नेभिगेशन
सबै कुरा

प्रहरीसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा पारित हुन्छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सङ्घीय संसद्को आगामी अधिवेशनबाट प्रहरीसम्बन्धी विधेयक पारित गर्ने लक्ष्य रहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

६९औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आज आयोजित श्रद्धाञ्जलि कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रहरी सङ्गठनको वृहत्तर हित र उन्नतिका लागि आफू प्रतिबद्ध रहेको बताए । “गृह मन्त्रालयले प्रहरी ऐन, २०१२ लाई प्रतिस्थापन गरी नेपाल प्रहरीको सेवाको विशिष्टिकरण, प्रहरी कर्मचारीको हित र कल्याणका नयाँ प्रावधान विधेयकमा समाविष्ट गरिएको छ,” उनले भने, “गृह मन्त्रालयले यसलाई छिटोभन्दा छिटो प्रतिनिधिसभा समक्ष पेस गर्ने लक्ष्य राखेको छ । प्रस्तावित विधेयकले ऐनको हैसियत प्राप्त गरेपछि नेपाल प्रहरीको वृहत्तर हित र वर्षौँदेखिका हाम्रा अपेक्षा पूरा हुने विश्वास लिएको छु ।”

Ncell
Extreme Energy

कार्यक्रममा गृहमन्त्री लेखकले कर्तव्यपालनका क्रममा मृत्युवरण गरेका र घाइते प्रहरी कर्मचारीको योगदानको उच्च मूल्याङ्कन गरिने बताए । “वर्तमान सरकार गठन भएलगत्तै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई पूर्णता दिइएको छ । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता भएका व्यक्तिको छानबिनसम्बन्धी कानुन बनेको छ,”उनले भने, “यसले द्वन्द्वको बेलामा मुत्युवरण गर्ने सुरक्षा निकायका व्यक्तिको परिवारलाई पनि पीडित सरह परिपूरण दिने व्यवस्था गरिएको छ । द्वन्द्वका बेला घाइते तथा अपाङ्ग हुनुभएका सुरक्षा निकायका व्यक्तिलाई पीडित सरह व्यवहार गरिने व्यवस्था गरिएको छ ।”

सुरक्षा निकायको कमी कमजोरीले सरकारले आलोचना व्यहोर्नुपर्ने भएकाले थप सतर्कताका साथ काम गर्न गृहमन्त्री लेखकले निर्देशन दिए । राज्यको नागरिकसँग सम्पर्क सुत्र नै प्रहरी भएकाले नेपाल प्रहरीको संस्थागत हित र दिगो उन्नतिका लागि आफ्नो भूमिका सदैव सहयोगी रहने गृहमन्त्री लेखकले प्रतिबद्धता जनाए । 

मुलुकभर महिला तथा बालबालिकामाथि हुने हिंसा, कसूरजन्य कार्य, भेद्भाव छुवाछुतलगायतका आपराधिक कार्यमा संलग्नलाई शून्य सहनशीलताको नीति लिएर कानुनको दायरामा ल्याउन गृहमन्त्री लेखकले प्रहरीलाई निर्देशन दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उद्योगमन्त्री यादवले आज रास्वपा कार्यालयमा नागरिकसँग सम्वाद गर्ने

उद्योगमन्त्री यादवले आज रास्वपा कार्यालयमा नागरिकसँग सम्वाद गर्ने

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले आज सर्वसाधारण नागरिकसँग सम्वाद गर्ने भएकी छिन् ।
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारीदेखि विभाग प्रमुखसम्म मनोनीत गरिने

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारीदेखि विभाग प्रमुखसम्म मनोनीत गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । महामन्त्री विपीन आचार्यकाअनुसार आज विहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो । बैठकका १० वटा एजेण्डा...
बागमतीमा एमालेबाट २, नेकपाबाट १ र राप्रपाबाट ३ मन्त्री

बागमतीमा एमालेबाट २, नेकपाबाट १ र राप्रपाबाट ३ मन्त्री

बागमतीका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले एमालेबाट २, एक र राप्रपाबाट ३ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरिसकेका छन् ।
बागमतीका नवनियुक्त मुख्यमन्त्री थापामगरले लिए शपथ

बागमतीका नवनियुक्त मुख्यमन्त्री थापामगरले लिए शपथ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले शपथ लिएका छन् ।