्न गर्दै मेरो ठाउँम तपाईंको छोरी भएको भए के गर्नुहुन्थ्यो भन्दै प्रश्न गरेकी छिन् । ‘यत्तिका वर्ष भयो, सबैले बिर्सिए होला तर मैले विर्सन सक्दिन । त्यो घटना सम्झदा मरेसरी सोच्छु । मेरो जानुलाई जब खुँडा लागेको थियो कति पीडा भयो होला ? कति तड्पिनुभयो होला ? कति रुनुभयोहोला ?’ उनले भनिन्, ‘ त्यसरी हत्या गर्ने मान्छेलाई आम माफी दिने अधिकार राष्ट्रपतिलाई कसले दियो ? मेरो ठाउँमा उहाँको छोरी हुन्थ्यो भने उहाँले के गर्नुहुनथ्यो । मेरो जस्तै रोइकराई गर्नुपर्ने अवस्था गराउनुहन्थ्यो ? यस्तो दिन देखाउनुहुन्थ्यो आफ्नो छोरीलाई ?’

Ncell
Extreme Energy

उनले थपिन्, ‘हाम्रो कानून यस्तो भएसकेछ आफ्नो न्यायको लागि अदालत जाने अधिकार समेत छैन । सरकार बनाउने, मन्त्री बनाउने हामी आम जनता अनी त्यही जनता पीडामा परेको किन हेर्दैन सरकार ?’

के थियो घटना ?

२०७२ सालमा भारतीका श्रीमान चेतन मानन्धर नेपालगञ्जमा सानातिना ठेक्कापट्टाको काम गर्थे । होटल चलाउन सुरु गरेका थिए । सो समयमा चेतन र रिगल भनिने योगराज ढकाल साथी थिए । रिगललाई चेतनले दाइ भन्थे । रिगल तरुण दलका क्षेत्रीय सभापति थिए । पहिला रिगलसँगै हिँड्ने चेतन नेकपा एमालेसँग नजिकिएपछी रिगलसँग रिसिइबी सुरु भएको थियो ।

त्यस समयमा रुपडियातिर नेपाल र भारतबीच अवैध रुपमा बस चल्न थालेका थिए । तिनै बस सञ्चालन गर्ने विषयमा रिगल र चेतन बिच मनमुटाव भएको थियो । हत्या भएको केही दिन अघि मात्र रिगल र चेतन सँगै काठमाडौँ आएका थिए । श्रीमती भारतीका अनुसार नेपालगञ्ज फर्किएपछी चेतन निकै तनावमा थिए । 

साँझको समय, खाना खाने तरखर गर्दैगर्दा रिगलले चेतनलाई अर्को दिन सुर्खेत रोडमा भेट्न बोलाए । भोलिपल्ट मोटरसाइकलमा रिगललाई भेट्न हिँडेका चेतनलाई सुर्खेत रोड नपुग्दै रिगलको समुहले खुँडा प्रहार गरी हत्या गर्यो । हत्यापछि बाँके प्रहरीले ११ जनालाई पक्राउ गरेपनि मुख्य योजनाकार रिगल भने फरार रहेका थिए । 

हत्या गरेर ३ वर्षसम्म फरार भएका रिगल २०७२ भदौ २ मा बाँके जिल्ला अदालतमा आत्मसमर्पण गर्न पुगे । केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)ले गुण्डागर्दीविरुद्ध इन्काउन्टरको अभियाननै चलाएपछी रिगलले आत्मसपर्ण गरेका थिए । 

२०७६ वैशाखमा जिल्ला अदालत बाँकेका न्यायाधीश विष्णु सुवेदीले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएका थिए । रिगलले २०८० भदौ सम्म ४० प्रतिशत मात्रै सजाय भुक्तानी गरेका थिए । असल चालचलन भएको भन्दै संविधान दिवसका दिन नेपाल सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ६० प्रतिशत कैद मिनाहा गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एमाले बागमतीमा अन्ततः जेएनकै नाममा सहमति

एमाले बागमतीमा अन्ततः जेएनकै नाममा सहमति

बस्नेतले प्रदेश सांसद किरण थापामगरको पक्षमा बहुमत जुटाउन भूमिका खेलेका थिए। एक नेताले बताएअनुसार शुक्रबार बिहान सचिव बस्नेतले गठ्ठाघरमा रहेको जर्मन हाउसमा बागमती प्रदेशका सांसद बोलाएर किरणका पक्षमा...
‘ब्रोड पिक’मा ज्यान गुमाउने पर्वतारोही सम्झदै प्रधानमन्त्रीले भने, ‘साहस, समर्पण र योगदानको इतिहास सधैँ जीवित रहिरहनेछ’

‘ब्रोड पिक’मा ज्यान गुमाउने पर्वतारोही सम्झदै प्रधानमन्त्रीले भने, ‘साहस, समर्पण र योगदानको इतिहास सधैँ जीवित रहिरहनेछ’

निर्मल पुर्जा (निम्स दाइ) लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ । सम्पूर्ण दिवङ्गत...
२४ गते नेपाल आउँदै शेरबहादुर देउवा

२४ गते नेपाल आउँदै शेरबहादुर देउवा

नेपाली कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा २४ गते नेपाल आउने भएका छन् । उपचारको हङकङमा रहेका देउवा २४ गते नेपाल फर्कने तय भएको उनी निकट स्रोतले जानकारी दियो...
शीतलनिवासमा रामचन्द्र, रामवरण र परमानन्दको छलफल

शीतलनिवासमा रामचन्द्र, रामवरण र परमानन्दको छलफल

राष्ट्रपति यादवले सोही विषयमा हिजो साँझ प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेका थिए ।